Thursday, September 24, 2015

अधिकार सिकाउन नपर्ने रहेछ

त्यहाँ त न नेता न कोही कार्यकर्ता पुग्न भ्याएथ्यो
निरक्षर हरुको जमात थियो
आधा नांगा शरीर
एक छाक खाएको पेट
परचा पम्फलेट त त्यहाँ पुगेकै थिएन
न रेडिओ न आकाशवाणी
न अख़बार, कुनै पत्र पत्रिका
त्यस कस्बा मा तर क्रांति
को बारूद कसरी पड्कियो

अधिकार सिकाउन नपर्ने रहेछ

नेताले सिर्जना गरेको क्रांति होइन
नेता बढार्ने बगाउने क्रांति हो यो


No comments: