Saturday, September 19, 2015

दलित आक्रोश

उल्लु दलित नेताहरु:

[भाषाको प्रकृतिकोलागि माफि माग्दै, सबै न्यायप्रेमीहरुलाई सम्मान गर्दै]

धर्मनिरपक्च्य तर स्पस्टीकरणमा रखिएको बुदाले सिधै सनतन धर्म लाई महत्व दिएको छ। धर्मिक स्वतन्त्रता त नेपाल यो अघी नै थियो नि। अब फेरी हिन्दू धर्मको आडमा दलितमाथि छुवछुत नहुने स्पस्ट बाटो खै त? अब खाउ आलु!

कानुन बनाएर को सट्टा कानुन बमोजिम भयो - के फरक पर्‍यो त एसमा? कानुन जस्तो बन्यो तेसै बमोजिम हुन्छ, कनुन कस्ले बनाउन्छ? सरकारले; सरकारमा दलितको ग्यरेन्टी गरिएको प्रतिनिधि संख्या कती? जिरो! अब खाउ आलु.

पढ्न दिने - पढ्न मन लर्ने छोरा-छोरी लाई बाबुआमाले जसरी भएनी पढाउछन। पढाउनै नसक्ने को सख्य हेरौ न त? धेरै कम हुन्छ। अब खाउ आलु!

जग्गा दिने - आज भन्दा ३८ बर्ष पहिला छ आना घाटुघारी बारेर बस्दा बार काट्न आउने हरु जिउदै छन। तेती बेला प्रसस्त जग्गा थियो, जनसंख्या कम एबम जग्गाको मुल्य न्युन थियो। ऐले जनसख्य धेरै, कम जग्गा एबम जग्गाको मुल्य अत्तिनै बढी। कस्ले दिन्छ जग्गा? कस्तो पाउछौ जग्गा? कती पाउछौ जग्गा? गैरी खेत पाउने सपना नदेख, १० मिटर जग्गामा छाप्रो बनाये टोइलेट हुन्न, टोइलेट बनाये छाप्रो हुन्न. अब खाउ आलु!

आवाशको ब्यबस्था गर्ने - आर सि सि बिल्डिङ पाउने सपना नदेख, दुई घना बाँस र ३ जस्ता पाता मिल्ला भाग्य भये, फेरी जग्गा चाहियो नि घर बनाउन, खै त जग्गा? अब खाउ आलु.

सरकारी जागिर खान पाउने - राम्रो पढेसी सरकारी जागिर खानै पर्छ भन्ने छ? जागिर खानु नै ठुलो कुरा भएनी नि, जागिरमा कस्तो व्यबहार हुन्छ, समाजमा कस्तो व्यबहार हुन्छ भन्ने कुरा ठुलो हो। फेरी गरीब खस-आर्यलाई पनि छ नि भाग, कती पाउन्छौ जागिर?. अब खाउ आलु !

श्वासथ को ब्यबस्था - दिन्छ तिम्रो सरकारले हेल्थ इन्सुरेन्स? दुई त्याब्लेट सिटामोल र दुई प्क्यकेट कोन्डम मिल्छ फ्री मा। अब खाउ आलु !

दलित आयोग - पहिला पनि थियो, चैते कोट लगएर गिच्छ दात देखाइ गमक्क फुल्ने २० जनाले जागिर खान्छन। दलित आयोग कती रिसोर्सफुल, कती पावरफुल भन्ने खै? अब खाउ आलु !

खै त दलित समुदयको लागि राजनीति अधिकार एबम राजनीति स्पेस? फेरी तेही ओली, दाहाल, कोइराला, देउबा, खनाल, नेपाल को खुट्टा धोग्न जाउ। तर तिमीहरु दलित समुदयको तर्फबाट नोमिनेशन लिएउ भने हेल्मेट पनि माग्नु तिम्रै ओली, दाहाल, कोइराला, देउबा, खनाल, नेपालसँग। आलु पनि मग्नु तिम्रा ओली, दाहाल, कोइराला, देउबा, खनाल, नेपालसँग, दलित समुदयले अब तिमीहरु लाई आलु पनि दिन्न।


No comments: