Monday, September 21, 2015

भारत नेपालको यथार्थ

सात दल र माओवादी बीच जुन १२ बुँदे भयो दिल्लीमा, जसले तानाशाह राजा ढाल्यो, त्यो राजा ढालन का लागि भारत ले गरेको नेपाल भित्र को हस्तक्षेप हो? प्रचंड को के छ विचार? माओवादी पैदा गरेको भारत ले हो? माओवादी मलजल गरेको भारत ले हो? त्यति बेला भारत ले रोल नखेलेको भए माओवादी र सात दल आफै एक ठाउँ मा आउन सकने संभावना नै थिएन। त्यस किसिमको राजनीतिक क्षमता नै थिएन तिनको। गिरिजा खुट्टा घिसार्दै, इच्छा नलागी नलागी आएको। १२ बुँदे मा आएको अंतिम व्यक्ति/पात्र। १२ बुँदे उसको initiative मा भएको भए पो उ नेता। खुट्टा घिसार्दै आइपुगेको उ खच्चर। भारत ले संभव बनाएको त्यो १२ बुँदे जसले नेपाल मा शांति संभव बनायो।

बीपी कोइराला भारत गएर बसे। त्यो भारत ले महेंद्र वीरेंद्र विरुद्ध गरेको षडयंत्र थियो? नेपाल को आतंरिक मामिलामा भारत ले गरेको हस्तक्षेप थियो? 

त्रिभुवन लाई उडाएर भारत ले दिल्ली लग्यो। त्यो के थियो? त्यो गर्नु नहुने कुरा थियो? 

नेपाल त नेपाल, चीनको कुरा गरौं। दलाई लामा लाई भारत ले शरण दियो। त्यो के थियो? 

यी चार उदारहण ले भारत को विशालता देखाउँछ। विशाल भुगोल, विशाल ह्रदय। लोकतंत्र को ठुलो छाता। 

नेपाल मा एउटा प्रतिक्रांतिकारी, प्रतिगामी संविधान आएको छ। त्यसको विरोध नेपाली जनता ले गरेका छन। विरोध गर्न पाउनु जनताको अधिकार हो। सात दल र माओवादी बीच मध्यस्थकर्ता को रोल खेल्दा प्रचंड दंग, काँग्रेस एमाले सब दंग। अहिले तीन बाहुन दल र आंदोलित मधेसी मोर्चा बीच त्यस्तै मध्यस्थकर्ता को रोल खेल्न खोज्दा भारत नया रुपमा, हस्तक्षेपकारी रुपमा प्रस्तुत भयो भन्ने? आफ्नो राजनीतिक समस्या को आफैले राजनीतिक समाधान खोज्ने जमर्को गरेको भए भारत ले चासो नै लिन नपर्ने। अनि आफैले किन नगरेको? किन आउनु पर्यो भारत? आफ्नो आंग को भैंसी नदेख्ने? 

मधेस, बिहार, उत्तर प्रदेश एउटै संस्कृति हो। हिन्दी भाषा को सेतुले जोड़ेको संस्कृति। प्रय्तेक वर्ष अयोध्या बाट जनकपुर जनती आइपुग्छ। मधेस लाई दुख्दा बिहार, उत्तर प्रदेश का जनता लाई दुख्छ। ती जनता का प्रतिनिधि छन दिल्लीमा। ती प्रतिनिधि को सरकार छ। त्यो सरकार ले नेपाल प्रति लिएको approach अत्यन्तै soft छ। त्यहाँ पनि, त्यस अवस्थामा पनि चित्त दुखाइ? 

बिहार, उत्तर प्रदेश को छोरी जब बुहारी भएर मधेस आइपुग्छे दशौं लाख का संख्या मा तिनलाई आजीवन दोस्रो दर्जाको नागरिक बनाएर राख्ने तिमीले जुन संविधान पारित गरेका छौ, तिनका माता पिता, दाजुभाइ वोट खसाल्छन् उता। ताकत भएका मतदाता हुन, कर तिरछन। दशौं लाख का संख्या मा बुहारी आउँछन् छोरी जान्छन्। त्यो ब्रिटिश/राणा ले खड़ा गरेको अप्राकृतिक बोर्डर, दक्षिण एशिया को आर्थिक एकीकरण गरेर अझ खुला गर्नु पर्ने बोर्डर। 

मधेस बंद भएर बोर्डर पारी ट्रक हरु को २०-३० मील लामो लाइन लागेको छ नाका नाका मा। त्यसरी सड़क जाम गर्नु भन्दा कलकत्ता बंदरगाह मैं रोक लगाएर बॉर्डर मा सड़क जाम नगर्ने प्राविधिक सोंच के नाजायज हो? २०-३० मील ले पुगेन? पटना लखनऊ सम्मै सड़क जाम हुनुपर्यो? तिम्रो राजनीतिक समाधान खोज्न नसक्ने हुतिहारा प्रवृतिले गर्दा? 

चार वटा त माग छन मधेसीका। पुरा गर खुरखुरु। खरब बढ़ी को क्षति भइसक्यो। अझै पुगेन? अरु कति खरब क्षति भए माग पुरा गर्छौ? पंचायत ढालन पनि नाकाबंदी नै गर्नुपर्ने! एकात्मक व्यवस्था ढालन पनि नाकाबंदी नै गर्नुपर्ने! सोंच उही, पात्र मात्र फरक। 


No comments: