Tuesday, September 29, 2015

In The News (127)

संविधानसभालाई पुन:जीवित गरौं
थारू र मधेसीको जायज माग सम्बोधनका लागि सहमतिपत्र तयार पारेर संविधानसभा पुन:जीवित गरी स्वीकार्य संविधान निर्माण समस्याको सर्वोत्तम समाधान हुन सक्छ । ..... नेपालका प्रमुख दलका शीर्ष नेताहरू अहिले आत्मश्लाघि उन्मादमा छन् । देशको राजनीति, अवसर तथा शासन सत्तामाथि समुदाय विशेषको नियन्त्रण र बर्चस्वको शिकञ्जा कस्दै जाने उद्देश्यले विवादास्पद र एकपक्षीय संविधान जारी गरिएपछि यस मनोरोगका स्पष्ट प्रमाणहरू देखा परिरहेका छन् । संविधान जारी गरिरहँदाका अन्तिम दिनहरूमा संविधानसभामा उहाँहरूको बसाइ–मुद्रा, भाव–भंगिमा र काया–बोल; त्यसलगत्तै स्वफोटो होडबाजी तथा त्यसपछि आफूहरूद्वारा जारी तर नेपालको जनसंख्याको लगभग दुई तिहाइ मधेसी र आदिवासी जनताद्वारा चर्को विरोधसहित अस्वीकृत गरिएको संविधानलाई नै सर्वोत्कृष्ट घोषित गर्ने जस्ता अभिव्यक्तिहरूले नेपालको राजनीतिक नेतृत्व परिपक्वहरूको हातमा छैन भन्ने जाहेर गर्छ । ...... नेपालको इतिहासले यिनको नाम न्यायका लागि संघर्षरत सीमान्तकृत, विभेदमा परेका, पछाडि पारिएका र स्वशासन लगायत राज्यका अंगहरूमा सहभागिताको न्यायपूर्ण अधिकार खोज्ने नेपालको बहुसंख्यक जनताविरुद्ध षडयन्त्र गर्ने खलनायकहरूको रूपमा सम्झनेछ । ...... यस नेतृत्व समूहद्वारा थारू र मधेसीहरू विरुद्ध सञ्चालन गरिएको बर्बर दमन, साम्प्रदायिक मानसिकतायुक्त विषालु अभिव्यक्ति एवं नेपालको मामिलामा आफूबाहेक अन्य कसैले कुनै निर्णय गर्न नसक्ने देखाउने कोसिसले खडा गरिदिएको मारक विभाजन–रेखाले जति नेपालको अखण्डता र एकतालाई चोट पुर्‍याएको छ, राज्यको साम्प्रदायिक तथा विभेदकारी चरित्र जसरी उदाङ्गिएर बाहिर आएको छ, त्यसरी यसभन्दा पहिले कहिल्यै नाङ्गिएको थिएन । आत्मश्लाघि उन्माद अहिले

‘साइकोजेनिक’ समस्या

को रूपमा पसारिंँदै गइरहेको छ । ....... एउटै समुदायबाट, त्यसै समुदायका लागिमात्र र राज्यको शासन र अंगहरूमा त्यस समुदायकै नियन्त्रण अझ कठोर बनाउने दस्तावेजको निर्माण भने पक्कै थिएन । ..... संविधानसभाबाट संविधानको वास्तविक अभिष्टको प्राप्ति सम्भव पनि थियो । प्रतिगमन विरुद्धको एकताबद्ध संघर्षपछि सबै राजनीतिक शक्तिहरूबाट निर्मित अन्तरिम संविधान र मधेस विद्रोहपछि राज्यसँग भएको ८ सूत्रीय सम्झौताको आधारमा त्यसमा गरिएको संशोधनले नयाँ संविधान निर्माणका लगभग सबै आधारहरू स्पष्टत: तय भइसकेका थिए । .... संविधान निर्माणमा जत्ति ढिलाइ भए पनि अन्तरिम संविधानले मजबुतीका साथ देशको एकता, अखण्डता र विभेदमा परी सीमान्तकृत भएकाहरूको उन्मुक्तिको आस जोगाएर राखेको थियो । .... मधेसलाई मधेसीहरूले होइनन्, १६ सूत्रीय सहमति र जबर्जस्ती लादिएको संविधानले अलग उभ्याइदिएको छ । घातक चोटले खिचिएको विभाजनरेखा सम्याउने सायदै कुनै उपाय छ । उपाय भए पनि हार र जितको विभाजन रहिनै रहनेछ । नेताहरूको अपरिपक्वता, दम्भ, अहम् र सेतो कपडाले ढाकिएको साम्प्रदायिक मानसिकताका कारण मधेस र पहाड विभक्तकारी पट्टमाथि उभिन पुगेको छ । जारी आन्दोलनको क्रममा मधेसी र थारूमाथि जसरी बर्बर दमन गरियो, हत्या गर्ने उद्देश्यले नै सुरक्षाबलले जसरी छाती र टाउको ताकेर गोली हान्ने काम गरे र गर्दैछन् तथा जसरी अन्यत्रका कुरा तुरुन्त सुनिए पनि मधेसको न्यायपूर्ण मागलाई बेवास्ता गरियो, त्यसबाट मधेसीहरूमा यो राज्य र यसका अंगहरूप्रति अपनत्वबोधको सम्भावना क्षीण बनाइदिएको छ । .... थारू र मधेसी जनताको विवाद राज्य, सरकार वा सुरक्षा निकायसँग थिएन, प्रमुख दल र संविधान निर्माणको प्रक्रियासँग थियो । तर थारू र मधेसी जनतामाथि सरकार र सुरक्षाबल क्रूरताका साथ जाइलागे । सरकार र सुरक्षाबल यसरी राजनीतिक विवादमा तानिएर शान्तिपूर्वक विरोध गर्न पाउने लोकतान्त्रिक अभ्यासविरुद्ध एकपक्षीय भएर जाइलाग्नुको कारण के थियो ? एकमात्र कारण राज्यको एकपक्षीय चरित्र र विभेदी मानसिकता नै हो । कोठाभित्र तयार पारिएका रिपोर्टहरूको आधारमा सम्भावित स्थितिको गलत आँकलन र अपरिपक्व विश्लेषण पनि कारण हुनसक्छ । पञ्चायतकालीन थला परेका रणनीतिकारहरूको गोली र बन्दुकले अधिकारको संघर्ष दबाउन सकिन्छ भन्ने ओखतीमाथि भर अर्को कारण हुनसक्छ । .....

अवश्य पनि नेपालमा कुनै ‘ग्रान्ड डिजाइन’को प्रवेश भएको छ । मधेसीहरू त्यस डिजाइनको सिकार हुनपुगेका छन् । नेपाल र भारतको भौगोलिकता, भाषा, संस्कृति, धर्म, पौराणिक र आधुनिक इतिहास तथा वर्तमानमा समरूप लोकचरित्र एवं आहार–व्यवहारले गर्दा यहाँ रहँदै आएको भारतीय प्रभाव समाप्त गर्न यस्तो डिजाइन तयार पारिएको हो ।

...... मधेस विरोधी संविधान आए मधेस आक्रोशित हुन्छ, एकजुट हुन्छ, भारतको मधेससँगको सिमाना तनावपूर्ण हुन्छ र त्यसपछि त्यहाँसम्म पुग्ने उनको अभिष्ट सहज हुन्छ । १६ सूत्रीय सहमतिपछि आ–आफ्नो एजेन्डा छाडी एकतर्फी संविधान जारी गर्न प्रमुख दलका नेताहरू लगायतमा देखापरेको अभूतपूर्व एकता, काठमाडौं केन्द्रित सञ्चारद्वारा मधेसी जनताको विरोध प्रदर्शनसम्बन्धी सबै समाचारहरूको नाकाबन्दी, राज्य प्रशासन र सुरक्षाबलको एकपक्षीय दमन त्यसै पक्कै पनि हुनसक्दैन । बेला–बेलामा उक्साहटपूर्ण अपमानजनक अभिव्यक्तिहरूको आवश्यकता पनि यसैले परेको हुनसक्छ । मधेस यसै डिजाइनको सिकार भएको छ । ...... टाल्न गाह्रै हुने विभक्तकारी पट्टको निर्माण भइसकेको छ । संविधानसभाबाट होइन, संविधानको संशोधनबाट थारू र मधेसीको माग सम्बोधन गरिने अभिव्यक्ति यस्तै मानसिकताको परिचायक हो । यसले संविधानसभाबाट संविधान निर्माणमा मधेसीको भूमिकालाई नकार्छ । संशोधनले संविधानसभाबाट संविधान निर्माणमा मधेसीको भूमिकालाई स्थापित गर्न सक्दैन । ...... सत्ता–स्वार्थको भुमरीबाट निस्की हार—जित वा मान–अपमानको चिन्ता नगरी संविधानसभाबाटै मधेसी र थारूको जायज माग सम्बोधन गर्न तयार भई गल्ती सच्याउनुपर्छ । नेपालमा विघटित प्रतिनिधिसभाहरू ब्युँत्याइएका छन् ।

संविधानसभाको पुनर्जीवन रूपान्तरित संसदले एउटै संशोधनबाट पनि गर्न सक्छ । थारू र मधेसीको जायज माग सम्बोधनका लागि सहमतिपत्र तयार पारेर संविधानसभा पुन:जीवित गरी सबैको सहभागितामा स्वीकार्य संविधान निर्माण नै अहिलेको समस्याको सर्वोत्तम समाधान हुनसक्छ ।





दिल्लीमा नेपाल राजदूतवास अगाडी प्रदर्शन, प्रचण्ड, शुसिल र ओलीको पुतला दहन...NEW DELHI, Sept 27: UMofNepal’s youth...
Posted by Upendra Mahato on Monday, September 28, 2015

मधेश,थरुहट,जनजाती आन्दोलनलाइ कुनै पनि किसिमले अनपेक्षित म ठान्दिन यसलाई बुझ्न न सक्नु सत्तापक्षको असमझदारी,अकर्मन्यता र अस्म्बेदंशिलाता हो
Posted by Er Satya Narayan Shah on Monday, September 28, 2015

I've no doubt, India's message to every present n future Nepali citizen: 'u r not sovereign. only india has d right to decide'. I say No Way
Posted by Dinesh Prasain on Monday, September 28, 2015

सद्भावना अध्यक्ष राजेन्द्र महतोले सरकारले मधेसी मोर्चाको सर्त पूरा नगरी गठन गरेको वार्ताटोलीको औचित्य नभएको बताएका छ। सो...
Posted by सदभावना पार्टी on Monday, September 28, 2015

The leaders of the representatives who won the parliamentary election of 1999 made the Interim Constitution of Nepal in...
Posted by Simón Dhungana on Tuesday, September 29, 2015

नेपालका अग्रगामी सोचका चर्चित महान युवा नेता यति बेला चुक्क पनि हाम्रो राष्ट्रिय अस्मिता माथिको प्रहार अनि गाँस नै बन्द ...
Posted by Bijaya Poudel on Monday, September 28, 2015

Some Madhesi activists think its sacrilegious not 2 pray their God: India n Blockade Policy. Nepal is constitutionally secular country now!
Posted by Dinesh Prasain on Monday, September 28, 2015

Freedom of movement for Nepalis in India is not for free. Its so that India gets a free hand to micro manage Nepal.
Posted by Dinesh Prasain on Monday, September 28, 2015

नेपाल भनेको काठमाण्डौं मात्र.......बुढापाखाहरूले उहिले काठमाण्डौं जान लागे नेपाल जान लागेको भन्थे रे । मधेशमा ४० दिन स...
Posted by Upendra Mahato on Tuesday, September 29, 2015


Yo janmadai jagatmaa kaiyou prahaara aaye. Saamrajya dui haare, haarena shaana haamro!
Posted by Dinesh Prasain on Monday, September 28, 2015


Spain टुक्रिने भयो:Barcelona, Spain को नाम त सबैले सुनेकै होला. उक्त विश्व चर्चित शहर बसेको केटेलोनिया क्षेत्रले स्पेन...
Posted by Subhash Chandra Shah on Monday, September 28, 2015

Right honorable N. Modi Ji,P.M. of Republic of India,Do you think that India is the friend and protector of only few...
Posted by Subodh Raj Pyakurel on Tuesday, September 29, 2015

भरखरै प्राप्त खबर अनुसार, इन्धन अभावका कारण भोलीदेखि नानीको स्कुलबस आउन नसक्ने भयो ! अब के गर्ने होला !! आन्दोलन ? हैन...
Posted by Manoj Gajurel on Tuesday, September 29, 2015


उर्जा र इन्धन सुरक्षाका लागि काम नगर्ने, उत्तरी नाका खाेल्न यसअघि र अहिलेका मन्त्री र सचिवहरूले काम नगर्नुकाे निहितार्थ बुझ्न गाह्राे भएन।
Posted by Guna Raj Luitel on Tuesday, September 29, 2015

There is a high possibility of Dr. Baburam being manipulated by Nepal Government to know the situation of Madhes.#NoTrustToNonMashesiLeader
Posted by Lokendra Yadav on Tuesday, September 29, 2015

राजदूतसमेत भएकाे एक कार्यक्रममा सबैकाे धारणाा भारतले #नाकाबन्दी गरेकै हाेइन भन्ने रह्याे। ए खाली ग्यास सिलिण्डर हाे भन- याे के भएकाे?
Posted by Guna Raj Luitel on Tuesday, September 29, 2015

लो करलो बात..... बाबुराम भट्टराईले आफैले बनाएको मधेश बिरोधी संबिधान जनकपुरमा जलाउने भनेर उनका आयोजकले बताईरहँदा खश आर...
Posted by Upendra Mahato on Monday, September 28, 2015

MEA babus n their Nepali agents want us 2 belives India only gives. Except their agents Nepali students pay in US$ to study in India.
Posted by Dinesh Prasain on Monday, September 28, 2015
Baburam Bhattarai Maowaadi bhaeko le sadhai birodh gare, Tara aaja laagdai cha, he can be Nepal's next Martin Luther King. After so many days of despair, I have feeling of hope that Nepal will likely change for better. Welcome to Madhesh, Dr. Bhattarai!

दबाब परेर संबिधान मा हस्ताक्षर गरे।- डा. बाबुराम।के को दबाब डा. साहेब? कतै बाट ज्यान मार्ने धम्की थियो कि???
Posted by Lokendra Yadav on Tuesday, September 29, 2015

भारतको तेलिविजन चनल को लाईन मात्र किन कातने आफुले लागाएको रुप, शेरा लगाएत अन्य ब्रान्द का कत्तु र गन्जी पनि फुकालेर सडक मा फाल्ने कि ? यस्तो नकाली राष्ट्रियता मधेसिलाई चहिदैन ।
Posted by Mahesh Yadav Adhikari on Monday, September 28, 2015

अब रुकेङ्गे नही ।झुकेङ्गे नही । बिर मधेशी अब लडेङ्गे । ।डा बाबुराम भट्टराई का मधेश प्रेम सिर्फ दिखावा । ।स्वयातत्त्...
Posted by Binay Panjiyar on Tuesday, September 29, 2015

नाकाबन्दी जारी छ.......सदभावना पार्टी का अध्यक्ष श्री राजेन्द्र महतो को नेतृत्व मा आज पाँचौं दिन बिरगंज भंसार नाकाबन्दी जारी छ।
Posted by सदभावना पार्टी on Monday, September 28, 2015

जब प्रदेश नहीं दे रहा हैं, तो देश कैसे देगा ?
Posted by Surendra Madhesi on Monday, September 28, 2015

काथमान्दु बासी हो यही मौका हो राष्ट्रियता देखाउने । भारतको सबै समान फालौ र जलाउ । जिउमा राखेका किदनी फालौ, लुगा, कपदा, घ...
Posted by Mahesh Yadav Adhikari on Tuesday, September 29, 2015

Retweeted Nepali Journalists (@jhyal):भारतीय भुमिमा गएर नेपाल पुलिसलाई आक्रमण गर्ने आन्दोलनकारी विरुद्ध केही पनि नबोल्नुहोला। फेरी तपाईँले "प्रगतिशील" ट्याग गुमाउनुहोला नी।
Posted by Dinesh Prasain on Monday, September 28, 2015

आदरणीय मिथिलाबासी, मंगलबार १२ गते, दिन के २ बजे जनकपुर के जनकचौक में बिरोध सभा होना तय हुआ हैं । आप सभी सादर आमन्त्रित हैं । आशा है, आपसे मुलाकात होगी । -जेपी गुप्ता/तमरा अभियान
Posted by Jay Prakash Gupta on Monday, September 28, 2015

अध्यक्ष जी,अभी नही तो कभी नही !
Posted by Upendra Mahato on Tuesday, September 29, 2015


नाकाबन्दी ......सदभावना पार्टी को जिम्मा मा रहेको बिरगंज भंसार नाका को नाकाबन्दीको नेतृत्व सदभावना पार्टी का राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतोले स्वयंम गर्दै।
Posted by सदभावना पार्टी on Tuesday, September 29, 2015

मधेसी ऐक्यबद्धता की मानव-श्रृंखला मधेसी ऐक्यबद्धता की मानव-श्रृंखला 29-09-201519:38तराई - मधेस के सभी नागरिकों से अ...
Posted by Vijay Kumar Singh on Tuesday, September 29, 2015

हामी नेपालिले जती फुर्ती देखाए पनि भारत र चिन को केहि गर्नसक्दैनौ । पहेलो बस्त्रा धारी पाखन्दी कृष्ण पहादि, बिद्यार्धी ह...
Posted by Mahesh Yadav Adhikari on Monday, September 28, 2015


रौतहटको गौर भंसार नाकाबन्दीमा सदभावना पार्टीका अध्यक्ष श्री राजेन्द्र महतो
Posted by सदभावना पार्टी on Tuesday, September 29, 2015

मधेश आन्दोलनको बिश्व कृतिमान.......यही असोज १४ गते हुलाकी राजमार्गमा ११५५ किमि बिश्व कै सबै भन्दा लामो मानव साङ्लो बन...
Posted by Upendra Mahato on Monday, September 28, 2015

कुनै देशको झण्डा र प्रधानमन्त्रिको पुत्ला जलाउनु असोभनिय र ठुलो अपराध हो ।यस्तो गतिबिधि तुरन्त नेपाल सरकारले रोक्नु पर...
Posted by C.k. Sah on Tuesday, September 29, 2015

There is too much timidity in the world in responding to the blockade. Which is why this People's SAARC-India statement is welcome, on behalf of liberty and good sense!!!
Posted by Kanak Mani Dixit on Tuesday, September 29, 2015



स्वागतम् !!! स्वागतम् !!! स्वागतम् !!!-बिरगंज
Posted by सदभावना पार्टी on Tuesday, September 29, 2015

सप्तरी कञ्चनपुरमा मधेशी युवाहरु पाहाडी यात्रुहरुलाइ खाना खुवाउँदै,सामाजिक सद्भावकाे उत्तम नमुना !!!
Posted by C.k. Sah on Tuesday, September 29, 2015


कर्मचारीहरूको पनि नाकाबंदीमा समर्थन....बारा जिला का कर्मचारीहरू द्वारा बिरगंज नाकामा पुगी सदभावना पार्टीका अध्यक्ष श्री राजेन्द्र महतोजी लाई नाकाबंदीमा आफुहरूको समर्थन रहेको जनाएका छन्।
Posted by Upendra Mahato on Tuesday, September 29, 2015



मधेशमा ४० जना भन्दा बढी नेपाली जनता मरिरहदा नाक मुख नदेखाउने कृष्ण पहाडी अब दुताबासमा धर्ना दिने रे । कस्ता कस्ता मानवअधिकारबादी पनि देख्न पाईन्छ हाम्रो देशमा । यिनीहरु मानवअधिकारबादी हुन कि ब्राह्मणबादी हुन ?
Posted by Pranaya Limboo on Monday, September 28, 2015

No comments: