Sunday, September 20, 2015

सभास्थल, सड़क, र संसद

हामी सड़क र संसद को संघर्ष को कुरा गर्छौं। तर एउटा तेस्रो ठाउँ छ जो  महत्वपुर्ण छ। त्यो हो सभास्थल। सभास्थल, सड़क, र संसद। संसद बाट सड़क मा आयौं। अहिले सम्म नभएको दमन भयो। ४३ को शहादत भयो। यसको हार हुनै सक्दैन। कि त नेपाल बंद र अनिश्चितकालीन काठमाण्डु बंद गर्न सक्नु पर्छ। कि त क्रांति को स्ट्रेटेजी बदल्नु पर्ने हुन्छ।

तेस्रो संघर्ष को स्थान हो सभास्थल। मधेस बंद फिर्ता लिएर क्रांति लाई नया उचाइ मा पुर्याउने घोषणा गर्ने। प्रत्येक शनिवार देश को प्रत्येक वड़ा मा सभा गर्ने लक्ष्य राख्ने। यस्तो सभा ५० पटक हुन्छ। कति वड़ा मा सभा भयो र पार्टी सदस्य संख्या कति पुग्यो --- त्यो प्रत्येक आइतवार फ़्लैश गर्ने। लक्ष्य: १० लाख सदस्य। २ करोड़ मधेसी जनजाति भएको देशमा १० लाख पनि पार्टी सदस्य बनाउन नसके के को क्रांति? 

पार्टी त एकीकृत पार्टी बन्नै पर्छ। मोर्चा, गठबंधन भनेका बकम्फुसे कुरा हुन। संघीय गठबंधन का सबै पार्टी एक बन्ने। त्यसमा अरु पनि थप्ने। मातृका, गुप्ता, वैद्य, विप्लव। भएभरको। अझ बाबुराम पनि। 

संघीयता, समावेशीता, आर्थिक क्रांति। पार्टी का तीन निर्देशक सिद्धांत। 

एकीकृत पार्टी को नाम? अहिले का सदस्य पार्टी हरु सबै को होइन कसै को गंध न आउने किसिमको नया नाम। मेरो सुझाव: नेपाली जनता पार्टी। मोदी ले भारत मा  २० वर्ष शासन गर्छ। विकास को मैसेज दिन पनि सहयोग गर्छ। संघीयता, समावेशीता को लक्ष्य नै आर्थिक क्रांति हो। ब्रांडिंग को लागि राम्रो नाम हो। 

पार्टी का केंद्रीय पदाधिकारी १००% निर्वाचित। ५१% खुला प्रतिस्प्रधा, ४९% आरक्षण निर्वाचन। केंद्रीय समिति को साइज यस्तो हुनु पर्यो की बैठक हुन सकोस्। त्यो भनेको ३१ होला, ३०१ होइन। ३१ जना नै निर्वाचित। मनोनीत एक जना पनि नभए मलाई किन नबनाएको भनेर कसैले भन्न पनि पाउँदैन। 

३१ केंद्रीय समिति। ११ पोलिटब्युरो। ५ पदाधिकारी। अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव। 

प्रत्येक केंद्रीय समिति को मीटिंग को minutes सार्वजनिक गर्ने। तीन महिना मा एक पटक अनिवार्य बस्ने। 

यस पार्टी मा सीके राउत लाई पनि ल्याउने। १० वर्ष भित्र नेपाल भित्र मधेस लाई न्यायोचित स्थान दिलाउन नसके पूरै पार्टी नै मधेस अलग देश को एजेंडा मा जाने आश्वासन सहित। आखिर सीके को अलायन्स मा सबै मधेसी पार्टी का मानिस अहिले छन। सीके ले व्यवहार ले देखाई रहेको छ, सबै मधेसी पार्टी एकीकृत हुनुपर्छ भन्ने कुरा। 

यस पार्टी ले अंगाल्नु पर्ने कुरा हरु मेरो सुझाव मा: लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता र त्यसमा पनि छुटाउनै नहुने भनेको १ मत को ५० रुपया .

अनि यस क्रांति का शहीद परिवार लाई ५० लाख भनेको छ, दोस्रो फेज  मा प्रदेश बनेको अर्को १० वर्ष पछि ती शहीद परिवार लाई अर्को ५० लाख को घोषणा  अहिले गर्ने। जम्मा एक करोड़। 

स्वतःस्फूर्त संगठन, Bottom Up संगठन
पुर्ण आन्तरिक लोकतन्त्रका सस्ता तरिका

यो २०३६ देखि २०४६ सम्म दुई वर्ष भित्र पुग्ने तरिका हो।


No comments: