Tuesday, September 29, 2015

नेपाली राष्ट्रियता को संवाहक नेपाली आईमाई को शरीर हुन सक्दैन

नागरिकता पत्र लिदा नेपाली पुरुषले आफ्नो कान्छी औंला काटेर CDO लाई बुझाउनु पर्ने, अथवा त्यति बढ़ी भयो भने आफ्नो टुपी काटेर बुझाउनु पर्ने, अथवा आफ्नो शरीर को अर्को कुनै अंग गिरवी राख्नु पर्ने प्रावधान राख्यो भने नेपाली पुरुष समाज को पुरुषत्व लाई त्यसले के गर्ला? हामी त्यस्तो चिताउन सक्दैनौं तर हामीले नेपाली महिला को शरीर लाई नेपाली राष्ट्रियता को vessel बनाएर एउटा भयंकर invasive संविधान बनाइदिएका छौं। यो एक किसिम को बलात्कारी माइंडसेट हो। बलात्कारी ले पनि महिला को शरीर त्यो महिला को हो भनेर सोँच्दैन।

हामी नभनौं। मैले बनाएको होइन। अखंड आतंकवादी र बामे मंडले हरु भनौं।

नेपाली राष्ट्रियता को संवाहक नेपाली आईमाई को शरीर हुन सक्दैन। By lineage नै चाहिएको हो भने पुरुष को DNA Test को व्यवस्था मिलाउन सकिन्छ। कि नेपाली पुरुष हरु लाई आफ्नो संतान माथि को आफ्नो स्वामित्व को विश्वास छैन?

यो एउटा rape culture mindset मा आधारित महिला विरोधी संविधान।

कुनै पनि व्यक्ति ले को सँग बिहे गर्ने त्यो एउटा नितांत व्यक्तिगत निर्णय हो। त्यो राज्य को सरोकार को विषय होइन। तर यस प्रतिगामी संविधान ले त्यस आधुनिक विचार लाई मानेको छैन।

आईमाई को शरीर आईमाई को हो। राज्य (state) को होइन। राज्य (state) को हो भन्नु फ़ासिस्ट विचार हो। लोकतंत्र भनेको एक व्यक्ति एक मत हो। तर आईमाई को व्यक्तिपन नै नकारिएको संविधान लोकतान्त्रिक भन्न मिल्दैन।

हामीले खोजेको लोकतान्त्रिक संविधान। यो के आइपुग्यो? Looking Tokyo, Going London.



No comments: