Wednesday, September 30, 2015

मधेसले समानता भन्दा एक इंच कम लिँदैन

  1. हिन्दी भाषा पहिलो प्राथमिकता हो। पहाड़ को संपर्क भाषा नेपाली। मधेसको संपर्क भाषा हिंदी। दुबैले देश भरि समान प्रयोग पाउनु पर्छ। होइन भने पहाड़ को नेपाली मधेस झर्न पाउने तर मधेसको नेपाली पहाड़ गएर काम गर्न नपाउने जस्तो छ। मधेसी लाई पनि पर्यटन र जलबिद्युत मा पस्नु छ। 
  2. नागरिकता। एउटा पनि मधेसी अनागरिक अथवा दोस्रो दर्जा को नागरिक भएर बस्दैन। अंगीकृत ले राष्ट्रपति र प्रधान मंत्री पाऊँछ। ४३ लाख अनागरिक ले नागरिकता पाऊँछ, प्रदेश सरकार ले वितरण गर्छ। सन  १९५८ सम्म ०% मधेसी नागरिक, अहिले ६०%, अब १००% हुनुपर्छ। Statelessness is a human rights violation and a crime. 
  3. सीमांकन। झापा देखि नारायणी नदी मधेस। उता कंचनपुर सम्म थरुहट। नामांकन। यो एक नंबर दुई नंबर हुँदैन। 
  4. प्रतिनिधि सभा र राज्य सभा मा मधेस ले जनसंख्या समानुपातिक प्रतिनिधित्व लिनेछ। 
  5. शक्ति बाँडफाँड। अहिले केंद्र मा रहेको १००% बजेट एक तिहाई केन्द्रमा, बाँकी एक तिहाई प्रदेश हरुमा जनसंख्या समानुपातिक, र बाँकी एक तिहाई स्थानीय स्तर मा जनसंख्या समानुपातिक। १० मेगावाट माथिका जलबिद्युत परियोजना केंद्र सरकार अंतर्गत रहनेछ, होइन भने हामी पुर्व पश्चिम राजमार्ग लाई टोल रोड बनाइदिन्छौं।   

लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता
पाँच पाण्डव: लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता

No comments: