Wednesday, August 19, 2015

मधेसी को पहाड़ को अनुभव

यस बारे तीन दल का शीर्ष नेता हरु लाई के भन्नु छ?

Badrinath Jha
मसँग सातपुस्ते बन्सजको नेपाली नागरिकता छ । हामी नेपाली हुन अझै के गर्नु पर्‍यो ?

प्रसँग: मेरो परिवार बिगत १७ महिना देखी पोखरको एउटा टोलमा बस्दै आइरहेको छ | मेरो १२ बर्शे छोरोलाई स्कुलमा , छिमेकमा तिमी धोती,ईण्डियन, मधेशी, काले (जबकी कालो छैन) भन्दै जिस्काउने गर्दछन। उसलाई योकुराहरुको केही अर्थ लाग्दैनथ्यो पहिले। यी कुराहरु खाली कुरामा सिमित रहदासम्म धेरै मतलब गर्दैनथ्यो तर घरमा हामीलाई सुनौथ्यो। हामीले नयाँ स्थानको cultural shock हो बुझेर समझौने गर्दथ्यौ। पछी-पछी अती हुँदा उसले प्रतिवाद गर्दा बेला-बेलामा physical harassment सम्म हुनेगरेको रहेछ | उसँग यस्तो घटना उसले सिक्दै गरेको कराते क्लासमा पनि हुने गरेको रहेछ शिक्षक को उपस्थितिमा | आज एक बिहानै कराते क्लास बाट छटपटौदै दौेडेर घर आयो र मलाई भन्यो पप्पा "आज फेरी मलाई तिमी धोती, ईण्डियन भन्दै मैले प्रतिवाद गर्दा मलाई कु्टपिट गरे र म सहन नसकी भागेर घर आएको" | यसले उसको बाल मस्तिस्कमा के असर पारेको छ र उसले भविश्यमा कस्तो मनस्थिती लिएर अगाडि जाला ? उसले मलाई सोध्दै छ , पप्पा "के म नेपाली होइन र " (he is also holding Nepali passport for 4 years now) ? "अनि म नेपाली हुन अझै के गर्नु पर्‍यो" ? म निरिह के गर्ने ?


शेखर गोल्छा, Public Space, Private Space, नेपाली नागरिकता र मधेसी पहिचान

No comments: