Saturday, August 01, 2015

नेपाल भारत बीच को सम्बन्ध राम्रो छैन

The Flag of India. The colours are saffron, wh...
The Flag of India. The colours are saffron, white and green. The navy blue wheel in the center of the flag has a diameter approximately the width of the white band and is called Ashoka's Dharma Chakra, with 24 spokes (after Ashoka, the Great). Each spoke depicts one hour of the day, portraying the prevalence of righteousness all 24 hours of it. (Photo credit: Wikipedia)
नेपाल भारत बीच को सम्बन्ध राम्रो छैन। राम्रो हुँदो हो त जलबिद्युत को मामिलामा व्यापक cooperation हुने गर्थ्यो। त्यो मैले देखेको छैन। Productive relationship हुन सकेको छैन।



अझै सहमति जरुरी : मोदी
‘धर्म निरपेक्षता’ को सट्टा ‘धार्मिक स्वतन्त्रता’ बुझाउने उपयुक्त शब्द राखिन्छ : देउवा
देउवाको दिल्ली भ्रमण
‘अधिकतम सहमति’ जुटाएर संविधान जारी गर्नु उपयुक्त हुने भन्दै आएको भारतले नेपालका दलहरूबीच विवादका विषय टुंगिनसकेको अवस्थामा ‘अझै सहमतिको प्रयत्न’ गर्नुपर्ने सुझाव दोहोर्‍याएको छ । ..... नरेन्द्र मोदीले संविधान निर्माणका क्रममा ‘असन्तुष्ट समूहलाई सकेसम्म मिलाएर लैजाँदा राम्रो हुने’ धारणा राख्दै विवादका विषय बाँकी रहेमा भविष्यमा किचलो बढेर जान सक्ने धारणा राखेका हुन् । ...... ‘सक्दो सहमति र समझदारीपछि आएको संविधानले स्थिर, समुन्नत र शान्त नेपाल निर्माण गर्नेछ ।’ ..... देउवाले जनताबाट आएको सुझावका आधारमा अब संविधानमा ‘धर्मनिरपेक्ष राष्ट्र’ भनेर नेपाललाई सम्बोधन नगरिने तर धार्मिक स्वतन्त्रता बुझाउने अरू नै उपयुक्त शब्द राख्नेबारे दलीय सहमति बनेकोबारे जानकारी गराएको बताए । ..... कतिपय ठूला र चर्केका संरचनालाई उपयुक्त प्रविधि र औजार अभावमा भत्काउन नसकेको बताएँ,’ उनले भने, ‘यसका लागि पनि भारतको सहयोग अपेक्षित छ भनेको छु ।’ ...... प्रधानमन्त्री मोदीसँग भने विदेश सचिव एस.जयशंकर, भारतीय राजदूत रन्जित रे, विदेश मन्त्रालय प्रवक्ता विकास स्वरूपसहितको उपस्थिति थियो । ...... ‘राष्ट्रपति मुखर्जीले नेपालमा भइरहेको संविधान लेखनबारे जिज्ञासा राख्नुभयो,’ देउवाले भने, ‘उहाँले पनि सहमति र समझदारीको अन्तिम विन्दुसम्मै प्रयत्न जारी राख्न आग्रह गर्नुभयो ।’ ...... वन–टु–वन कुराकानी .... देउवा स्वयंले कसैको सहभागिताका लागि रुचाएका थिएनन् । ..... औपचारिक रूपमा न नेपाली कांग्रेस दलले न त परराष्ट्रले पूर्वप्रधानमन्त्री देउवाको दिल्ली भ्रमणबारे नेपाली दूतावासलाई जानकारी गरायो । दिल्ली भ्रमणबारे भारतीय विदेश मन्त्रालय र लैनचौरस्थित भारतीय दूतावासले बनाएको भेटघाट तालिका दिल्लीमा विदेश मन्त्रालयको वेबसाइटमा राखेपछि मात्रै सबैले थाहा पाउन सकेका हुन् । ..... शुक्रबार राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिहसँगका भेटवार्तामा पनि कुनै कूटनीतिक अधिकारीलाई सामेल गराइएन । ‘यो कूटनीतिकभन्दा राजनीतिक भ्रमण हो’ ...... पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले कान्तिपुरसँग फोनमा भने, ‘यसरी लहरै लस्कर लागेर भेटघाटमा जानु न कूटनीतिक न त औपचारिक भ्रमण हो । यो अवस्थामा के ठीक/के बेठीक हो, नेताहरूले नै छुट्याउनु बेस हुन्छ ।’ ........ एमाओवादी नेता

दाहालले ‘आफू स्वयं देशको प्रतिनिधि भएर कुराकानी गरेकाले थप शंका नगर्न’ जवाफ दिएका थिए ।

..... यो सबै असंगत र अपारदर्शी पद्धतिमाझ आफूसँग केही सूचना नभएकै कारण आफ्नै आँगनमा भ्रमणमा आएका विशिष्ट प्रोटोकलधारी नेताहरूको भेटवार्ता र भ्रमणबारे समेत नेपाली दूतावासले आजसम्म एउटै विज्ञप्तिसम्म जारी गर्न सकेको छैन । ..... देउवाले यतिखेर चर्चामा रहेको लिपुलेकसहित कालापानी र सुस्ता नेपालको भूभाग रहेको दाबी गर्दै यसबारे ‘भारतले गर्ने दाबी आफ्नै प्रकारको हुन सक्ने’ धारणा राखेका छन् । दिल्लीस्थित सरकारी थिङ–ट्यांक सुरक्षा मामला अध्यन निकाय (आईडीएसए) मा नेपाल–भारत समसामयिक सम्बन्धबारे शुक्रबार प्रवचन दिँदै देउवाले अहिले विवादमा ल्याइएको लिपुलेक नेपाल–भारत–चीनको त्रिदेशीय नाका भएको यथार्थलाई भुल्न नमिल्ने बताए ।

‘नेपाल–भारतबीच रहिआएको सुमधुर र सहज सम्बन्ध अन्यत्र कहींकतै पनि छैन,’

उनले भने, ‘आपसमा यदि केही समस्या र विवाद छन् भने द्विपक्षीय वार्ता र कूटनीतिक समझदारीबाट सहजै हल गर्न सकिन्छ ।’

No comments: