Monday, August 17, 2015

राजनीतिक प्यारलाइसिस मार्फ़त सत्ता मा कायम रहने सोंच

राजनीतिक प्यारलाइसिस मार्फ़त सत्ता मा कायम रहने सोंच देखियो।

१९८९ मा भारत मा मंडल को वेभ/लहर आयो। लालु ले भने "भुराबाल (भुमिहार/राजपुत/बाभन/लाला) साफ करो" -- उता वीपी सिंह त प्रधान मंत्री नै बने। होइन भने भारत भरि आजादी को ४० वर्ष सम्म सर्वत्र बाहुन हरुले शासन गरेको।

मंडल वेभ/लहर आएर देश मा तख्तापलट भए पछि थुप्रै उच्च कास्ट का भारतीय विदेश पलायन भए। तल्लो जात को मानिस हरु ले शासन गर्ने देशमा पनि कोही बस्छ भने जस्तो।

नेपालका काँग्रेस/एमाले/म्याओवादी का बाहुन हरु नेपाल बरु failed state बनोस् तर नेपालमा बाहुन हरु को रहेको एकाधिकार न गुमोस भन्ने सोंच का साथ अगाडि बढ़ि रहेको देखियो। यो उनी हरु का लागि हार को बाटो हो। मधेसी र जनजाति ले यो राजनीतिक प्यारलाइसिस लाई संगठन विस्तार का लागि प्रयोग गर्न सके, साना साना पार्टी हरु एक ठाउँमा आएर केही सीमित संख्या का ठुला ठुला पार्टी बनाउन सके देशमा तख्तापलट भएर लगातार एक पीढ़ी सम्म मधेसी र जनजाति ले मिलेर शासन गर्ने ठुलो संभावना देखा परेको छ।

आन्दोलन मात्र भनेको मुतको न्यानो। आन्दोलन सँगै सक्रिय रुपले संगठन विस्तार गर्नु पर्छ। पार्टी हरु एकीकरण गर्दै जानुपर्छ। सबै भन्दा राम्रो सबै मधेसी जनजाति ले एउटै एकीकृत पार्टी निर्माण गर्ने। अनि राजनीतिक स्पष्टता दिन सक्नुपर्छ। "हामी मान्दैनौं" मात्र भन्ने मानसिकता एक किसिम ले दास मानसिकता नै हो। तर त्यो पहिलो कदम मात्र हो भन्दै त्यस पछि का कदम हरु बारे पनि सोंचे राम्रो। "हामी मान्दैनौं" मात्र भन्ने हो भने तिमी नै सत्ता मा बसिराख भनेको होइन?

राजनीति गर्ने नै सत्ता मा जान का लागि हो। अहिले सत्ता मा रहेका हरुले ठीक गरेका छैनन्। हामी त्यहाँ पुगे यो भन्दा राम्रो गर्छौं --- त्यही होइन? भने पछि बाहुन हरु को ६ अंचल को नक्शा मन परेन भने तपाइँ को नक्शा के? केंद्र र प्रदेश बीच को शक्ति बाँडफाँड मा उनी हरुले बेइमानी गरेका छन भने तपाइँ को लिस्ट कस्तो छ?

मधेसी र जनजाति को सत्ता मा पुग्ने स्पष्ट रोडमैप हुनुपर्यो।

स्वायत्त कर्णाली प्रदेश ले कति पैसा पाऊँछ?
प्रस्तावित तीन नंबर प्रदेश धनी किन छ?
सुर्खेत विशेष क्षेत्र बन्न सक्छ
१०० डिग्री फ्यारेनहाइट
खस का लागि संघीयता मा के छ?
संघीयता मा बजेट बाडफाड़: ३३-३३-३४: केन्द्र प्रदेश स्थानीय
१ देश, १६ प्रदेश, २०-३० विशेष क्षेत्र, १००० गाउँ/नगर = १२५ जातजाति
सही संविधान ले आर्थिक क्रांति गर्ने हो

मधेसी जनजाति को एउटै एकीकृत पार्टी बनाउनुस्। अनि यो नक्शा मा आउनुस्।


बसाई सराई भएको छ त, अझ बढ़ी हुन्छ।  नेपालमा मात्र होइन संसार भरि नै मानिस समथर भुमि खोज्दै हिड्छन। र त्यो पाइन्छ। आधुनिक राज्य (state) को अवधारणा भित्र पर्छ त्यो। कैलाली र चितवन नाम का राज्य पनि बनाउन सकिन्छ मधेस मा। जिल्ला सिमाना गायब गर्नु पर्ने भएको ले सानो सानो प्रदेश राम्रो।

  • आन्दोलन 
  • संगठन विस्तार 
  • पार्टी एकीकरण 
  • राजनीतिक स्पष्टता 
  • "हामी मान्दैनौं" मैं नअड्किने, "हामी सत्ता मा भए यो गर्थ्यौं" भन्दै अल्टरनेटिव दिने 

No comments: