Wednesday, August 19, 2015

ज्ञानेन्द्र को डर छ?

ज्ञानेन्द्र को नाम त लिएका छैनन् तीन दलका बाहुन ले तर सो जा नहीं तो गब्बर आ जाएगा भनेर कसलाई भनेको? ज्ञानेन्द्र हो गब्बर सिंह? नाम खुलाएर बोल्ने। कि डर लाग्छ? डर लाग्छ भने डर लाग्छ भन्ने। नाम लिन डर लाग्छ भन्ने हामी कुरा बुझछौं।

कुरा सही रहेछ भने हामी संघीयता/समावेशीता को मुद्दा लाई एक छिन थाती राखेर गणतंत्र का लागि, लोकतंत्र का लागि फेरि एक पटक पहिला क्रांति गर्छौं। सक्छौं। हामी लाई डर छैन।

तर हाम्रा पनि इनफार्मेशन सोर्स हरु छन। हाम्रो इनफार्मेशन के छ भने ज्ञानेन्द्र रिटायर भएको मान्छे। मन मष्तिष्क सबैले।

रह्यो कमल थापा को कुरा। पारस बैंकक बाट फर्किन्दा एयरपोर्ट मा उ न गएको। यो त अस्ताएको सुर्य, यसको पुजा गरेर फाइदा छैन भनेर हेपेर एयरपोर्ट उ न गएको। यो चाकरी चापलुसी गरेको मान्छे। बलेको आगो थियो उसका लागि राजतन्त्र। अब आगो निभ्यो। राजतन्त्र उसका लागि कहिले पनि सिद्धांत थिएन।

कमल थापा लाई convince गरिएको होइन परास्त गरिएको हो भनेर म संघीयता वादी हरु लाई बारम्बार भन्छु। त्यो मान्छे को mindset केही change भएकै छैन। त्यति बेला पनि मानव अधिकार नमान्ने, अहिले पनि मान्दैन। धर्म निरपेक्षता त मानव अधिकार हो। त्यो उ मान्दैन।

संघीयता विरोधी लाई convince गर्ने होइन परास्त गर्ने हो भनेर मैले बारम्बार भन्छु। केपी ओली भो, राम चन्द्र पौडेल भो, यी बाहुन को घैंटो मा यो जुनीमा चाहिं घाम लाग्दैन। यी जस्ता लाई संघीयता को मुद्दामा convince गर्न खोज्ने मान्छे नै मुर्ख।

सो जा नहीं तो गब्बर आ जाएगा जस्तो बच्चा सँग गफ गरे जस्तो हेपेर गफ नगर्ने। बड़ो patronizing भो।

ज्ञानेन्द्र को डर छ? हाम्रो इनफार्मेशन त त्यस्तो छैन। तपाइँ को इनफार्मेशन कहाँ बाट आउँछ, कृपया थाहा पाऊँ।

बिचारा राजा मान्छे लाई गब्बर सिंह भन्दिएको?

जनता लाई ज्ञानेन्द्र सँग होइन एमाले का गुंडा हरु सँग डर लाग्ने गरेको छ। दैनिक। देश भरि नै। त्यो इनफार्मेशन तपाइँ सँग छ कि छैन?

राजा महेन्द्र, राजा वीरेन्द्र ले, राजा ज्ञानेन्द्र ले काँग्रेस पार्टी लाई समाप्त गर्न सकेनन्। हामी संघीयता वादी हरु काँग्रेस लाई सफाचट गरेर देखाइदिन्छौं।



हामी बाहुनवाद होइन माफियावाद, नवराजावाद र ब्रम्हलुटवाद का विरुद्ध लड्दै छौं
नवराजा Mentality
ओली को नवराजा बोली
नवराजा हरु
बाबुराम भट्टराई डराउनु पर्ने कारण छैन
भारत बाट आउने भाड़ा मा उपलब्ध बाबा जी हरु
राजा होइन नवराजा हरु संग डर छ

No comments: