Wednesday, August 19, 2015

सो जा नहीं तो गब्बर आ जाएगा

पंचायत कालमा शासक ले भन्थे, बहुदल बहुदल नभन इंडिया ले खान्छ देश। अहिले तीन दल ले भन्दैछन् ---- संघीयता र समावेशीता मा हामीले गरेको बेइमानी मान होइन भने राजा फर्केर आउँछ। पहिला भुत इंडिया थियो अहिले भुपु राजा छ भुत। कुनै पत्रकार ले गएर अन्तरवार्ता लिदिनु यस्तो बेला मा ज्ञानेन्द्र शाह को। "तपाइँ को गद्दी वापसी को कुनै इच्छा योजना?"

त्यसको संभावना कत्तिको छ? राजा फर्केर आउने संभावना कत्तिको छ?

झुठ बोल्दैछन्। आफ्नो जातीय एकाधिकार कायम राख्न सकेसम्म को झुठ बोल्दैछन्।

राजा फर्काउने बाटो प्रशस्त गरेको छ कसैले भने त्यो तीन दलका प्रतिक्रांतिकारी बाहुन ले गरेका छन।



मधेसबादी महेन्द्र
हाम्रो तराई मधेसमा जिन्दगी तुलनात्मक रुपले सहज रहेछ । पानीका श्रोतहरु आगनमै छ्न । हाटबजार , स्वास्थचौकी, प्रहरी, हुलाक नजिकै छ । कम्तीमा साईकल यात्राको पहुँचमा त पक्कै छन । सिचाइ र बाटोघाटो पनि धेरथोर उपलब्ध छ । महेन्द्र राजमार्ग र मोरङ सुनसरी सिचाइ आयोजना त्यही छ । औद्योगिक क्षेत्र त्यही छ्न । खाद्यान्न र लेखपढ पनि पहाडमा भन्दा बढी नै सहजसंग उपलब्ध छ्न । पर्यटक भएर हेर्दा पहाडका आबरणमा त्यहाँको सौर्न्दर्य जति मनमोहक देखिन्छ त्यो भन्दा सयौं गुणा दुख छ पहाडी जीवनमा । कहिलेकाही मलाई पहाड र दुख पर्यायबाची हुन जस्तो लागेर आउँछ । ........ यी सबै भौतिक र मानबिय बिकासका पायोनियर उनै मधेसबादी राजा महेन्द्र शाह हुन । तिनै मधेसबादी राजा महेन्द्र जसले बिकट मुगुको पहाडमा अबस्थित राराको सौन्दर्यमा कविता मात्रै लेखे अनि बिकास र पुर्बाधार जति मधेसमा खन्याए । एकमात्र राष्ट्रिय राजमार्ग मधेसलाई बिचै बिच चिरेर बनाए । त्यसलाई जोड्न प्रत्येक किलोमीटरमा आउने सानाठूला नदिमा सयौं पुल बनाए । तिनै पुल तर्दै पुर्ब – पश्चिम हुईकिने गाडी हेर्न कै लागि तेह्रथुम देखि खाजा सामल बोकेर दुईदिन यात्रा गरि झापा झरेको कहानी गर्न मेरा बुवाले अहिलेसम्म छाड्नु भएको छैन । ....... उनले आफ्नो शासनको पछिल्लो एक दशकमा मधेसमा जति पुर्बाधार र औद्योगिक बिकास गरे त्यसलाई आधार मान्ने हो भने उनी भन्दा ठूलो मधेसबादी नेता नेपालमा अर्को छैन । पहाडका सोझा र निमुखालाई राष्ट्रियताको टोपी र पंचायतको दौरा बाहेक सायदै उल्लेख गर्न सकिने खालको बिकास आयोजना सम्पन्न गरेर उनले दिएका छन । तर पनि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा उनी पहाडेहरुका मसिहा भएका छ्न र मधेसका सबैभन्दा ठुला घोषित शत्रु ! ........

के मधेसलाई चिरेर गएको महेन्द्र राजमार्ग पहाडे राष्ट्रबादको प्रतीक हो ? कि जनकपुर चुरोट कारखाना आन्तरिक उपनिबेशको प्रमाण हो ? कि औलो उन्मुलन गरिदिनु महेन्द्रीय राष्ट्रवाद थियो ? ........ उनले ०१७ साल पछिको दशक लामो आफ्नो स्थिर शासनकालमा जति बिकास आयोजनाहरु सम्पन्न गरे के त्यसको एक चौथाई संघीय लोकतान्त्रिक गणतन्त्रले सम्पन्न गरेको छ ?

उनले मध्य पहाडी लोकमार्गको हावा गफ मात्रै दिएका थिएनन् , पुर्ब-पश्चिम महेन्द्र राजमार्ग बनाएरै देखाई दिएका थिए । उनै महेन्द्रले स्थापना गरेको साझा यातायात डकारी सकेर जनता माथी निजि समितिका निजि गाडी धनीबाट लादिएको सिण्डिकेट टुलुटुलु हेरेर महेन्द्रलाई सराप्न संघीय लोकतान्त्रिक गणतन्त्र उर्फ नयाँ नेपाललाई लाज लाग्नु पर्ने हो । तर शरम पचेको नयाँ नेपाल आफ्नो आङ्को भैंसी देख्दैन । महेन्द्रले हाल्देका पुर्ब देखि पश्चिम सम्मैका पुलहरु धरापमा परिणत हुनै लागिसके तर त्यसको विकल्प उसंग छैन । .......... भोलि झापा स्थित कन्काई , बिरिङ र रतुवा खोलाको पुल भत्किने हो भने संघीय लोकतान्त्रिक गणतन्त्रसंग पुर्ब झापाको सम्पर्क कम्तिमा एक दशकका निम्ति बिच्छेद हुन्छ । .....

त्रिभुवन बिमानस्थलको अति बिशिस्ट कक्षमा बसेर इतिहास सरापी रहदा त्यस्तै अर्को अन्तरास्ट्रिय बिमानस्थल बनाउने इच्छाशक्ति र हैसियत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालसंग छैन भन्ने तथ्य यसका परिकल्पनाकारहरुले भुल्नु हुदैन ।

...... राणाकालिन दरबारहरुमा कार्यपालिका र न्यायपालिका थन्क्याएर र बिरेन्द्र शाहले अन्तरास्ट्रिय सम्मेलन केन्द्र रुपमा बिकास गरेको भबन भाडामा लिएर संबिधानसभा र ब्याबस्थापीका चलाई रहेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका स्टेकहोल्डरहरुले आफ्ना निजि घर बाहेक सार्बजनिक प्रयोगका लागि कहिँ कतै सगर्ब देखाउन मिल्ने चार खुट्टा टेकेएर उभिएको एउटा मात्रै नमुना भए प्रस्तुत गरून् । महेन्द्र राजमार्ग बराबरको कुनै एउटा लोकमार्ग निर्माण गरेर देखाउन । अन्तरास्ट्रिय बिमानस्थलको संख्या दुई बनाउएर देखाउन । राष्ट्रिय ध्वजाबाहकको पुरानो अन्तरास्ट्रिय प्रतिष्ठा पुनःस्थापन गरेर देखाउन । ........

सराप्नु, सराप्नु र फ़ेरि पनि सराप्नु नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको एकमात्र देख्न र महसुस गर्न सकिने उपलब्धि हो ।

....... इतिहास सराप्नु , शाहबंश सराप्नु , पंचायत सराप्नु , एक सम्प्रदाय विरुद्ध अर्कोलाई सराप्नु , एक धर्म विरुद्ध अर्को धर्मलाई सराप्नु अनि एक क्षेत्र विरुद्ध अर्को क्षेत्र हुँदै , महेन्द्र ज्ञानेन्द्र देखि पृथ्वीनारायण सम्मका सबैलाई सराप्नु र आफू चाहिँ सिन्को नभाच्नु यसको दशक लामो कार्यकालको एकमात्र उपलब्धि हो । ...... हामीलाई लंगडो घोडाको बदला अन्धो घोडा चाहिएको हैन । हामीलाई दगुर्ने घोडा चाहिएको हो । ..... संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई जनताले दिएको एक दशकको हनिमुन पिरियड सकिनै लागेको छ । कुनैपनी ब्यबस्थाले आफुलाई पुरानो भन्दा सक्षम प्रमाणित गरेर देखाउन पाउने आवश्यक मधुमासको समय त्यति नै हो । पंचायत र बहुदल, महेन्द्र , बिरेन्द्र र ज्ञानेन्द्र शाहाले पनि त्यति नै समय पाएका हुन । हैन भने नेपालीहरुको धर्यताको बाँध प्रत्येक दस/दस बर्षमा फुट्ने गरेको तथ्य प्रमाणिक इतिहास हो । जानेर अथवा नजानेरै ज्ञानेन्द्र शाहा राजतन्त्रका सबैभन्दा ठुला शत्रु भए झै संघीय लोकतान्त्रिक गणतन्त्रका छोटेराजाहरु पनि जानी जानी आफैले ल्याएको ब्याबस्थाको सबैभन्दा ठुलो शत्रु आफै हुने दिशामा अगाडी बडिरहदा राम राम भन्दै यो आलेख तयार परेको हुं । काधै चै हाल्न सक्दिन / सकिदैन ।
मधेसी मोर्चाको विवादास्पद निर्णय : आन्दोलनमा मरे ५० लाख दिन्छौं
मधेसी मोर्चाको बुधबार बसेको बैठकले गठवन्धनले आहृवान गरेको बन्दका क्रममा आन्दोलनका क्रममा कसैले ज्यान गुमाए प्रदेशिक सरकार बनेपछि पीडित परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । साथै उसले मृतकको परिवारका एक सदस्यलाई रोजगारी र निःशल्क शिक्षा दिने मोर्चाले बताएको छ । ...... मोर्चाका शीर्ष नेताहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ-‘थरुहट/मधेश लगायत यस गठबन्धनमा आवद्ध रहेका घटकहरुको आव्हानमा आन्दोलनमा ज्यान गुमाउने शहिद परिवारहरुलाई आन्दोलनवाट बन्ने प्रादेशिक सरकारले शहिद परिवारलाई पचास लाख आर्थिक सहयोग उपलब्ध गराउनका साथै शहिद परिवारलाई निशुल्क शिक्षा र रोजगारीको जिम्मेवारी प्रायदेशिक सरकारले वहन गर्ने छ भन्ने प्रतिबद्धता सहितको निर्णय गरिएको छ ।’
सभासद भन्छन्-गृहमन्त्रीको जवाफ यथार्थ भन्दा बाहिर
सप्तरी घटना छानविन गर्न आयोग गठनको माग



मधेस तात्यो, अब के हुन्छ?
मधेसको विषयमा ध्रुवीकरण दिन प्रतिदिन बढिरहेको छ । .....

सप्तरीमा आन्दोलनमा एकजनाको मृत्यु र त्यही दिन सद्भावना पार्टीका सभासद्ले संविधानसभाबाट राजीनामा दिनुले मधेसमा आन्दोलनको माहोल तातिएको छ । ठाउँठाउँमा बिहानैदेखि नारा, जुलुस, प्रहरीसँग झडप, ढुंगामुढा, आगजानी भइरहेको छ । अर्थात् मधेसको आन्दोलन अनियन्त्रित हुने सम्भावना बढ्दै गएको छ ।

....... २ माघ ०६४ मा अन्तरिम संविधान जलाएपछि सुरु भएको मधेस आन्दोलनको झझल्को मधेसमा देखिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको घोषणा गरे पनि त्यहाँ हरेक खालका व्यक्तिहरू आन्दोलनमा सहभागी भएको पाइन्छ । ...... ‘यो वार्ताविहीन आन्दोलन हो, हामी यही अवस्थामा वार्ता गर्दैनौँ,’ रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘यसअघिको मधेस आन्दोलनमा भएको २२ बुँदे र आठबुँदे सम्झौताहरू कार्यान्वयन हुनुपर्छ । अनि मात्र अर्को वार्ता हुन्छ ।’ उनले मधेस आन्दोलनबाट आएका संघीयता नै खतरामा रहेकाले अब त्यसलाई सडकबाटै सुनिश्चित गर्ने बताए । ...... सम्बोधनमा मधेसी जनताले उठाएको माग पूरा गर्ने, देशलाई पुनर्संरचना गर्ने, गणतन्त्रलाई संस्थागत गर्नेलगायत कुरा थिए । त्यसपछि त आन्दोलन झन चर्कियो । प्रधानमन्त्री कोइरालाको पुत्ला जलाउने काम पनि सुरु भयो । ....... १ माघ ०६३ मा संघीयताबिनै अन्तरिम संविधान जारी भयो । ... २०६४ भदौ १३ गते औपचारिक वार्ता शान्ति मन्त्रालयमा भयो । जसमा २२ बुँदे सम्झौता भएको थियो । ...... त्यसबीचमा कांग्रेस, एमाले, राप्रपालगायत दलबाट अलग भएर महन्थ ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी पनि गठन भइसकेको थियो । त्यसपछि फोरम नेपाल, तमलोपा र सद्भावना पार्टीबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा गठन भयो र सो मोर्चाले २०६४ फागुन १ गतेदेखि दोस्रो चरणका आन्दोलन सुरु गर्यो । १५ दिन नपुग्दै सरकारले मधेसी मोर्चाका नेतालाई वार्ताका लागि आह्वान गर्यो । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार सरकारले वार्ताका लागि पटकपटक आह्वान गरेका थिए । तर, २२ बुँदे सम्झौता कार्यान्वयन नभएसम्म वार्तामा नजाने अडान थियो । तर, मोर्चाकै नेता महन्थ ठाकुर र राजेन्द्र महतो बिहानैदेखि वार्ताका लागि बालुवाटारमा बसिरहेका थिए । उपेन्द्र यादव नआएसम्म वार्ता नहुने अडान उनीहरूले लिएपछि वीरगन्जमा भूमिगत बसेका उपेन्द्र यादवलाई नाइटभिजनबाट जबर्जस्ती बालुवाटार ल्याइएको थियो । त्यही दिन राति (फागुन १६ गते) आठबुँदे सम्झौता भयो । भनिन्छ, सो वार्ता गराउनमा भारतको सक्रिय भूमिका थियो । त्यो सम्झौताले नै देशमा संघीयता आएको छ । समावेशी, समानुपातिक पनि सोही सम्झौता आएको हो । ........ आत्मनिर्णयको अधिकारसहित स्वायत्त मधेस प्रदेश पाउने भएपछि नेताहरू पनि खुसी थिए । ...... २०६५ साल जेठ १५ गते अन्तरिम संविधानाकै चौथो संशोधन भयो । नेता सोनलका अनुसार राजनीतिक रूपमा संविधान संशोधन भएको त्यो पहिलो थियो । संविधानको प्रस्तावना र राज्यको परिभाषामा नै संघीय लोकतान्त्रिक गणतन्त्र देश हुने उल्लेख भए । सोही आन्दोलनका कारण अन्तरिम संविधानको धारा १३८ १ को (क) मा मधेसी जनजाति, आदिवासीलगायत अन्य पिछडिएका लागि सम्बोधन हुने गरे स्वायत्त प्रदेश राज्यको स्थापना हुने कुरा उल्लेख गरियो । .............

मधेस आन्दोलनका बेला भएको दुई चरणको सम्झौता कार्यान्वयन नभएको गुनासो गर्दै मधेसी तथा थारुहरू आन्दोलित भएका छन् ।

....... आठबुँदे सम्झौताअनुसार आफूहरूको माग पूरा गरे भने केही नचाहिने बताए । आठबुँदे सम्झौता नै आफूहरूको बटम लाइन हो, त्यसलाई नै कार्यान्वयन गरियो भने आफूहरूलाई पुग्ने ....... भारत सम्झौताका साक्षी भएकाले सम्झौता कार्यान्वयन गराउन पनि भूमिका खेल्नुपर्ने मधेसवादी दलका नेताको आग्रह छ ।


६ प्रदेश : कति सबल, कति सक्षम ? (तथ्यांक सहित)
नयाँ प्रदेशहरुको विश्लेषणात्मक अध्ययन
प्रदेश नं २ र प्रदेश ४ सडक सञ्जालको हिसाबले सबैभन्दा कमजोर प्रदेश देखिन्छन् । ...... कृषि क्षेत्र अन्र्तगत नेपालका कुल ग्रार्हस्थ उत्पादनमा सबैभन्दा धेरै योगदान गर्नेमा प्रदेश १ पर्दछ, जसले २३ प्रतिशत क्षेत्रगत योगदान दिन्छ
कर्फुयु लगाएर मृतकको शव धरान लगियो (सप्तरी गोलीकाण्डको फोटो फिचर)
गोली लागे लगत्तै मृत्यु भएका ३५ बर्षीय राउतको केही श्वास आएजस्तो भएको र बाँच्न सक्ने भन्दै प्रहरीकै अगुवाईमा शव बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको हो ।
आन्दोलनको नाममा दुई तीन सयजना मार्ने योजना भएको सूचना आयोः पुन
नेताहरु मुख्यमन्त्री बन्ने धुनमा लाग्दा समस्या भयोः पण्डित
थारुवान, मगरात, कर्णालीमा संघीयताको सिद्धान्त विपरित सीमांकन भएकोले ति क्षेत्रमा आन्दोलन भएको उल्लेख गर्दै ति मागलाई संबोधन गरिने बताए । ..... आन्दोलनमा अत्याधिक बल प्रयोग गर्न नहुने तर्क गरे । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले सीमानाको विषयमात्रै नभई प्रदेशको अधिकार, पहिचान सहितका धेरै विषयका कारण मधेसमा आन्दोलन भएको दावी गर्दै पहिलो संविधानसभाको समिति र आयोगले तयार पारेको प्रतिवेदन अनुसार सीमांकन हुनु पर्ने धारणा राखे ।
मान्छे मार्ने सूचना कहाँबाट पाए बर्षमानले?
मधेस बलिरहँदा रामचन्द्रले भने– उत्कृष्ट प्रदेश भनेकै २ नम्बर हो
रामचन्द्र झाले सीमांकनसहितको ६ प्रदेश बनाइनु ठीक भएको भन्दै प्रदेश नम्बर दुई सबै रुपमा उत्कृष्ट भएको बताएका हुन् । ‘प्रदेश नम्बर २ उन्नत भूमि हो, भौगोलिक रुपमा पनि ठीक छ यसलाई सबैको स्वीकार गर्नु गर्नुको विकल्प छैन’

No comments: