Monday, August 10, 2015

बाबुराम भट्टराई डराउनु पर्ने कारण छैन

बाहुन भएर जन्मे पनि बाहुनवादी हुनुपर्दैन। बाहुनवाद भनेको एउटा आइडियोलॉजी हो, एउटा गलत आइडियोलॉजी। एउटा worldview ------ अरु लाई आफु भन्दा तल देख्ने मात्र होइन अरु लाई माइनस गर्दै लाने पूरै राज्य संयंत्र कै कल्पना गर्ने। त्यो नपाउने तर त्यो attitude छोड्न नसक्ने भयो भने के हुन्छ? जोक हुन्छ। मैले देखेको छु। विदेशमा हुन्छ। External environment बाहुनवादी नभएको मात्र होइन कि त्यो के हो थाहा नै नभएको विदेशी परिवेश मा पनि त्यो attitude माछो भएर पानी बिनाको माछो जस्तो छटपट छटपट गरिरहेको दृश्य हरु मैले देखेको छु कति पटक।

आर्थिक क्रांति बाहेक का सबै मुद्दा छिनोफानो भएको संविधान मात्र मान्य छ। भन्नु को अर्थ काँग्रेस एमाले र एमाओवादी मिलेर पनि देश माथि लोकतंत्र, मानव अधिकार, संघीयता, समावेशीता, समानता बिना को संविधान लादन सक्दैनन्। लादन दिइने छैन। काँग्रेस एमाले र एमाओवादी मिलेर गर्न नसक्ने काम काँग्रेस एमाले ले मिलेर गर्न सक्छन भन्ने कुरा एमाओवादी ले सोँच्नु तर्कसंगत होइन। 

विगत मा विभिन्न ठाउँ मा प्रगतिशील विचार प्रगट गरेका बाबुराम ले अहिले व्यवहारमा त्यो देखाउने बेला आएको छ। होइन भने बाबुराम भट्टराई खुद पनि एउटा sophisticated बाहुनवादी नै हो भन्नुपर्ने हुन्छ।



No comments: