Monday, August 10, 2015

कोचिला, लिम्बुवान, खम्बुवान, शेर्पा प्रदेश



कोचिला, लिम्बुवान, खम्बुवान, शेर्पा प्रदेश ------ चार प्रदेश ले के बिगार गर्छ? शेरपा प्रदेश को पर्यटन को कमाइ ले सारा काठमाण्डु धानेको छ, जाबो एउटा सानो शेर्पा प्रदेश धान्न सक्दैन?

सुदुर पश्चिम: थरुहट, खप्तड, कर्णाली, मगरात, तमुवान।

सुदुर पुर्व: कोचिला, लिम्बुवान, खम्बुवान, शेर्पा प्रदेश।

सुदुर दक्षिण: कोचिला, मधेस, थरुहट।

अझ कोचिला, मिथिला, भोजपुरा, चितवन, अवध, थरुहट, कैलाली गरी एक मधेस सात प्रदेश गर्दै २२ जिल्ल्ला गायब पार्न सकिन्छ।

कोचिला, मिथिला, भोजपुरा, चितवन, अवध, थरुहट, कैलाली। खप्तड, कर्णाली, मगरात, तमुवान। लिम्बुवान, खम्बुवान, शेर्पा प्रदेश। बाँकी रह्यो तमसलिंग र नेवा। १६ प्रदेश भएछ। मैले १८ हुनुपर्छ भनेको। ठीकै छ।

पंचायत का सबै सीमाना गायब। विनास क्षेत्र, अंचल, जिल्ला मात्र होइन गाउँ/नगर का सीमाना पनि गायब। गाउँ पालिका हरुको नया सीमाना। ४,००० लाई घटाएर १,००० मा ल्याउने। प्रदेश को राजधानी र देश को राजधानी मा जानुपर्ने सांसद हरु मात्र हो। आम जनता को काम सबै ती १,००० स्थानीय इकाइ मा हुनुपर्यो। कार्यालय धाउनु पर्ने काम हरु।

१६ प्रदेश को प्रतिनिधि सभा र राज्य सभा मा पनि जनसंख्या समानुपातिक प्रतिनिधित्व हुने भए ती प्रदेश भित्र का विशेष क्षेत्र र गाउँ, नगर वडा का सीमाना जस्तो राखे पनि फरक पर्दैन। र प्रत्येक को फरक फरक हुन्छ पनि।

सारा देश को नाम र अहिले सम्म को सरकारी कामकाज को भाषा ले खस लाई समेटेको छ। १६ प्रदेश ले अरु २०-२५ समुदाय लाई समेट्छ, लगभग ८०% जनसंख्या लाई। अनि २०-३० विशेष प्रदेश बन्छन् जसले ३% भन्दा कम संख्या मा रहेका जनसंख्या को आधारमा साना तर महत्वपुर्ण समुदाय हरुलाई समेट्छ। यतिका अलावा वडा अध्यक्ष र मेयर उप मेयर देखि बाँकी निर्वाचित सीट हरुमा सबै अटाउँछन् मोटामोटी। स्थायी सरकारमा ५१% खुला प्रतिस्प्रधा र ४९% आरक्षण कड़ा साथ लागु गरी ५ वर्ष भित्र state restructuring गर्दै लगभग समानुपातिक समावेशी नेपाल बनाउन संभव छ। ५१% खुला प्रतिस्प्रधा अहिले बाहुन लाई १००% आरक्षण जस्तो छ। That can not be allowed to stand. त्यस का लागि उपयुक्त कानुन ल्याउनु पर्ने हुन्छ।

चेपांग का लागि बनाइने विशेष प्रदेश को नाम मा चेपांग को पहिचान झल्किनु हुन्न भन्ने तर्क हरिलट्ठक तर्क होइन?

१६ प्रदेश ले ५ विनास क्षेत्र, १४ अभद्र अंचल, ७५ हल्लाखल्ला जिल्ला सबै स्वाप्पै गायब पार्ने भएर जताततै पैसा को बचत हुन्छ।

कोचिला मा उदयपुर रहन्छ। थरुहट मा सुर्खेत रहन्छ। सिन्धुली मिथिला मा आउने न आउने सिन्धुली को इच्छा।

पृथ्वी नारायण शाह का संतति यी barbaric people, मिथिला को सभ्यता सिकाउनु पर्ने मान्छे हरु। Civilization.

नेपाल संघीयता मा जाने हो भने १६ घटी राज्य कसरी बन्न सक्छ? I don't seem to be able to wrap my head around it. ठीक छ, कोचिला बनाऊँ, चितवन र कैलाली बनाऊँ, तर डसना चोरेर लाने काम नगर।

यार्चागुम्बा को कमाइ ले सारा कर्णाली धान्न सक्छ तर कर्णाली प्रदेश को प्रहरी १००% कर्णाली प्रदेश को हुनुपर्यो। उपनिवेशी प्रहरी त्यहाँ बाट हटाउनु पर्ने हुन्छ।



हराउनेछन् पूर्णसिंह राजवंशीहरु
थारुहरुकै रगत र पसिनाको जगमा खडा संविधानसभाले अहिले आएर उनीहरुको सम्पूर्ण अधिकार खोसेको छ । थरुवान नामेट भएको छ । ..... जनयुद्धमा सबैभन्दा बढी मानिस मारिएका जिल्लाहरुमध्ये पर्छन् कैलाली र बर्दिया । सबैभन्दा बढी मानिस बेपत्ता पारिएको जिल्ला पनि बर्दिया नै हो । मारिने र बेपत्ता हुनेमा यो क्षेत्रका थारु जातिका मानिस बढी थिए अर्थात थरुवानका धेरै थारुहरुको बलिदानले सिंचेको हो माओवादी जनयुद्ध । तिनको बलिदानीको मूल्य के रह्यो ? ...... वर्षौंसम्म थारुहरु बँधुवा मजदुर बने । ..... सिंगो मुलुकका ‘उत्पीडितहरुको मुक्तिका निम्ति’ रचिएको युद्धमा पनि उनीहरुले ठूलो मूल्य चुकाए । आफ्नो जंगल दिए, जमिन दिए, श्रम दिए, जवानी दिए, पसिना दिए, र ज्यान त थोकमै दिए । उनीहरुकै रगत र पसिनाको जगमा खडा संविधानसभाले अहिले आएर उनीहरुको सम्पूर्ण अधिकार खोसेको छ । थरुवान नामेट भएको छ । संविधानसभामा पेश गरिएको

६ प्रदेशको संघीयताले निःसन्देह सबभन्दा पिँधमा धकेलेको थारुलाई नै हो ।

......... नागरिकताको सवालमा महिलालाई पछि पार्न महेन्द्रमाला जपिरहने केही ‘राष्ट्रवादी’ले गरेका प्रपञ्च बुझिनसक्नु छ । ....... संविधान घोषणाको संघारमा आइपुग्दा हाम्रा शासकहरुसँग केवल दुईटा बाटा थिए । पहिलो बाटो, यहाँ कुनै किसिमको असमानता छैन भन्ने प्रमाणित गर्ने, जे भनिंदैछ ती सबै कृत्रिम र बनावटी कथ्य हुन् भनेर पुष्टि गर्ने । जे जे संघर्ष र बलिदानीहरु भए, ती सबै फजुल थिए र कसैले लहडमा गरेको प्रहसन थियो भनेर स्थापित गर्नेे र पछाडि फर्कने । ........ उत्तर त्यति जटिल थिएन, जति बनाइयो । .......

लिम्बु वा राई वा तामाङले बाहुनको मखुन्डो भिरेर सत्ताको किनार किनार लुकी हिंड्नु नपरोस् ।

........ अहिले प्रदेश १ .. तर, यो खाका अनुसार १४ जिल्लाको गन्जागोलमा निर्माण गरिएको प्रदेशमा लिम्बुको जनसंख्या ८ प्रतिशत हुने रहेछ भने बाहुन र क्षेत्रीको गरेर लगभग २७ प्रतिशत हाराहारीमा जनसंख्या पुग्ने रहेछ । ........ खड्गप्रसाद शर्मा ओली र कृष्णप्रसाद सिटौलाहरुकै सधैं हैकम चलिरहने भयो । झुक्किएर कुनै सुवास नेम्बाङ आउन सक्छ । केवल एक सर्तमा, ऊ सबै आचरणमा बाहुन क्षेत्री नै हुनुपर्नेछ । वा संयोगवश पूर्णसिंह राजवंशीहरु अघिल्तिर आएछन् भने, उनीहरु दुई खाले संकटमा फँस्नेछन् । एक, सत्ता र शक्तिको बार्दलीमा उभिइरहन उनीहरु पूरै ‘कोअप्ट’ हुनु पर्नेछ । ओली, कोइराला र दाहालहरुकै चाकरीमा निमग्न हुनुपर्नेछ । दोस्रो, छिटै पलायन भएर राजनीतिक दृश्यबाट हराउनुपर्छ जस्तो पहिलो संविधानसभा चुनावमा कृष्णप्रसाद सिटौलालाई हराएका राजवंशी अहिले गुमनाम छन् । ......... नेपालमा गरिएको पछिल्लो जनगणना अनुसार करिब सत्र लाख थारुहरुमध्ये, साढे सोह्र लाख भन्दा बढी थारुहरुको बसाई तराईमा छ । उनीहरु मूलतः बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, नवलपरासीजस्ता तराईका जिल्लाहरुमा बसोबास गर्थे । ........ शेरबहादुर देउवा र भीम रावलहरुका छायाँमा कतै विलिन हुनेछन् शान्ता र रुक्मिणी चौधरीहरु जसरी प्रभावहीन भएर हराए पूर्णसिंह राजवंशीहरु, त्यसरी नै हराउनेछन् गौरीशंकर चौधरीहरु । कोही बँचेछन् भने तिनमा विजय गच्छदारको लोभीपापी भूत सवार भएको हुनेछ । तिनले थारुलाई होइन, आफ्नै अतृप्त लालसालाई मात्र प्रतिनिधित्व गर्नेछन् । ........ ओली डक्ट्रिनमा नै संविधान नामको गाता हालिएको हो । ..... त्यो दायाँ फन्कोलाई अझ मजबुत बनाउनेछ स्थानीय निर्वाचनले । एमालेले बनाएको बलियो सांगठनिक संरचना, जसमा स्थानीय साहुजी र ठेकेदारहरुको बोलबाला छ, त्यसैको बलमा स्थानीय निर्वाचनमा एमालेले अरु सबैलाई पाखा लगाउने पक्का छ । .........

‘बनाना रिपब्लिक’ एक मुठ्ठी मानिसको हितमा तन्मयता साथ लागिरहनेछ ।

No comments: