Sunday, December 06, 2015

In The News (12)

अख्तियारद्वारा १२ पूर्वमन्त्री, तीन सचिवसहित २९ प्रभावशाली व्यक्तिमाथि छानबिन सुरु
- अकुत सम्पत्ति आर्जनको आशंकामा २९ जनाकै बैंक लकर बन्द, -सात दिनभित्र बयान दिन बोलाइयो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘अकुत (स्रोत नखुलेको) सम्पत्ति आर्जन गरेको आशंकामा’ १२ पूर्वमन्त्री र तीन बहालवाला सचिवसहित २९ जना प्रभावशाली व्यक्तिमाथि छानबिन सुरु गरेको छ । अख्तियारले सबै बैंकलाई ती २९ जना सबैको बैंक लकर आइतबारसम्म बन्द गर्न निर्देशन दिएको छ । ...... अख्तियारले अकुतका अतिरिक्त विभिन्न आयोजना, नीतिगत निर्णय, निर्वाचन क्षेत्र विकास कार्यक्रममा अनियमितता गरेको आशंका अरू व्यक्तिमाथि समेत छानबिन सुरु गरेको छ । लकर बन्द गर्न आदेश दिइएका व्यक्तिमात्र २९ जना रहेको, छानबिनको दायरा अरू पनि परेको जानकारी अख्तियार स्रोतले दिएको छ । ...... एमाओवादीका महासचिव कृष्णबहादुर महरा,

एमालेका नेताहरू राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, वंशीधर मिश्र, ल्हारक्याल लामा,

मालेकी नेतृ निलम केसी खडा, विद्याधर मल्लिक, रामकुमार श्रेष्ठ, छविराज पन्त, शंकर कोइराला, उमाकान्त झा, टेकबहादुर थापा घर्ती छन् ।

अकुतको छानबिनमा परेका १२ पूर्वमन्त्रीमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको चुनावी मन्त्रिपरिषदका मात्र ६ जना छन् ।

..... पूर्व मुख्यसचिव भोजराज घिमिरे, बहालवाला अतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्रसिंह भण्डारी, नेपाल प्रहरीका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख नायव महानिरीक्षक विजयलाल कायस्थ, पूर्व महानिरीक्षक एवं एमाओवादीका सांसद रवीन्द्रप्रताप शाह, प्याब्सन र एनप्याब्सनका पूर्व अध्यक्ष एवं सांसदत्रय बाबुराम पोखरेल, उमेश श्रेष्ठ र गीता राणा ..... एमालेका सांसदसमेत रहेका ठेकेदार एवं सिभिल ट्रेड सेन्टरका मालिक इच्छाराज तामाङ, एमालेका सांसद जनार्दन ढकाल, पूर्व सांसद विजय पौडेल, निर्माण व्यवसायी एवं राप्रपाका सांसद विक्रम पाण्डे, व्यवसायी राजकुमार अग्रवाल, आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खडका,

साझा यातायातका अध्यक्ष एवं हिमाल मिडियाका प्रकाशक कनकमणि दीक्षित

सर्वेन्द्र खनालको भित्री पाटो
महानगरीय अपराध अनुसन्धान शाखामा उनको आगमनसँगै राजधानीको गुन्डाराजमा ठूलो झट्का लागेको छ । ..... घैंटे फिल्मी शैलीको इन्काउन्टरमा मारिएपछि राजनैतिक संरक्षणमा हुने गुन्डाराजमा ठूलो खैलाबैला मच्चियो ..... कार्यशैली हेर्दा ‘खरो’ लाग्ने एसएसपी खनाल निजी जीवनमा भने शान्त, सौम्य र शालिन छन् । ..... जिम्मेवार र संवेदनशील क्षेत्रमा आबद्ध भएकाले उनी सामाजिक सञ्जालमा जोडिन त्यति रुचाउँदैनन् । फेसबुक एकाउन्ट त छ तर त्यसमा खासै अपडेट हँुदैनन् । आफ्नो बखान आफैं गर्ने, फोटोहरू अपलोड गर्ने काममा त्यति जाँगर चल्दैन । ग्याजेट्सका खासै सौखिन नभए पनि उनी एप्पलका उत्पादनमा बढी निर्भर छन् । आइफोन–६ बोक्ने खनाल म्याकबुक एयर चलाउँछन् । .... व्यक्तित्व विकास र आत्मविश्वास बढाउन पहिरनको भूमिका छ भन्ने ज्ञान उनमा छ । ‘कुन ठाउँमा कस्तो पहिरनमा प्रस्तुत हुने भन्ने कुरामा सचेत छु’ खनाल भन्छन् ।
दिल्लीमा कमल थापाले चारबुँदे समझदारी गरेको खुलासा
बालुवाटारमा चर्काचर्कीपछि थापाको प्रस्ताव काटकुट पारियोे
चौथो नम्बरमा रहेको नागरिकताको बुँदालाई तीन दलको बैठकले हटाएको छ । नागरिकताको विषयमा केही पनि अस्पष्टता नरहेको भन्दै शीर्ष नेताहरुको बैठकले त्यसलाई काटेको हो । .... त्यसैगरी तीन दलका शीर्षनेताहरुको बैठकले पारित गरेको प्रस्तावमा ‘सीमांकन परिमार्जन गरिनेछ’ भन्ने बुँदालाई पनि संशोधन गरेर ‘संविधानमा व्यवस्था गरिनेछ’ भन्ने बनाइएको छ ।..... स्रोतका अनुसार बैठकमा सीमांकन हेरफेर तथा परिमार्जन भन्ने शब्द राख्ने भन्नेमा चर्काचर्की भएको थियो । एमाओवादी नेताहरुका साथै कांग्रेस सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल सीमांकन हेरफेर तथा परिमार्जन भन्ने शब्द राख्नु पर्ने पक्षमा उभिएका थिए । .....

कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्ण सिटौला, एमाले नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावलले कुनै हालतमा सीमांकन हेरफेर भन्ने शब्द राख्न मानेनन् ।

..... सुशीलजीले सुरु त सानो-सानो कुरामा किचकिच नगरौं भन्दै हुुनुहुन्थ्यो । तर, कृष्ण सिटौलाले हकारेपछि कोइराला चुप लाग्नुभयो ।’ ........ जतिखेर शुक्रबार बालुवाटारमा तीनदलका नेताहरुले कमल थापाबाट प्रस्तुत चारबुँदामा छलफल गरिरहेका थिए र त्यसलाई तीनबुँदे बनाइरहेका थिए, लगभग त्यहीबेला भारतीय दूताबास लैनचौरमा मधेसी मोर्चाका नेताहरुसँग भारतीय राजदूत रञ्जित रायले चारबुँदामा दिल्लीसँग कमल थापाले सहमति जनाएको सूचना सुनाइरहेका थिए । सूत्रहरुका अनुसार शुक्रबार साँझ एउटै प्रस्तावमाथि बालुवाटार र लैनचौरमा बेग्लाबेग्लै छलफल भएको छ । .....

दूतावासमा भएको छलफलमा मधेसी मोर्चाका नेताहरुले उधारो सहमति कार्यान्वयनको कसले ग्यारेण्टी गर्छ भन्दै सीमांकनबारे थापा र स्वराजवीच भएको चारबुँदे समझदारी नमान्ने संकेत गरेका छन् ।

कमल थापा दिल्लीबाट नफर्कँदै बालुवाटारमा खुशी
नाटकीय ढंगले नाकाबन्दी खुल्छः परराष्ट्रमन्त्री
थापाले नाटकीय ढंगले लागेको नाकाबन्दी नाटकीय रुपमै खुल्ने सन्देश लिएर आएका छन् । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दुई देशको असमझदारी हटाउन आफ्नो भ्रमण फलदायी भएको बताए ।..... साथै केही दिनमा नै स्थिति सहज हुने भन्दै परिणामको प्रतिक्षा गर्न आग्रह गरे । विमानस्थलबाट सोझै पार्टी कार्यालय धुम्बाराहीमा पुगेका थापा निकै उत्साहित देखिएका थिए । उनले नाटकीय ढंगले लागेको नाकाबन्दी नाटकीय रुपमै हट्ने नेताहरुलाई जानकारी गराएका छन् । ...... तर, यो समझदारी मधेसी मोर्चासँग नभई भारतसँग भएको दाबी स्रोतको छ । अब पारवहन र आपूर्तिमा भारतले गर्दै आएको अवरोध क्रमिकरुपमा हट्न सक्ने समेत अधिकारीहरु बताउँछन् । .....

परराष्ट्रमन्त्री थापाले विमानस्थलमा कतिपय विषयमा चर्चा गर्दा परिस्थिति बिग्रनसक्छ भनेकमा छन् ।

..... सीमांकनको विषय भने राजनीतिक समिति बनाएर तीन महिनाभित्र टुंग्याउने तीन दलको प्रस्ताव छ । यसअघि प्रचण्डले राजनीतिक समझदारी गरेर एक महिनाभित्र टुंगो लगाउने प्रस्ताव गरेका थिए । ..... मधेसी मोर्चाले तराई मधेसमा दुई प्रदेशको माग गरेको छ र सीमांकनमा तत्काल कुनै हेरफेर नभएसम्म उसले आन्दोलन नरोक्ने बताएको छ । मोर्चाका नेताहरुले विनविन नहुने गरी काठमाडौंमा कुनै समझदारी गरे मधेसमा जान नसक्ने डर छ । ..... यदि भारतले नाकाबन्दी हटाउने हो भने इन्धनलगायतको अत्यावश्यकीय वस्तुको आपूर्ति धेरै हदसम्म सहज हुनेछ । जसले मधेसी मोर्चाको आन्दोलन लम्बिने र तत्काल कुनै समझदारी नहुने खतरा बढ्नेछ ।


थारुहरुले बनाए युवादस्ता, अमेरिकाबाट आएका महाविर बने संयोजक
पहिचान विरोधीलाई बहिस्कार, कालोबजारीलाई कारवाही
थरुहट प्रदेश प्राप्तिको आन्दोलनलाई निर्णायक बनाउन भन्दै थारु युवाहरुको स्वयमसेवक दस्ता गठन गरिएको छ । कांग्रेसको तरुण दल, एमालेको युवा संघ र एमाओवादीको वाईसीएल जस्तै थारुहरुले पनि ‘थारु युवा संवयसेवक’ गठन गरेका हुन् । ...... दाङको पश्चिम चखौरामा तीन दिनसम्म चलेको थारु युवाहरुको भेलाले महाविर चौधरीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । पुस महिनाभित्र पथलैयामा भेला आयोजना गरी स्वयमसेवक दस्ताको नयाँ नेतृत्व चयन गरिने छ ।.... तदर्थ समितिका संयोजक बनेका महाबीर चौधरी ‘थारु अराउण्ड द वर्ल्ड’ नामक संस्थाका अध्यक्ष हुन् । अमेरिकामा बस्दै आएका उनी थारु आन्दोलनलाई सघाउन भन्दै नेपाल आएका छन् । ......

‘थारु अराउण्ड द वर्ल्ड’लाई विश्वभरका थारुहरुको छाता संस्थाको रुपमा चिनिन्छ ।

दाङमा आयोजित भेला पनि सोही संस्थाको ब्यानरमा गरिएको थियो । ...... कार्यक्रममा एमाओवादीका सांसद सन्तकुमार थारु, फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरी, थरुहट तराई पार्टी नेपालका गोपाल दहित, थरुहट नेतृ गंगा चौधरी, आदिवासी जनजाति महासंघका नेता पासाङ शेर्पालगायत सहभागी थिए । भेलामा थारु बहुल क्षेत्रका १ सय बढी युवाहरु सहभागी थिए ।.... ८ बुँदे घोषणा पत्र जारी गर्दै आइतबार सम्पन्न भेलाले

‘एक गाउँ, एक सय थारु युवा जाउँ’

नाराका साथ जनपरिचालनको कार्यक्रम गर्ने निर्णय गरेको छ । ..... यहि महिनाभित्र सबै जिल्लामा थारु स्वयमसेवक दस्ता गठन गर्ने र पुस महिनाभित्र पथलैयामा युवा भेला गरी नेतृत्व टुंगो लगाउने उनले बताए । .... ‘थरुहट प्रदेश प्राप्तिको आन्दोलनलाई उत्कर्षमा पुर्‍याउँछौं । त्यसको नेतृत्व युवाहरुले गर्नेछन्,’ चौधरीले भने, ‘युवाहरुलाई गाउँ-गाउँमा हुने विकास निर्माणको काममा पनि परिचालन गरिनेछ ।’..... आन्दोलनको क्रममा भइरहेको कालोबजारी गर्नेहरुलाई कारवाही गर्ने तथा थरुहट प्रदेश र पहिचान विरोधीहरुलाई गाउँमा बहिस्कारको थालनी पनि गरिसकेको उनले जानकारी दिए ।
रक्षामन्त्री भीम रावल र मधेसी मोर्चाका नेता उपेन्द्र यादवबीच सार्वजनिक सभामै भनाभन
लोकतन्त्र भनेको मान्छे मार्ने लाइसेन्स होइन – अशोक राई (वरिष्ठ नेता,संघीय समाजवादी फोरम नेपाल )
मधेश की आजादी और भारत से सम्बन्धित कुछ भ्रम और उसका निवारण

No comments: