Saturday, December 26, 2015

राजेंद्र महतो लाई ICU पुर्याउने सरकार राजीनामा दे, काठमाण्डु छोड़, देश छोड़, ये धरती हमारी, ये मुल्क हमारा



प्रहरीसँगको झडपमा राजेन्द्र महतो घाइते
प्रहरी–मोर्चा कार्यकर्ता झडपमा राजेन्द्र महतो घाइते, जोगबनी नाका ठप्प

प्रहरीले भने झडपपछि सीमापारि पुगेका मोर्चाकै कार्यकर्ताको ढुंगा लागेर महतो घाइते भएको दाबी गरेको छ ।

झडपपछि जोगबनी पुगेका महतोलाई त्यहाँ प्राथमिक उपचारपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा ल्याइएको थियो । उनको सिटी स्क्यानलगायत जाँचपछि उपचार भइरहेको छ ।

महतोलाई सघन उपचार कक्ष ९आइसीयु० मा राखिएको छ ।

...... महतोसहितका नेता कार्यकर्ता भारतीय भूमिबाट प्रवेश गरी भन्सार कार्यालयनजिक दशगजा क्षेत्रमा धर्नामा बसेका थिए । त्यसक्रममा प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो । सुरुमा भन्सार नाकाभन्दा केही उत्तर रानी क्षेत्रको बसपार्कमा सभा गर्ने भनिएको थियो । तर भारतीय क्षेत्रबाट प्रवेश गरेका महतोसहितका नेता कार्यकर्ता दशगजामा धर्ना बसेको मोरङका प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले बताए । नाकामा अवरोध नगर्न आग्रह गर्दा अटेर गरेपछि झडप भएको उनले बताए । ...... झडप र प्रहरीको लाठी प्रहारले सद्भावनाका केन्द्रिय सदस्य दिलिप धाडेवा, प्रवक्ता सन्तोष मेहता, आदिवासी जनजाति मञ्चका केन्द्रिय महासचिव तेन्जिङ लामा, मोर्चा कार्यकर्ताहरु युवराज साह, जागेश्वर साहनी, मो। अब्दुल हुसेन, मोहन चौधरी, महमद आलम, ईन्द्रजीत साह, परमानन्द यादवलगायत पनि घाइते भएका छन् । प्रहरीले मोर्चाका ५ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

साँझ गोल्डेन अस्पताल परिसरमा पनि प्रहरीले केही कार्यकर्तालाई कुटपिट गरेको मोर्चाले जनाएको छ ।

..... झडपको घटनापछि महतोसहितका नेता कार्यकर्ता नाका छिचोल्दै भारतीय भूमितिर गएको लम्सालले बताए । नाकाको भारततिर पर्ने दशगजनमा पुगेका धर्नाकारीलाई भारतीय सुरक्षाकर्मीले हटाएको थियो । ...... सद्भावना पार्टीका केन्द्रिय प्रवक्ता सन्तोष मेहताका अनुसार प्रहरीले धर्नामा बसेका बेला हस्तक्षेप गरेको थियो । प्रहरीले धर्नाबाट हट्नेबारे केही जानकारी नदिइ एक्कासी लाठी प्रहार गरेको उनले दाबी गरे । ...... भारतको अघोषित नाकाबन्दीपछि दुई महिनायता सहज रुपमा आयात निर्यात सुचारु रहेको जोगबनी नाका शनिबार अपराह्नबाट अवरुद्ध भएको छ । प्रहरी र मोर्चा कार्यकर्ताबीच झडपको घटनापछि नाका ठप्प भएको हो । वीरगन्ज, रुपैडियालगायत नाकामा अवरोध प्रभावकारी भएको तर विराटनगरमा सहज भएको भन्दै महतो र उनीनिकट नेता कार्यकर्ताले जोगबनीमा अवरोध कडा पार्नुपर्ने बताउँदै आएका थिए । ......

अघोषित नाकाबन्दीको सुरुवाती दुईसाता पछि यो नाकाबाट दैनिक सरदर ४० ट्यांकर इन्धन भित्रिदै आएको थियो ।

..... भारतको अघोषित नाकाबन्दीको सुरुवाती दुई सातादेखि जोगबनी नाकाबाट भन्सारको लक्ष्यभन्दा बढी राजश्व असुली हुँदै आएको थियो । असोजमा लक्ष्यभन्दा ९८ करोड राजश्व असुली कम्ती भएको यो नाकाबाट कात्तिक र मंसिरमा लक्ष्यभन्दा बढी राजश्व असुली भएको थियो । पुस पहिलो साता पनि विराटनगर भन्सारको राजश्व असुली लक्ष्यभन्दा बढी छ ।
विराटनगर-जोगवनी नाका ठप्प
भारतको अघोषित नाकाबन्दीपछि दुई महिनायता सहज रुपमा आयात निर्यात सुचारु रहेको जोगबनी नाका शनिवार अपरान्हवाट अवरुद्ध भएको छ । मधेशी मोर्चाका नेता राजेन्द्र महतो सहितका कार्यकर्ता शनिवार जोगबनीको मुल नाकामा धर्ना बसेर आयात निर्यात अवरुद्ध गर्ने प्रयास गर्दा प्रहरीसँग भएको झडपछि नाका अवरुद्ध भएको हो ।
महतोमाथि आक्रमणको भर्त्सना
सरकार वार्ता र संवादबाट समस्या समाधान नगरी बर्बर दमनले आन्दोलन दबाउन खोजेको देखिएको सुमनले विज्ञप्तीमा भनेका छन।


नेपालगन्ज नाकामा फेरि तनाव
मालबाहक गाडी भारतपट्टि रोकिए
औषधि र इन्धन निर्वाध भित्रँदै आएको पश्चिमको प्रमुख नेपालगन्ज-रुपैडिहा नाकामा मधेसी मोर्चाका कार्यकर्ताहरुले फेरि पनि प्रदर्शन गर्न थालेपछि तनाव भएको छ । ...... मोर्चाले शनिबार बिहानदेखि नाकामा प्रदर्शन जारी राखेका छन् । मोर्चाको अवरोधका कारण पश्चिमको प्रमुख नाका ठप्प भएको हो । उनीहरु दशगजामा बसेर नाका अवरोध गरेका छन् । ..... मोर्चाका कार्यकर्ताहरुले शुक्रबारदेखि नाका अवरुद्व गर्न खोजेका थिए । तर, प्रहरीले हटाएको थियो । शनिबार बिहानै मोर्चाका कार्यकर्ताहरु फेरि नाकामा जम्मा भएका छन् । ...... नेपालगन्ज नाका सहज भएपछि औषधि, इन्धन र मालबाहक गाडीहरु सहजरुपमा भित्रँदै आएको थियो । रुट परिवर्तन गरी मालबाहक गाडीहरु यो नाकाबाट नेपालगन्ज भित्रँदै आएका थिए ।
नाकामा जान छाडे आन्दोलनकारी
भारतसँग जोडिएका महोत्तरीका मुख्य नाका भिठ्ठामोड, मटिहानी र सम्सीमा नाका अवरुद्ध पारेर २४ सैँ घन्टा धर्ना बस्ने गरेका मोर्चाका कार्यकर्ता अहिले नाकामा आउन छाडेका छन् । ...... महिनौँदेखि जारी तराई मधेस आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा चार महिनादेखि आन्दोलन गर्दै आएका मोर्चामा आबद्ध महोत्तरीका स्थानीय नेता कार्यकर्ता निरास भई नाकामा आउन छाडेका हुन् । ......

गत असोज ७ देखि भारतीय सीमासँग जोडिएका महोत्तरीका मुख्य तीन नाकामा नाकाबन्दी गर्नेको भीड हेर्नलायक हुन्थ्यो ।

तर अहिले आएर ती नाका सुनसान देखिन थालेका छन् । साउन अन्तिम साताबाट सुरु भएको बन्द हडतालको दबाबले मधेसका सम्बोधन हुने सङ्केत नदेखेपछि मधेसी मोर्चाले असोज ७ देखि नाकाबन्दी गर्ने निर्णय गरेको थियो । ...... नाकाबन्दीमा समर्थन जनाउने गाउँगाउँबाट आएर नाकामा बस्ने गरेका थिए ।...... तर अहिले ती नाकामा मोर्चाका जिल्लास्तरका नेता पनि कमै उपस्थित हुने गरेका छन् भने गाउँगाउँबाट समर्थक पनि आउन छाडेका छन् ।...... चार महिनाभन्दा बढीदेखि जारी आन्दोलनका कारण थाकिसकेका नेता तथा कार्यकर्ता त्यसमाथि तराईमा खेती थन्क्याउने सिजन भएर आन्दोलनका समर्थक पनि आउन छाडेका छन् ।....... यता मोर्चा सम्बद्ध केही नेताले

किसानको व्यस्तता र एक्कासि चिसो बढेका कारण सीमा नाकामा आन्दोलनमा उपस्थिति कम भएको बताएका छन् ।



आज विराटनगरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका उच्च नेता राजेन्द्र महतो माथि प्रहरीद्वारा भएको संघातिक हमलाको घोर भर्...
Posted by Tula Narayan Shah on Saturday, December 26, 2015


प्रहरीले सख्त घाईते बनाएका सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतोको ICU गोल्डेन अस्पताल, बिराटनगरमा उपचार हुँदै।
Posted by सदभावना पार्टी on Saturday, December 26, 2015


प्रहरीले सख्त घाईते बनाएका महतोको सिटी स्क्यान हुंदै, गोल्डेन अस्पताल, बिराटनगर
Posted by Upendra Mahato on Saturday, December 26, 2015


राजेन्द्र महतोलाई पुलिसको हिरासतबाट खोसे आन्दोलनकारीहरूले, उपचार हुँदैराजेन्द्र महतोको टाउको फुटायो, खुट्टा र जिउमा पनि चोट लागेको, सैकडौं आन्दोलनकारी घाईते तथा हिरासतमा-बिराटनगर
Posted by सदभावना पार्टी on Saturday, December 26, 2015


राजेन्द्र महतो घाइते भएको गम्भीर खबरमा खुशी ब्यक्त गर्ने सामाजिक सञ्जालमा क्रियाशीलहरु यो देशको नमुनामूलक नागरिक मान्न स...
Posted by Kanak Mani Dixit on Saturday, December 26, 2015

Including our party president Rajendra Mahto more than dozen party cadre seriously injured at biratnagar naka. But naka is completely closed.
Posted by Devendra Yadav on Saturday, December 26, 2015


Update : अस्पताल बाहीर महतोको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै जम्मा भएका समर्थकरू माथि प्रहरीले दमन गर्दै लाठी चार्ज ग...
Posted by Upendra Mahato on Saturday, December 26, 2015

बिराटनगर घटनाप्रेश बिज्ञप्ती ( ०७२/०९/११ )********************* साढ़े चार महिना देखि शांतीपुणॉ रूपले पहिचान, प...
Posted by सदभावना पार्टी on Saturday, December 26, 2015

बिराटनगरमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो उपर पुस ११ गते गरिएको प्रहरी आक्रमणको जतिनै निंदा गरेपनि कम हुन्छ । ...
Posted by Jay Prakash Gupta on Saturday, December 26, 2015

One of Madhes' top leaders Rajendra Mahato has been brutally attacked by Nepal Police in Biratnagar today. The govt is...
Posted by Prashant Jha on Saturday, December 26, 2015

DEMOCRACY IN DANGER: I met Rajendra Mahato along with several others including Pradeep Giri, Sujata Koirala, Bimalendra...
Posted by Jay Nishaant on Saturday, December 26, 2015

आज सद्भावना पार्टी के अध्यक्ष राजेंद्र महतो जी घायल हुए नेपाली आतंकबादी के आक्रमण में, मेरा सुभेक्षा की वे जल्दी ठीक हो ...
Posted by Sujit Kumar Swatantra Madheshi on Saturday, December 26, 2015


बिराटनगरमा ओलीको दमनमा घाईतेहरू उपचार हुँदैकेही घाईतेहरूको नामराजेन्द्र महतो, राष्ट्रीय अध्यक्ष सदभावना पार्टीसंतोष ...
Posted by सदभावना पार्टी on Saturday, December 26, 2015


नेपाल प्रहरीले सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष लगायत पार्टीका अन्य नेता कार्यकर्तालाई जोगबनी प्रवेशमा रोक लगाएको थियो...
Posted by सदभावना पार्टी on Friday, December 25, 2015


सरकारी भिजिलान्तेहरू......बिराटनगरमा रहेका सदभावना पार्टीका अध्यक्ष श्री राजेन्द्र महतोको हरेक कार्यक्रममा आन्दोलनकारीहरूसँग मिसिएर यस्ता अपरिचित अनुहारहरू देखिनु संकास्पद छ।
Posted by Upendra Mahato on Friday, December 25, 2015

Hospital in biratnagar is full with injured.
Posted by Devendra Yadav on Saturday, December 26, 2015


आज सद्भावना पार्टी के राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो, प्रवक्ता संतोष मेहता, नेता दिलिप धाडेवा लगायत के लोगों पर व...
Posted by Dr. CK Raut on Saturday, December 26, 2015


नेपालमा राणा शासनको खिलाफ भएको आन्दोलनमा ज्यान गुमाएका मधेशी वीर शहीदहरू लाई नेपालले बिर्से पनि सीमावर्ती जोगबनी शहरमा च...
Posted by सदभावना पार्टी on Saturday, December 26, 2015

राजेन्द्र महतोलाई हिरासतमा लिएको छबिराटनगरमा राजेन्द्र महतो समेत नेता कार्यकर्ता माथि बर्बर दमन
Posted by Upendra Mahato on Saturday, December 26, 2015

Injured in biratnagar hospital.
Posted by Devendra Yadav on Saturday, December 26, 2015


बेहोश महतोलाई एम्बुलेंसमा अस्पताल लैजांदैमाँ मैने तेरे लिए खुन बहाया हैमधेशी मैने तेरे लिए काठमाण्डौ छोड़ा हैअब आर पार होगामधेशी अपना हक लेकर रहेगा।- राजेन्द्र महतो
Posted by Upendra Mahato on Saturday, December 26, 2015


प्रहरीसँगको झडपमा राजेन्द्र महतो घाइते
बिराटनगर-जोवनी नाका थुन्न गएका राजेन्द्र महतो यसरी कुटिए http://bit.ly/1R125Xk
Posted by Annapurna Post on Saturday, December 26, 2015


No comments: