Wednesday, December 30, 2015

हिंसा समाधान होइन, समस्या हो: मधेस आंदोलन सन्दर्भ

Mohandas K. Gandhi
Mohandas K. Gandhi (Photo credit: Wikipedia)
कुनै पनि परिस्थिति मा र प्रत्येक परिस्थितिमा हिंसा समस्या हो। अधिकार आंदोलन ले जुन सुकै परिस्थिति मा अहिंसा को बाटो मात्र हिड्नु पर्छ। लाठी जुलुस त मधेसमा गम्छा र लाठी सांस्कृतिक पहिचान जस्तो हो। तर त्यो लाठी पनि गम्छा जस्तो मात्र हो। मधेसी मेला ठेला जाँदा लाठी बोकेर हिड्छ। त्यसलाई आंदोलनकारी ले हथियार को रुपमा प्रयोग गर्नु हुँदैन।

गांधी ले पहिल्याएको अहिंसाको बाटो एटम बम भन्दा शक्तिशाली हो। अहिंसा को बाटो भनेको राजनीतिक चेतना को बाटो हो। जनता आंदोलन मा उत्रिएन भनेको राजनीतिक चेतना को कमी भो भन्ने हुन्छ। जुन कमी मधेस आंदोलन मा छैन।

मधेस आंदोलन ले दिल्ली बेइजिंग युरोप अमेरिका सबै तिर जितिसक्यो। मधेस कब्ज़ा भैसक्यो। अब काठमाण्डु मात्र ढलन बाँकी छ। हामी यहाँ सम्म आइपुगेको नै अहिंसा ले गर्दा हो। हिंसा को बाटो हिडेको भए हामी लाई दुनिया त होइन सीतामढी चाहिँ पुर्याउँथ्यो। हथियारधारी त लुक्छ। आम जनता भागेर सीतामढी पुग्ने मात्र हुन्छ। अहिंसा को आंदोलन को ५० शहीद ले दुनिया हल्लाएको छ। हिंसाको बाटो को ५,००० मृत्यु ले पनि त्यहाँ पुर्याउन सक्दैन।

हिंसा को बाटो कस्तो हो भन्दा जुन बच्चा को नवारण गर्नु छ त्यसै बच्चा लाई बलि दिन्छु भने जस्तो हो। Makes zero sense.

आवेग मा आउने क्षण हरु हुन्छन्। म आफै त्यसको भुक्तभोगी छु। तर त्यो उर्जा लाई अहिंसा को बाटो मा नै लगाउनु पर्छ। त्यस लाई ईंधन बनाउनु पर्छ। यो विजय निकट पुगिसकेको आंदोलन हो। सबै ले संयमित भाषा बोल्नु जरुरी छ। हिंसाको भाषा बोल्नु भनेको मधेस आंदोलन किन, के का लागि र कसरी भन्ने नबुझ्नु हो। हिंसा को भाषा ले मंजिल दुर पुर्याउँछ।

लाठीले मधेशको माग सम्बोधन नगरे बन्दुकले गर्ने महतोको चेतावनी
सिरहा–संघिय समाजवादी फोरम नेपालका सभासद डा. वीरेन्द्र महतोले लाठीले मधेशको आन्दोलन सम्बोधन नभए बन्दुकले सम्बोधन गराउने चेतावनी दिएका छन् । ..... संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पुर्व घोषित कार्यक्रम अनुसार सिरहा सदरमुकाममा बुधबार लाठि जुलुस प्रदर्शनपछि आयोजित सभालाई सम्बोधान गर्दै उनले सो चेतावनी दिएका हुन् । महतोले शान्तिपुर्ण आन्दोलन र लाठि जुलुस लगायतका विभिन्न बिरोधका कार्यक्रमबाट मधेशको माग सम्बोधन नभए मधेशी जनता बन्दुक लिएर अधिकार लिन तयार भएको बताए । मधेशको माग दिलाउनका लागि एक सय मात्र नभएर हजारौं मधेशी अधिकारका लागि मर्न तयार भएको भन्दै उनले अब अधिकार लिएरै छाड्ने उद्घोष गरे । ....... कार्यक्रममा सम्बोधन गर्दै महतोले सुरक्षामा खटिएका सुरक्षाकर्मी तर्फ इसारा गर्दै भने, ‘मधेशीको जायज माग सम्बोधन भए र विगतका दिनमा समेत मधेशीलाई समान रुपमा हेरेको भए टोपीको छोराको स्थानमा मधेशका धोती र लगौटा वालाको छोरा सुरक्षामा कार्यरत अहिले हुन्थ्यो । तर, पहाडी समुदायका केहि नेताहरुले मधेश र तराई मधेशमा बसोवास गर्ने मधेशीलाई सधै दोस्रो दर्जाको नागरीकको रुपमा हेरेकाले अहिले आन्दोलनको आवश्यकता भएको छ ।’ संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सान्तिपुर्ण आन्दोलनलाई विभिन्न नामहरु दिएर अधिकारको आन्दोलनलाई बदनाम गर्न खोजिएको समेत उनले गुनासो गरे । ययैबीच मधेशी मोर्चाद्वारा गरिएको आन्दोलनमा तोडफोड र आगजनी हुन थालेपछि स्थानीय प्रशासनले सिरहाको पूर्व पश्चिम सडकको पाँच सय मिटर दायाँ वायँ क्षेत्रमा लगाएको निषेधाज्ञा यथाबत नै रहेको छ ।

No comments: