Friday, December 25, 2015

सानो मधेसी मोर्चा: पार्टी एकीकरण

सानो मधेसी मोर्चा का चार पार्टी हरुको एकीकरण गर्न किन मिल्दैन?

  • नेपाल सद्भावना पार्टी 
  • राष्ट्रीय समाजवादी मधेस पार्टी 
  • मधेसी जनाधिकार फोरम (गणतांत्रिक)
  • तराई मधेस राष्ट्रिय अभियान 
एजेंडा एक अर्काको फोटोकापी छ। पर्सनालिटी क्लैश भनौं त चार नेता एउटै स्टेज मा बसेको देखिन्छ। भने पछि? एजेंडा एक अर्काको फोटोकापी भएका पार्टी हरु छुट्टा छुट्टै रहेकोले संगठन विस्तार गर्न गार्हो भएको हो। 

मधेस सद्भावना फोरम नाम ले चार वटै को नाम बाट कमसेकम एउटा शब्द समेटने हुन्छ। मधेसमा हुनुपर्ने ठुलो मधेसी मोर्चा का नेताहरु काठमाण्डु का कॉकटेल सर्किट हरुमा व्यस्त भएकोले र राजेंद्र नाकाबंदी स्पेशलिस्ट नाका मा व्यस्त रहेकोले एउटा गैप छ, मधेसमा कार्यक्रम गर्दै हिड्नुपर्ने स्पेस छ। जुन कि सानो मोर्चाले पुरा गर्दैछ। 

एकीकरण ले राम्रो सन्देश जान्थ्यो। आंदोलन लाई उर्जा मिल्थ्यो। 

एकीकृत पार्टी लाई ठुलो मधेसी मोर्चा को पाँचौं पार्टी बनाउन पनि सजिलो। 




No comments: