Friday, December 18, 2015

In The News (35)



प्रधानमन्त्रीको अभिव्यक्ति मान्छेको जस्तो लागेन : ठाकुर
पत्रकार सम्मेलनमा बोल्दै ठाकुरले प्रधानमन्त्रीको नाम नलिइ उनको बोली ‘मान्छेको जस्तो नभएको’ बताए । ...... ओलीले हिजो गोरखाको बारपाकमा बोल्दै मोर्चाको आन्दोलनलाई जनवार प्रवृत्तिको बताएका थिए ।
चुनावमा हारको क्षतिपुर्ति असुल्न आन्दोलन गरियो : पौडेल
‘मधेसीले खोजेजस्तो २ नम्बर प्रदेश पाएका छन् तर त्यहीं आन्दोलन हुनु आश्चर्यजनक छ,’ उनले भने । ..... पौडेलले जनता र नेताबीच संवाद टुट्दा मुलुकले विश्वकै उत्कृष्ट संविधान पाए पनि असन्तुष्टि बढेको बताएका छन् । मोरङ कांग्रेसले शुक्रबार आयोजना गरेको ‘कस्तो बन्यो संविधान, सदभाव र एकताको अभियान’ विषयक अन्र्तक्रियामा पौडेलले नेताहरु सदरमुकाम, केन्द्र र सत्तामा केन्द्रित रहँदा जनतासँगको संवाद टुट्न पुग्दा संविधान आलोचित बनेको बताए । ..... ‘नेताहरुले समयमै गाउँगाउँमा गएर संविधान बारे जनतालाई जानकारी गराएको भए मुलुकले अहिलेको स्थिती भोग्नु पर्ने थिएन ।’ ..... राज्यको पुर्नसंरचना होइन अब चरित्रको पुर्नसंरचना आवश्यक रहेको पौडेलको जिकिर थियो । ‘जबसम्म नेता र कार्यकर्ताहरुको चरित्रमा पुर्नसंरचना हँुदैन तबसम्म जस्तोसुकै राम्रो काम भए पनि विवाद र असन्तुष्टि आइरहन्छ,’ पौडेलले भने । ..... कम्युनिष्ट र कांग्रेसमा मधेसलाई हेर्ने दृष्टिकोण फरक भएको उल्लेख गर्दै पौडेलले कांग्रेसले प्रधानमन्त्रीमा उम्मेदवार दिएर मधेस र कांग्रेसको सम्बन्ध मजबुद गरेका दावी गरे । पौडेलले कम्युनिष्टहरु छिटो निर्णय गरेर पछुताउने र कांग्रेस अनिर्णयको बन्धक बन्दै आएको बताए ।
सप्तकोसीमा नयाँ ब्यारेज बन्ने
सप्तकोसी नदीमा पाँचवर्ष भित्र नयाँ ब्यारेज निर्माण हुने भएको छ । ..... सुनसरीको चतरा ..... सुनसरी र मोरङ सहित सप्तरी, सिरहा र उदयपुर जिल्लाका खेतमा सिंचाई सुबिधा पुर्‍याउने उदेश्यले नयाँ ब्यारेज निर्माणको काम अगाडि बढाईएको बताए । कुल ८ अर्बको लगानीमा व्यारेज निर्माण गरिने भएको छ ।
वार्ता अब मधेसमा: मोर्चा
मधेसी मोर्चाद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा
आन्दोलनको कार्यक्रममा छैन नाका र राजमार्ग अवरोध
मधेसी मोर्चाले काठमाडौंमा १५ भन्दा बढी पटक भएका वार्ता असफल भएको भन्दै अब मधेसमै हुनुपर्ने माग गरेको छ ...... 'काठमाडौंमा वार्ता सफल नहुने बुझेर हाम्रा धेरै साथी मधेस झरिसकेका छन्, हामी पनि मधेस नै जाँदैछौं,' ठाकुरले भने, 'सरकार र ठूला दललाई वार्ता गर्ने इच्छा भए उतै आऊन् ।' ..... ओलीले गोरखामा 'मोर्चाको गतिविधि जनावरको जस्तो' भनी दिएको अभिव्यक्तिप्रति ....... पुस दोस्रो सातासम्मका लागि आन्दोलनको कार्यक्रम थप गरेको छ । सीमानाका धर्ना, राजमार्ग अवरोधलगायत पुराना कार्यक्रम यथावत् रहने बताइएको छ । आइतबार जिल्ला सदरमुकाममा संविधान संशोधन विधेयक जलाउने, पुस ७ गते नगर र गाउँ केन्दि्रत मसाल जुलुस गर्ने, ११ गते सदरमुकाममा लाठी जुलुस निकाल्नेलगायत कार्यक्रम छन् । मन्त्री, सांसदलगायत सरकारी प्रतिनिधिलाई मधेस भ्रमणमा रोक लगाउने र सरकार समर्थित कार्यक्रम अवरुद्ध पार्नेसमेत मोर्चाको विज्ञप्तिमा उल्लेख छ । ..... 'समानुपातिक/समावेशीकरणको मान्यता विकृत तुल्याई १७ वटा क्लस्टर बनाउने तथा एकात्मक राज्यलाई निरन्तरता दिने षडयन्त्रस्वरूप संघीय राज्यलाई प्रदेशहरूको संघ बनाउने मान्यताविपरीत ७५ जिल्लालाई नै आधार बनाई सिट विभाजन गर्ने प्रस्ताव अघि सारियो ।


वार्ताबाट नभए कानुनले समस्या समाधान गर्ने प्रधानमन्त्रीको चेतावनी
ओलीले वार्ताबाट समस्याको समाधान नभए सरकारले संबिधान र कानुन बमोजिम मधेसमा भएको आन्दोलनबाट उत्पन्न असहज अवस्थालाई सहज बनाउने बताएका छन् । ... कैलालीको अत्तरियामा नेकपा एमालेले आयोजना गरेको बृहत जनसभालाई सम्वोधन गर्दै उनले सरकारले वार्ताबाटै समाधानको बाटो खोजिरहेको दावी गरे । ..... 'वार्ताबाट समस्या समाधान हुँदैन, परिस्थिति सहज बन्दैन भने के गर्ने ?,' प्रधानमन्त्री ओलीले भने 'सरकराले जसरीपनि सहज परिस्थिति निर्माण गर्नैपर्छ र गर्छ ।' उनले देशद्रोहीको रुपमा नेपाली जनतालाई दुःख दिने असहज स्थितिको निर्माण गर्ने कसैलाई अधिकार नभएको बताए । उनले त्यस्तालाई संविधान, कानुन र नियम बमोजिम नियन्त्रण गरिने चेतावनी दिए ।

No comments: