आरक्षण को वैज्ञानिक फोर्मुला के हुन सक्छ?

आरक्षण को वैज्ञानिक फोर्मुला के हुन सक्छ?

लालु को भुराबाल र नेपाल

  • पहिलो कुरा त जारी मधेस आंदोलन ले भने जस्तो राज्य को लक्ष्य समानुपातिक समावेशी भन्ने हुनुपर्यो। 
  • त्यस पछि को कुरा हो आरक्षण जुन कि अहिले छ। ५१% खुला प्रतिस्प्रधा, ४९% आरक्षण। 
  • त्यो फोर्मुला भर्ना मा मात्र होइन पदोन्नति मा पनि हुनुपर्छ। 
  • त्यो फोर्मुला वैज्ञानिक हुनुपर्छ। 
  • जुन समुह को अहिले नै समानुपातिक समावेशी या त्योभन्दा बढ़ी छ उसले आरक्षण मा पाउने भएन तर खुला प्रतिस्प्रधा को बाटो आइरहने भो। 
  • मधेसको भुमिहार, बाभन, राजपुत, लाला ले अहिले नै पर्याप्त पाएको छ भने आरक्षण मा पाउँदैन। पहाड़को बाहुन क्षेत्री ले अहिले नै पर्याप्त पाएको छ भने आरक्षण मा पाउँदैन। यो भन्नुपर्ने कुरा नै होइन। 
  • बरु जुन समुह जति पछाडि छ उसले त्यति बढ़ी पाउने गर्नु पर्छ। जस्तो की मधेस को दलित र मुसलमान को हकमा त्यो लागु हुन्छ। त्यही समुह फेरि भनौं २० वा ३० वर्ष पछि समानुपातिक समावेशी सम्म पुग्यो भने स्वतः उसको आरक्षण खारेज हुन्छ। र अंततः देश १००% खुला प्रतिस्प्रधा को युगमा पुग्छ। अथवा ९०% खुला, १०% आरक्षण गर्न सकिन्छ। 
  • आरक्षण भनेको डाक्टर को पद मा कम्पाउंडर राख्ने भनेको हुँदै होइन। जुन पद हो त्यसको योग्यता पुगेको व्यक्ति हुनुपर्छ आरक्षण को सीट पाउन। 
  • भने पछि कोटा कसरी छुट्याउने? खस, सनातनी, दलित, मधेसी, जनजाति, महिला, मुसलमान। ती शायद मुख्य समुह हुन्छन्। त्यस पछि ती अंतर्गत का उप समुह हरुको लिस्ट बनाउनु पर्ने भो। जस्तो कि महिला भित्र नै पनि खस, सनातनी, दलित, मधेसी, जनजाति, मुसलमान छुट्टिन्छ। दलित भित्र पहाड़ी दलित मधेसी दलित छुट्टिन्छ। मधेसी दलित भित्र मुसहर, दुसाद, खतबे, चमार, डोम छुट्टिन्छ। 
  • मुसहर को सहभागिता आफ्नो संख्या को २% पनि छैन होला। त्यसलाई १००% पुर्याउने लक्ष्य हो। 
  • आरक्षण poverty alleviation program होइन। आरक्षण भनेको समुदाय को सशक्तिकरण का लागि हो। 


Comments

Popular posts from this blog

फोरम र राजपा बीच एकीकरण: किन र कसरी?

नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब

फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार