Friday, December 18, 2015

In The News (34)

मधेशी मोर्चाद्धारा फेरि बन्द आह्वान
रुपन्देहीमा मोर्चा धेरै नरम भएर गएको र मोर्चाको यो नर्मीलाई कालोबजारी गर्नेहरुले कमजोरी ठानेकोले नवलपरासी लगायत अन्य स्थानमा तेल कारोबारीलाई गरिएको कार्यवाही यहा पनि गर्न बाध्य भएको उनले चेतावनी दिए । मोर्चाका नेताहरु सीमामा शान्तीपूर्ण रुपमा धर्ना दिन जादा प्रहरीले हिरासतमा लिएको बताउदै उनले यसको पनि शशक्त प्रतिरोध गरिने बताए । ..... अबको आन्दोलन निर्णायक र अन्तिम धक्का दिने खालको हुनाले रुपन्देहीको शहरी क्षेत्रमा आन्दोलन केन्द्रित गर्ने मोर्चाको भनाई छ । मोर्चाका घटक सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओम प्रकाश यादव (गुल्जारी) ले संसोधन संसोधन गरि लिपिवद्ध नगरे सम्म आन्दोलन नरोकिने बताए ।
मोर्चाद्वारा भोलि देखि अनिश्चितकालीन बन्दको आह्वान
मोर्चाका संयोजक महेन्द्र यादवले अबको आन्दोलन यस अघि भन्दा पनि शशक्त हुने जानकारी दिए । अव सीमा नाकामा पनि प्रतिकार सहित धर्ना बसिने उनले बताएका छन् । .... अवको आन्दोलन निर्णायक हुने र सीमा तथा शहर कन्द्रित हुने मोर्चाले जनाएको छ ।


हाम्रा चेलीबेटीको लागि मधेश आन्दोलनलाई सहयोग गर्छौं- भारतीय पूर्वमन्त्री रघुबंश सिंह
भारतका पूर्वमन्त्री एवै बिहारको सत्तारुढ दल जनता दल युनाइटेडका बरिष्ठ नेता रघुबंश सिंहले मधेशको आन्दोलनलाई आफूहरुले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका छन् । ..... भारतमा पनि मधेश आन्दोलनलाई सहयोग र समर्थन जनाउनका लागि अभियान चलाएका बरिष्ठ नेता सिंहले महोत्तरीको मूख्य नाका भिठामोर र सम्सीसँगै जोडिएको भारतीय बजार बेला मछपकौनीमा आयोजित नेपाल भारत मैत्री यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ..... मधेश र मधेशी जनताले शुरु गरेको आन्दोलनलाई अझै बढी समर्थन र सहयोग गर्नका लागि यात्रा पनि शुरु गरेको उनले बताए । सिंहले नेपालको मधेशी माथि राज्यद्वारा चरम विभेद भइरहेको र यस विभेदलाई अन्त्य गर्न भारतले हदैसम्म सहयोग गर्ने प्रतिबद्धता प्रकट गरे । .... ‘खसवादी सरकार जानी जानी तराई मधेशमा बस्ने लाखौ भारतीय चेलीहरुलाई नागरिकता र देशको संवैधानिक अंगबाट बञ्चित गरेर हाम्रो सम्बन्ध बिगार्न खोजेकोले हामी चुप लागेर बस्दैनौं, उनले अगाडी भने,

‘आफ्नै चेलीबेटीका लागि पनि हामी मधेशीलाई सहयोग गर्नेछौं’ ।

..... सिंहले नेपाल भारत सिमाको १८ सय किलो मिटर दक्षिण बंगाल देखि उत्तराखण्ड सम्म मधेश आन्दोलनलाई सहयोग गर्न भारतीय जनतालाई आग्रह समेत गरे । ....... कार्यक्रममा सदभावना पार्टीका केन्द्रिय सह महासचिव देवेन्द्र यादव ईतिहासविद रामचरित्र अग्रवाल भारती नेताहरु नागेन्द्र सिंह डा.ब्रजेश शर्मा, सितामढीका विधायक सुनिल कुमार कुशवाहा लगायतकाले मधेश आन्दोलन जायज रहेको र यसलाई भारतले हर सम्भव सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
कमल थापालाई भारतको शर्तः भनेको बेला ओलीको साथ छोड्नु पर्छ !
प्रधानमन्त्री निर्वाचित हुँदा ओलीले ३ सय ३८ मत ल्याएका थिए । जबकि, राष्ट्रपति निर्वाचनमा आउँदासम्म सत्तारुढ गठबन्धनको उक्त मत घटेर ३ सय २७ मा सीमित भइसकेको छ । कमल थापासँग मात्रै २५ मत छ भने विजय गच्छदारका १३ मत पनि दक्षिणबाट हावा बगेकै दिशामा बगिहाल्छन् भन्नेमा शंका छैन् । अनि सरकारमा उपप्रधानमन्त्रीसमेत माग गरेर मन्त्रीसम्म बन्न नपाएको राप्रपाका ११ मत पनि एमालेलाई भन्दा कांग्रेसका लागि सहज छन् । .... ‘कांग्रेसमा विवाद हुने होइन र सुशील कोइरालाको साटो शेरबहादुर देउवा उम्मेदवार बन्ने हो भने एक सातामै नयाँ सरकार बन्ने मत तयार भइसकेको छ ।’ तर, प्रधानमन्त्रीमा उम्मेदवार बनेर लज्जास्पद पराजय भोगेका कोइरालाले कुनै हालतमा देउवालाई नमान्ने भएका कारण नयाँ सरकारका लागि कांग्रेसको महाधिवेशनसम्म कुर्ने सोच देखिएको छ ।
दिल्लीबाट फर्केपछि ओली र कमल थापाको टकराव !
छिमेकीप्रति मोदीको गुनासो- राम्रो सम्बन्ध बनाउन खोज्दा पनि भएन
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका छिमेकीहरु अफ्ठेरा भएको भन्दै राम्रो सम्बन्ध राख्न चाहेपनि हुन नसकेको बताएका छन् । ..... कोचीमा आयोजित सुरक्षा निकायका उच्च कमाण्डरको संयुक्त कन्फरेन्समा मोदीले यस्तो बताएका हुन् । ...... मोदीले खासगरी पाकिस्तानलाई यस्तो छिमेकीकोरुपमा राखेपनि नेपालसँग पछिल्लो समयमा विग्रिएको सम्बन्धबारे पनि चिन्तित रहेको अनुमान गरिएको छ । ..... चीनसँग भारतले राम्रो सम्बन्ध बनाएर आर्थिक साझेदारी गर्न खोजिरहेको मोदीको भनाइ छ ।
नाकावन्दी भारत, मधेस आन्दोलन र संविधानसँग जोडिएको विषय हो- अमरेश कुमार सिंह
संसदमा एकजना मात्र उठेर असन्तुष्टि जनाउँदा पनि संसदमा अवरोधको अवस्थामा मानिन्छ । संविधानसभामा पनि त्यसलाई अवरोध मानिएन ..... अघिल्लो पटक सुवास नेम्वाङ सभामुख थिए । अहिले ओनसरी घर्ती । दुबै कम्युनिष्ट हुन् । त्यसैले दुबै कम्युनिष्ठ सभामुखले मुलुकलाई ‘कम्युनिष्ट कन्ट्री’ बनाउँदै छन् । कम्युनिष्ट कन्ट्री बनाएर संसदीय व्यवस्थालाई समाप्त पार्न लागिएको भनेर अहिले बुद्धिजिविमा छलफलको विषय भएको छ । त्यसको प्रमाण मंगलबारको संसद बैठकमा पनि देखियो । कम्युनिष्टका भाषामा संसद भनेको खसिको मासु झुण्डाएर कुकुरको मासु बेच्ने थलो हो । त्यसैले संसदीय पद्धतीलाई बिकृत बनाउँदै जाने अभ्ययास शुरु भएको छ । यसले लोकतन्त्र र संसदीय व्यवस्थालाई कम्जोर बनाउँछ । ..... संविधान संसोधन विधेयक पारित भए त्यसले मधेसको पुरै समस्या समाधान गर्दैन । केही हदसम्म समाधान हुन सक्छ । किनकी मधेसी मोर्चाले बटम लाईन सिमांकन भनेको छ र त्यसलाई परिमार्जन नगरी नमान्ने बताएको छ । संविधान संसोधनका लागि कांग्रेस नभई हुँदैन । तर कांग्रेस आफैले ल्याएको संसोधन प्रस्ताव पूर्ण छैन । ...... अन्तरिम संविधानमा भएको व्यवस्था नै अहिलेको संविधानमा होस भन्ने चाहन्छ भारत । सिमांकन र निर्वाचन क्षेत्रमा पनि विशेष चासो छ भारतको । अलिहेको सिमांकनका बारेमा हामी कांग्रेस भित्रका मधेसी नेताले पनि कुरा उठायौं । तर सुनिएन । हामीले भनेको मानेको भए अहिलेको यो समस्या आउने थिएन । अलिहेकै सिमांकन सहितको संविधान कार्यान्वयन हुँदैन । ......

अहिलेको संविधान चित्त बुझ्दो भएन भनेर हामीले पार्टी भित्र निक्कै ठूलो श्वरमा कुरा उठायौं तर पार्टीको ह्विपका अघि हामी निरिह भयौं, बाध्य भयौं यो संविधान मान्न ।

संविधान राम्रो भएको भए एक हप्तामै किन संसोधन गर्नु पथ्र्यो र ? जनताभन्दा पार्टी प्यारो त होइन तर पार्टीमा रहन पार्टीको अनुशासन मान्नै पर्दो रहेछ । जनताका कुरा उठाउँदा पार्टीले नै दुई पटक स्पष्टिकरण सोध्यो ।


जन्म नेपालमै भए पनि हाम्रो सबै कर्मक्रिया भारतमै हुन्छ – महेन्द्रराय यादव
त्यहाँ हामी धेरै भ्रममा थियौ, तपाईहरू आएपछि हामीले धेरै कुरा थाहा पायौ । यस्तो अन्तरक्रिया भइरहोस् भन्ने चाहना व्यक्त गर्नुभयो । ...... चन्द्रशेखरलाई बोलाएर काठमाण्डौंको भूमिमा भाषण गर्न लगाउँदाखेरि प्रजातन्त्र आयो, १३ महिनासम्म भारतलाई नाकाबन्दी गर्न लगाउँदा यी दलहरूलाई नाकाबन्दी भएन । ..... वास्तवमा हामी भारत र सरकारबाट चेपुवामा छौं । यो अवस्थामा भारत विरोधी भावना देखिनु भनेको अन्ध राष्ट्रवाद बाहेक अरु केही होइन । यसले मुलुकलाई शान्ति र स्थायीत्व दिँदैन । आफ्नो हित विपरीत काम हुँदा भारतको विरोध गर्ने र हित अनुकुल भएपछि भारतको भजन गाउने जुन पार्टीहरू छन्, तिनीहरूको पछि लागेर हुँदैन । सरकारका प्रतिनिधिले भारतमा बुझाएको पत्रले पनि प्रमाणित गर्छ कि नेपालमा भारत विरोधी कोही छैन । यदि भारतको विरोध गर्ने हो भने खुलेर गर्न सक्नुपर्‍यो नि । हामीसँग सहमती नखोज्ने भारत गएर कागज बुझाउने ? बिरामी नेपालमै छन् भारतमा किन जानुपर्‍यो ? यसको मतलब नेपालका दलहरू सत्ता स्वार्थका लागि जे पनि सम्झौता गर्न तयार छन् । ...... त्यसकारण अब नाकामा अझै कडाई र अवरोध गर्नैपर्छ । हामीले गर्दै आएको राजश्व नबुझाउने जस्ता विरोधका कार्यक्रम जारी नै छ । ढिला भए पनि नाकाबन्दीलाई सशक्त बनाउने काम भइरहेको छ । अब हामी पुनः मधेस जाँदैछौँ । केही साथीहरूले सदनबाट दबाब दिनुहुनेछ । हामी सडकमा हुन्छौं । यो आन्दोलन पहिचान र अधिकारका लागि भएकाले समयमै आन्दोलनको सम्बोधन नगरेको खण्डमा देश द्वन्द्धमा फस्ने निश्चित छ । जुन द्वन्द्वबाट सत्तामा बसेकाहरूको दिनगिन्ती सुरु हुन्छ । ...... नभए यो देशमा कहाँबाट गणतन्त्र, संघीयता आउँथ्यो । सबैको त्यहाँबाट उपचार हुने, बस्ने, सारा चिज त्यही भारतीय भूमिबाट भइरहेको छ । त्यसकारण हामीले स्वभाविक रूपमा रोटी– बेटीको सम्बन्ध समेत भएको नाताले हामी गयौ ।

अझ हामीसँग भन्दा यो देशका पहाडी मुलका बासिन्दाहरूको राम्रो सम्बन्ध छ ।

....... भ्रमणको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएन । त्यसलाई विभिन्न सञ्चारमाध्यमले मोदीले तपाईहरूलाई वास्तै गरेन भनेर टिप्पणी गरे नि ?......... (हास्दै…) यो कुरा बुझ्नेले राम्रोसँग बुझोस् । वास्तविक कुरा

हामी आफैले भेट्न चाहेनौँ ।

जो–जो भेट्नु आवश्यक थियो, हामीले उहाँहरूलाई भेट्यौ । नेपाल सरकारका प्रतिनिधीले त्यहाँका प्रधानमन्त्रीसँग भेटेको भए पनि हामीले भेट्नु आवश्यक थियो । जहाँ जहाँ नेपालका मन्त्री गएर भ्रम छरेका छन् त्यहाँ–त्यहाँ गएर हामीले भ्रम चिर्‍यौं । काठमाण्डौं र पत्रकारको बुझाई गलत छ । ......... वार्ताप्रति सरकार गम्भिर देखिँदैन । हामीले पहिले पनि सरकारलाई ११ बुँदे प्रति साझा धारणा ल्याउन भनेका छौँ । तर उहाँहरूले गम्भिर रूपमा धारणा ल्याउनुभएको छैन । वार्ताको नाममा सरकारले केवल नाटक र नौटंकी मात्रै गरिरहेको छ । ....... सरकारले जुन दिनसम्म गम्भिर भएर आफ्नो धारणा ल्याउँदैन तबसम्म हामी वार्तामै रहन्छौं । ....... मंसिर १७ गते मात्रै सर्लाहीमा २ लाख जनता आएकै हो । कसरी खुकुलो र कमजोर भयो आन्दोलन ? सबैतिर कार्यक्रम जारी छ । अहिलेको कार्यक्रम पहाड केन्द्रित छ । .....

आन्दोलन झन् चर्किदै छ । देशका जनजाति, थारु, मधेसी एक भएर उठ्दै छ ।

देशका २०÷२५ प्रतिशत जातिले एकल जात्तीय शासन चलाउन पाइने छैन । आन्दोलन नयाँ दिशातिर गइरहेको छ । .... हामीले विगतमा अरुका लागि लड्यौं अब हाम्रो लागि लड्ने बेला आयो भन्ने भावना सबैमा जागेको छ । त्यसैले मधेसमा ५ वर्षका बच्चादेखि लिएर सबै अधिकारको आन्दोलनमा छन् । तसर्थ आन्दोलन माटो र जमिनसम्म गइसकेको छ । बुढादेखि पाकासम्म आन्दोलन सशक्त बनाउने वालामा छन् । यो आन्दोलन जाति वा क्षेत्र विरोध विरुद्धका नभई एकताका लागि हो । हाम्रो चिन्ताको विषय भनेकै

मधेसका अधिकार र मधेसीलाई अधिकारविहिन बनाउने पहाडिया नभई मधेसी नै हुन् । मधेसका नाममा भोट लिएकाहरूले संविधानमा हस्ताक्षर गरे । ती सांसद्हरूले नै मधेसप्रति गद्धारी गरे । समस्या यहीनेर छ कि मधेसका सांसद्हरू नै मधेस विरोधी हुन् । अहिले पनि उहाँहरूले राजीनामा दिएर आन्दोलनमा आउनुभयो भने २४ घण्टाभित्र समस्या समाधान हुन्छ ।

........ मधेसी जनताको चाहना पनि मोर्चा नटुटोस् र तपाईहरू एक ठाउँमा रहनुस् भन्ने नै छ । सबै आग्रहलाई मध्यनजर गर्दै हामी अघि बढ्छौ । ..... हामी जनजाति र थारुसँग पनि सहकार्य गर्दै अघि बढिरहेका छौं । .......

समस्यालाई गम्भिर रूपमा नलिने हो भने आन्दोलन १५ औं वर्षसम्म जारी रहन्छ ।

....... चारबुँदे हामीलाई थाहा छैन । हामीलाई ११ बुँदे मात्रै थाहा छ । ..... समस्या दिल्लीमा छैन । रोगी हामी यहाँ छौं । बिरामी यहाँ छन् उपचार दिल्लीमा खोजेर हुन्छ ? ...... हिजो पनि मधेसलाई अलग देश बनाउने हाम्रो चाहना थिएन, आज पनि छैन र भोलि पनि रहने छैन । यदि हामीलाई अधिकार र अंश दिएन भने सरकारविरुद्ध हामी अन्तर्राष्ट्रिय अदालतसम्म जान्छौ ।
एमालेका रुपन्देही जिल्ला कमिटी सदस्य सहित १ हजार ३ सयद्वारा पार्टी परित्याग
एमालेबाट १३ सय जनाद्वारा सामूहिक राजीनामा, मधेश आन्दोलनमा लाग्ने प्रतिबद्धता

No comments: