Saturday, December 19, 2015

सम्पुर्ण देशको राजधानी वीरगंज हुनुपर्छ

एक मधेस दो प्रदेश मा जाँदा एउटा जनकपुर एउटा नेपालगन्ज हुन्छ तर सम्पुर्ण देशको राजधानी वीरगंज हुनुपर्छ। काठमाण्डु को क्षमता छैन। थियो। सकियो।
  • काठमाण्डु मा मेट्रो रेल बनाउन सकिँदैन। मेट्रो रेल बिना महानगर बन्दैन। 
  • काठमाण्डु हाउस फुल भैसक्यो। काठमाण्डु अब अरु फैलिन सक्दैन। 
  • काठमाण्डु उपत्यका भएको ले सब धुँवा त्यहीँ जम्मा भएर साँस फेर्न नसक्ने भैसक्यो। 
  • मधेसी देशको नया सत्ता वर्ग बन्न चाहन्छ। त्यसका लागि वीरगंज बढ़ी उपयुक्त ठाउँ हो। 
  • दुई वटा जिल्ला छोप्ने किसिमले एउटै नया महानगर बनाउन सकिन्छ, देशको जनसंख्या एक तिहाई आएर बस्न मिल्ने गरी। किन जाने मलेशिया कतार? किन जाने भारत पाले बन्न? महानगर को नाम नया राख्न सकिन्छ: हिपत। अर्थात हिमाल पहाड़ तराई कोही छैन पराइ। 
  • काठमाण्डु मा त्यो अन्तर्राष्ट्रिय विमानस्थल होइन त्यो। भनिन्छ तर होइन। 
  • नेपाल लाई चीन सँग जोड्ने सबभन्दा राम्रो बाटो हो जनकपुर-कोलकाता-कुन्मिंग। चीन को अर्थतंत्र त्यहाँ पो छ। तिब्बत त पर्यटन हो। 
  • देशको राजस्व ८०% संकलन हुन्छ वीरगंज मा। नुनको सोझो। जसले तलब ख्वाउँछ उसले राजधानी पाऊँछ। 
  • चीनले Special Economic Zone बनाई दिन सक्छ। 

No comments: