Monday, December 21, 2015

मधेसको बुहारी देशको प्रधान मंत्री बन्ने कुरा

यो कुरा नेपाल भारतको अद्वितीय सम्बन्ध को सन्दर्भमा हेर्नु पर्ने छ। यस्तो दुनियामा अरु कहीं पनि छैन। हुनुपर्ने तर छैन। यो चाहिँ केन्याको मान्छे अमेरिका गएर बिहे गरे जस्तो होइन। मधेसको मान्छे ले "international marriage" गरेको होइन। त्यो विदेश हुँदै होइन। बिहेबारी हुने गरेको लाखौं वर्ष भयो। नेपाल देश पैदा भयो आज। यो इंस्पेक्टर ले DIG थर्काउन खोजे जस्तो भो।

मधेसको बुहारी देशको प्रधान मंत्री बन्ने कुरा। नागरिक हो त। अनि किन नपाउने? यो लोकतंत्र माथि प्रहार हो। लोकतंत्र भनेकै सबै नागरिक बराबर हुने व्यवस्था हो। यो महिला माथि प्रहार हो। जसका बारे पहाड़ी महिलावादी ले बोल्दैनन्। र यो मधेसी माथि प्रहार हो। तिम्रो बुहारी लाई दोस्रो दर्जा को बनाउँछु। मानने भये मान होइन भने गोली प्रहार। यो फ़ासिस्ट सोंच। आजका दिनमा।

लोकतंत्र मा तर जनता ले निर्णय गर्छ। यदि जनतालाई देशमा नजन्मेको मान्छे उपयुक्त भएन जस्तो लाग्यो भने गोप्य मतदान हो आखिर वोट नदिए भो। जस्तै अहिले गोल्छा समाचार मा आउनु भएको छ। सांसद हो त्यो पनि मनोनीत। नाम लक्ष्मी भएको ले मनोनित गरेको होला। What's in a name भन्ने शकेस्पीयर को यहाँ फेल खायो।

अंगीकृत मा अरु कोही मैले देखिराखेको छैन अहिले। भने पछि संभावना नै छैन। केही गरी गोलछा प्र म को दावेदार हुनु भो भने। त्यो त कहिले कहिले। एमाले ले संसदीय दल को नेता कहिले बनाउने? विद्या लाई त बनाएन सरस्वती लाई लक्ष्मी लाई त कहिले कहिले। भने पछि नेपाल को राजनीति मा मधेस को बुहारी प्रधान मंत्री बन्ने कुनै छाँटकाँट नहुँदा त यसलाई यत्रो ठुलो मुद्दा बनाइएको छ भने यहाँ कुरा अर्कै छ। यो मधेस को बुहारी को मुद्दा हुँदै होइन। यो मुद्दा मधेस को वंशज पुरुष को हो। तिम्रो बुहारी को अपमान गर्छु। तिमी सहेर देखाउ भनेको पुरुष लाई। यानि कि त्यसले सह्यो कि त्यो वंशज मधेसी पुरुष देशको प्रधान मंत्री नबन्ने गारंटी भो। स्पाइन नभएको मान्छे पनि प्रधान मंत्री बन्छ? भने पछि यो वंशज मधेसी पुरुष को ढाड भाँच्न खोजेको हो। छोरी कुटेर बुहारी तर्साउने भन्थे। यहाँ चाहिँ बुहारी कुटेर ससुरा तर्साउने काम भइराखेको छ।

बरु कानुन बनाउनै परे दिमाग नभएको अथवा स्क्रु टाइट नभएको मान्छे प्र म बन्न नपाउने कानुन चाहिने हो कि? यो ओली ले देशलाई गरेको क्षति को हिसाबकिताब गर्न ठ्याक्कै २० वर्ष लाग्छ।


No comments: