मधेश अलग देश र राजनीतिक बोर्डर र Geopolitics को कुरा

Mohandas K. Gandhi
Mohandas K. Gandhi (Photo credit: Wikipedia)

  • नेपाल, भारत, भुटान, बंगलादेश ले चार देश बीच आर्थिक एकीकरण गर्ने निर्णय गरेर कागज सही गरिसकेको अवस्था छ। यो युरोप मा भएको मॉडल हो। यसरी एका तर्फ आर्थिक एकीकरण को macro reality ले त्यहाँ भित्र कुनै अलग देश को संभावना लाई धेरै मत्थर पार्छ। 
  • तर त्यसको अर्को पक्ष छ। चेकोस्लोवाकिया युरोपियन यूनियन को छाता मुनि झन सजिलो सँग एक बाट दुई देश बन्यो। आर्थिक क्रियाकलाप अधिकांश युरोप लेवल मा भए पछि राजनीतिक पहिचान मात्र इशू देखियो। एक अर्का सँग negotiate गरेरै अलग भए। 
  • विश्व ५० बाट २०० बढ़ी देश संख्या मा पुगिसक्यो सन १९५० यता मात्र। 
  • चीन र भारत सँग धेरै सम्बंधित कुरा होइन पनि। भारत पाकिस्तान अथवा पाकिस्तान बंगलादेश हुँदा न भारत न चीन को बॉर्डर बदलियो। 
  • मुख्य कुरा बोर्डर को होइन राजनीतिक मुद्दा को हो। एक व्यक्ति एक मत का आधारमा न्यायपूर्ण राजनीति खोजेको हो मधेसले। त्यही राजनीतिक मुद्दा पहाडका जनजाति को पनि छ। मधेस अलग देश बन्ने हो भने पनि तिनै मुद्दा त्यस देश भित्र पनि रहने र सुल्झाउनु पर्ने हुन्छ। 
  • राजनीतिक मुद्दा नसुल्झाइ दुई देश बने पनि ती दुबै देशमा त्यही राजनीतिक मुद्दा बाँकी नै रहन्छ। भने पछि चुनौती बोर्डर हो कि राजनीतिक मुद्दा?
  • यो श्री लंका जस्तो होइन। मधेसी र जनजाति मिलाएर दुई तिहाई छन नेपालमा। श्री लंका मा तामिल १२% हो। 
  • भने पछि मुख्य मुद्दा राजनीतिक मुद्दा नै हो र त्यसको सबै भन्दा राम्रो समाधान देश भित्र नै छ। अहिंसा को बाटो नै हो। शान्तिपूर्ण संघर्ष को बाटो नै हो। 
  • तर there are many moving parts on both sides. दुई व्यक्ति बीच खेलिएको खेल होइन यो। 
  • मधेसी ले न्याय र समानता खोजेको हो। त्यस का लागि संख्या र शक्ति नचाहिनु पर्ने हो। 
  • अहिंसा को बाटो राजनीतिक चेतना सँग सम्बन्धित छ। अहिंसा को बाटो उच्च बाटो हो। शांतिपूर्ण संघर्ष नै सही बाटो हो। 
  • देशको इतिहास को सबै भन्दा लामो आंदोलन भैसक्यो। सोच्नु पर्ने सत्तामा रहेकाले। 

Comments

Popular posts from this blog

फोरम र राजपा बीच एकीकरण: किन र कसरी?

नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब

फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार