Saturday, October 03, 2015

In The News (8)

ओलीले भने, ‘प्रधानमन्त्रीमा रोक्ने प्रयास भयो’
ओलीले राष्ट्रियता कमजोर पार्न खेल भइरहेको भन्दै तराईलाई पहाडबाट छुट्याउनै पर्ने मागको तात्पर्य पछिल्ला गतिविधिले पुष्टि गरेको बताए । उनले संविधान निर्माण भएको खुशीयाली मनाउन नपाउने स्थिति बन्नु आश्चर्यजनक भएको बताए । ‘हामी नाचगान गर्न चाहन्छौं, बाजागाजा बजाउन चाहन्छौं तर सकिरहेका छैनौं,’ उनले प्रश्न गरे, ‘यो के के भएको हो,

मानव सांग्लाको नाममा माखे सांग्लो निर्माण गरिएको छ ।’

...... संघीयताको सिमाकंनमा समस्या भए संघीय आयोगले गरेको सिफारिसको आधारमा संशोधन गर्न सकिने उनले बताए ।
डेढ वर्ष तयारी गरेर पार्टीत्याग गरेको हुँ: भट्टराई
‘दाहाल र सभामुखले राजीनामा स्वीकृत गर्नुभएको छैन’
‘माओवादीहरु, कांग्रेस, एमाले र स्वतन्त्र व्यक्तिहरु मिलाएर नयाँ पार्टी बनाउँछु,’ उनले भने ।

नयाँ बन्ने पार्टीको आफैंले नेतृत्व गर्ने सम्भावना नरहेको

उनले जानकारी दिए । ‘मैले पार्टी फुटाउन भन्दा पनि नयाँ शक्ति बनाउन खोजेको हो,’ उनले भने, ‘साइनबोर्ड झुण्डाउन मात्रै मलाई पार्टी खोल्नु छैन ।’ ..... पत्नी र छोरीका साथ आएका ... ‘संवैधानिक राजनीतिक तथा संवाद समितिको सभापति भएर दलहरुलाई सहमति गराउन फलामको चिउरा चपाउनु पर्‍यो ।’ प्रधानमन्त्री बन्दा भन्दा संवाद समितिको सभापति बन्न धेरै कठिनाई भोगेको .... ‘मेरो जीवनको सबै भन्दा चुनौतिपूर्ण समय त्यहि थियो’, उनले भने, ‘सभापति भएर ३१ वटा दलका नेताको टाउको मिलाएपछि संविधान बनेको हो ।’ ..... ‘जसरी सामाजिक सञ्जालमा मैले संविधान जलाए र यसको विरोध गरे भनिएको छ, त्यो हुँदै होइन । ....

सत्ताको लागि पर्दा पछाडि लेनदेन भइरहेको

..... ‘एक हप्ता पर्खेर हर्नुहोस्, पदका लागि चाकडी, दलाली र शक्ति केन्द्र धाउने काम कसरी हुन्छ ।’ पदका लागि राष्ट्रवादले विश्राम लिने उनले ठोकुवा गरे ।...... भट्टराईले भने ‘पदका ललिपप देखाएपछि साइकल र टुकी राष्ट्रवादको कुरा गर्नेको स्वर मत्थर हुदैं गएको छ ।’

नक्कली राष्ट्रवादको कुरा गर्नेहरु ठग भएको उनको आरोप थियो । ‘मैले ठगहरुसँग विद्रोह गरेकै हो,’

उनले भने । ..... ‘देशको लागि काम गर्नेको टाउको काट्ने देश हो यो,’ उनले भने, ‘मरेपछि मात्रै महान रहेछ भनेर सम्झिने गरिन्छ ।’..... ‘संविधान बनेपछि राजनीतिक भूकम्प गएको छ’, उनले भने, ‘मधेसी, थारुको आन्दोलन भूकम्प पछिका पराकम्पन हुन् ।’ संविधान घोषणा अघि नै आन्दोलनकारीका माग सम्बोधन गर्न नसक्दा समस्या आएको उनको भनाई थियो । ....

संविधान बन्नु अघि नै मधेसीहरुको माग सम्बोधन भएको भए भारतले हस्तक्षेप गर्ने मौका नपाउने

उनले बताए । ‘असमान सम्बन्ध लादेर भारतले हेप्ने र चेप्ने काम गर्दै आएको छ’, उनले भने, ‘परनिर्भरता हटाउन सकेमात्रै राष्ट्रिय स्वाधिनता हुन्छ ।’ घरभित्रको झगडा मिलाउन नसकेर देश अस्तव्यस्त बनाएको उनको आरोप थियो ।
उपेन्द्रले भने, 'प्रचार होइन, गरेर देखाऊ'
संघीय समाजवादी फोरम नेपालको अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याउने भनिएको संविधान संशोधन प्रस्ताव उसको पुरानै परम्परागत प्रचारबाजी शैली भएको टिप्पणी गरेका छन् । सरकारले वार्ता होस् वा संशोधन प्रस्ताव दुबैमा काम भन्दा बढी प्रचार गरिरहेको उनको आरोप थियो । बाराको कलैयामा मार्चाद्वारा आयोजित बृहद् विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरे । ..... 'सरकारमाथि विश्वास गर्ने आधार छैन, हामी मधेसवादी दलसित विगतमा भएका विभिन्न्ा सम्झौता र प्रदेश निर्धारण तथा सिमांकन आयोगले दिएको प्रतिवेदन अक्षरस कार्यान्वयन गरिदिए वार्ता नगरेपनि हुन्छ ।' ..... 'समानुपातिक समावेशी प्रतिनिधित्व, निर्वाचन क्षेत्र निर्धारणलगायतमा गर्न लागेको संशोधन देखावटी प्रचार हो ।' स्वायत्त मधेस एक प्रदेश नदिएसम्म्ा लडाई जारी रहने उनले बताए । विरोध सभामा पार्टीका महासचिव रामसहाय यादवले सरकारले वार्ता पनि सही ढंगले न गर्ने र माग पुरा पनि नगर्ने मनसायमा रहेको आरोप लगाए । कार्यक्रममा पार्टीका नेता रिजवान अंसारीले वार्ताको औचित्य नभएको बताए ।
दुई वर्षभित्र एक नम्बरको पार्टी बनाउँछौँ : अध्यक्ष दाहाल
बाबुरामको पछि लाग्न सकिँदैन: रायमाझी



मधेशका नायक मेरा साथी
उनको र मेरो मित्रताको चार दशक बितिसकेको छ । चार दशकअघि जनकपुरको ब्रह्मपुरीमा सहिद सरोजप्रसाद कोइरालाको घरमा पहिलोपटक हाम्रो भेट भएको थियो । उनी रामस्वरूप रामसागर कलेजका प्रतिभाशाली विद्यार्थी थिए । नेपाली, मैथिली, हिन्दी र अंग्रेजी चार भाषामा राम्रो कमान्ड थियो उनको । व्यक्तित्व खाइलाग्दो थियो । उनको शरीरका नसामा बगेको तातो रगतले युवापुस्तालाई उन्मादमा ल्याउँथ्यो परिवर्तनका लागि । ...... त्यतिबेला म पत्रकार कम र विद्रोही बढी थिएँ । उनी राजनीतिमा थिए । उनी क्रान्तिकारी थिए । मैले दिल्लीबाट प्रकाशित हुने ‘दि टाइम्स अफ इन्डिया’ को हिन्दी भाषाको साप्ताहिक प्रकाशन ‘दिनमान’ मा लेख्न शुरु गरिसकेको थिएँ । ....

त्यतिखेरको लोकतान्त्रिक आन्दोलनको सक्रियतालाई नेपालको तराई मधेशले धानेको थियो । समय अहिलेकै जस्तो थियो ।

..... पहाडमा आन्दोलनको गतिशीलता कम थियो । सञ्चार र सडकको अभावमा आन्दोलनको सन्देश र समाचार पहाडसम्म पुर्‍याउने कुनै साधन थिएनन । मधेश–तराईमा गुन्जिएको लोकतन्त्रको नारा पहाडमा ढिलो प्रतिध्वनित हुन्थ्यो । तै पनि, मधेश जाग्दा पहाड जुर्मुराउँथ्यो । ..... मलाई थाहा छ, नयाँ संविधानका निर्माताहरूले देशभित्रको मधेश, तराई, खोंच र उपत्यकामा बस्ने नेपाली मान्छेको अन्तरात्माको आवाज नसुनेकोमा महन्थ यतिबेला दु:खी र कुपित छन् । उनी बितेका झण्डै दुई महिनादेखि आन्दोलनमा छन् भन्नु गलत हुनेछ । यस्तो लाग्छ उनी आन्दोलनकै लागि जन्मिएका मानिस हुन् । उनले व्यक्तिगत हिसाबले थुप्रै अवसादका क्षणहरू भोगेका छन् । नियतिको ठूला मार खेपेका छन् । तर, त्यो व्यक्तिगत विपद्ले उनलाई छुन सकेको छैन । उनी आफ्नो लक्ष्यमा एकाग्र छन् र

राजनीतिका एकलव्य बनेका छन् उनी ।

....... देशको एउटा ठूलो हिस्सालाई बाहिर राखिएको छ संविधान बनाउँदा । असन्तोष त्यसैमा छ । ..... भर्खरै भुइँचालोको विस्फोटबाट पीडित र आक्रान्त सामान्य नेपालीले बुझ्नै सकेका छैनन्, विपत्तिका बेला सहयोगका हात बढाउने छिमेकीको व्यवहार अनायाश किन बदलिएको छ ? ..... गत आइतबार (सेप्टेम्बर २७) का दिन मैले महन्थलाई उनको पार्टी कार्यालयको कार्यकक्षबाहिरको भेटघाट कक्षमा भेट्दा उनी थाकेका देखिन्थे । सरकारका सदस्यहरू र प्रतिनिधिहरूसँग बिहानैदेखिको अनुत्पादक मिटिङले उनलाई थकाएको थियो । सरकार सामाजिक सञ्जालका प्रयोगकर्ताहरूको राष्ट्रवादको प्रभावमा अल्मलिएको छ । हुन्न केही नभन्ने र हुने वातावरणको निर्माण गर्न नसक्नेहरूको बोलवाला छ देशमा ।

मधेशीलाई अधिकार दिनु हुँदैन भन्ने मान्यता राख्नेहरूको संख्या ठूलो छ । उनीहरूको हातमा हतियार र देशको ढुकुटीको साँचो छ ।

....... उनले मसँग भने, ‘यार, तिमी पछाडि फर्केर हेर त । लोकतन्त्रको लडाइँमा होमिंदा हामी भर्खर यौवन अवस्थामा प्रवेश गरेका थियौं । त्यतिबेला लोकतन्त्रको कल्पनाभन्दा ठूलो कुरा हामीसँग केही थिएन । हामीले एउटा सपनाका लागि तीस वर्ष लगातार लड्यौं । अहिले पनि लड्दैछु म । तर,

अहिले जुन प्रकारको घुटन म अनुभव गर्दैछु, त्यस्तो घुटनको अनुभव यसअघि कहिल्यै गर्नुपरेको थिएन ।’

..... कपिलवस्तुमा भए पनि, कुनौलीमा भए पनि वार्ताका लागि महन्थ सरकारमा रहेका साथीहरूले बोलाउनेबित्तिकै काठमाडौं झरेका छन् । तर, कहिल्यै फलदायी भएको छैन वार्ता । सत्ताको नेतृत्वमा रहेको कांग्रेसका सबैलाई उनी चिन्दछन् । तिनको क्षमताका बारे पनि उनी अनविज्ञ छैनन् । व्यक्तिगत हिसाबले सबैसँग उनको सम्बन्ध सदभावपूर्ण छ । तैपनि, महन्थलाई आश्चर्य लागेको छ, समयले देशमा सम्पूर्ण परिवर्तनको आग्रह गरिरहेका बेला कांग्रेस किन निर्णयहीन बन्दैछ ? के यति नै निरीह छ त कांग्रेस ? ..... मधेशको आन्दोलन कचल्टिनेभन्दा पनि बहकिने आशंका बढ्न थालेको छ । यताबाट मधेशका मागहरूका विरुद्ध पर्चाबाजी र उताबाट विभेदकारी संविधानका विरुद्ध नाराबाजी । ...... अहिले नेताहरूमा हामीले संविधान बनाएर ठूलै काम गर्‍यौं भन्ने परेको छ । तर, उनीहरूको मनोबल राजाले आफ्नो हातमा शासन लिँदा जसरी गिरेको थियो त्यसरी नै गिरेको छ ।
सरकार र आन्दोलनरत दल संवेदनहीन : निजी क्षेत्र
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै जिम्मेवार बनी तत्काल समस्याको समाधान गर्न अपिल गरेका हुन् । ‘संविधान निर्माणपछि शान्ति, समृद्धिसहित मुलुकको अर्थतन्त्र सही दिशामा जाने विश्वासमा रहेको निजी क्षेत्र हिंसात्मक गतिविधि र भन्सार नाका, राजमार्ग ठप्प पार्ने अराजक क्रियाकलापका कारण जनजीवन प्रतिकूलताको भयावह अवस्थामा पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जनताले त्रासदीपूर्ण जीवन बाँच्ने बाध्यता बेहोर्नुपर्ने लक्षण देखापर्न थालेकोतर्फ सरकार, तराई केन्द्रित आन्दोलनरत सबै राजनीतिक दल र अन्य सरोकारवालाहरूको गम्भीर ध्यानाकर्षण गराउँछौं ।’ ..... भूकम्पलगत्तै जारी बन्द हडताल र भन्सार नाकाबन्दी मुलुकको उद्योग व्यवसायलगायत अर्थतन्त्र सबैभन्दा महँगो सावित भएको विज्ञप्तिमा उल्लेख छ । ‘कुनै पनि हालतमा उद्योग व्यवसाय चल्न सक्ने स्थिति नरहेको कुरा विदितै छ । यही स्थिति केही दिन रहन गए त्यसबाट उत्पन्न हुने परिस्थिति काबु बाहिर जाने निजी क्षेत्रको विश्लेषण छ,’ विज्ञप्तिमा भनिएको छ, ‘बन्द हडताल क्षणिक हुने अनुमान गरिरहेको निजी क्षेत्र आन्दोलनरत दल, समूहरूको विरोधका कार्यक्रम हेरेपछि निकै त्रसित भएको छ । हतोत्साहित भएको छ ।’ आन्दोलनरत दलहरूसमक्ष बारम्बार आग्रह गर्दा पनि बेवास्ता गरिँदा उद्योग व्यवसाय नै ध्वस्त हुने खतरा पैदा भएको दाबी निजी क्षेत्रको छ । ...... ‘आन्दोलनरत दल र सरकारबीच वार्ताको चर्चा चले पनि ठोस एजेन्डासहित अघि नबढेको महसुस भएको छ । मुलुक नै गम्भीर दुर्घटनातर्फ उन्मुख भएको स्थितिमा सरकार र आन्दोलनरत दलहरूमा देखिएको संवेदनहीनताप्रति दु:ख व्यक्त गर्दछौं ।’ वार्ता प्रक्रियाको स्वागत गर्दै तत्काल ठोस र परिणाममुखी बनाउन निजी क्षेत्रले आग्रह गरेको छ ।

‘एक साताभित्रै ठूलो चाड बडादसैं आउँदै छ ।

यो बेलामा बन्द हडतालका हठ र ढिपीलाई त्यागी वार्ता र संवादबाट गृहकार्य थाल्न अपिल गर्दछौं’
'भारत रिसाएको छैन, बरु दु:खी बनेको छ'

सबै कुरा छिट्टै पशुपतिनाथले मिलाउनेछन् ।’

.... आज चीनको मानव अधिकारविरोधी घटना वा सिरियाको गृहयुद्ध मामला कसको सरोकारमा छैन होला ? नेपालमा जे असहज र असन्तुष्ट स्थिति देखिन्छ, यसमा पनि सबैले ध्यान राख्छन् नै । त्यसमाथि सबैभन्दा निकटको र खुला सीमा जोडिएको छिमेकी भारतले नेपाल घटनाक्रममा चासो नराख्ने भन्ने कुरै आउँदैन । आर्थिक, सामाजिक वा भौगोलिक आधारमै नेपाल–भारत यति अन्तर्सम्बन्धित छौं कि उताको असर यता अथवा यताको असर उता स्वभावत परिहाल्छ । तपाईहरुको मधेसकै उदाहरण लिउँ, अहिले नाकाबन्दीको चर्को कुरा आइरहेको छ । सीमा, नाकामा धर्ना बस्नेहरु, नाकाबन्द गराउनेहरु त नेपाली मधेसी समूह हो तर, यसको असर दिल्लीसम्म परेको छ । राजनीतिक माग र मुद्धा लिएर सीमाक्षेत्रमा भैरहेको आन्दोलनले सिंगो नेपाललाई समस्या परेको छ, ढुवानी र पारवहनमा कठीनाइ उब्जिएको छ । यसले नेपाललाई जत्तिकै कष्ट महसुस भएको छ । नेपालमा भूकम्प आउँदा पानी र चिउरा–चामल लिएर काठमाडौं उत्रने हामी थियौं, के त्यसबेला यता अथवा उताको कष्ट भनेर विभेद गरिएको थियो र ? ......

यदि समस्या र असुरक्षाको स्थिति छैन भने किन रोकिरहनु पर्थ्यो र ?

....... हो, भारतमा संविधान जारी भएको ६५ वर्षसम्म पनि अझै संशोधन र सुधारको प्रक्रिया जारी छ । कस्मिरदेखि नागाल्याण्ड र अरु राज्यमा समस्याहरु नभएका होइनन् । तर, यसो भन्दैमा सुधारिएको शासन–व्यवस्थामा नभएका र हुन नसकेकाभन्दा भएका कामकुराहरुको तुलना गर्नु बढी राम्रो हुन्छ । भारतले आफ्नो अनुभव र इतिहासको पाठबाट मात्रै नेपाल मामलामा ‘अधिकतम सहमति’को कुरा गरेको हो । मधेसी/थारु समुदायको कुरा सुनिदिनु पर्‍यो भन्दैमा यो न भारतले भन्न चाहेको हो, न निर्देशित कुरा हो । यो त तपाईहरुकै समुदाय/दलबाट आएको राय/सुझाव हो । ..... मैले अस्ति कांग्रेसका शेरबहादुर देउवा, एमालेका केपी शर्मा ओली, माओवादीका बाबुराम भट्टराई र पुष्पकमल दाहाललाई नेपाल हिन्दू राष्ट्र रहेमा चिनारी राम्रो हुनेछ भनेको हुँ । तर,

नेपाल हिन्दू राष्ट्र रहोस्, वा धर्मनिरपेक्ष बनोस्— नेपाली समाज हिन्दू छँदैछ ।

..... मेरो राज्य उत्तराखण्डमा दुइ भाग छ— कुमाउ र गढवाल । ९० प्रतिशत पर्यटक जान्छन्— हरिद्धार, रुद्रप्रयाग, बद्री–केदारनाथ क्षेत्र(उत्तरकाशी) अर्थात गढवाल । कुमाउ क्षेत्रका पिथौरागढ, अलमोढा, नैनीताल जाने त १० प्रतिशत पर्यटक मात्रै होलान् । मैले के भन्न खोजेको हो भने नेपालमा पनि बढीजसो हिन्दू र केही बौद्ध धर्मावलम्बी धार्मिक पर्यटनका निम्ति जाने गरेका छन् । ...... नेपालकै मधेस क्षेत्रका जनताको आवाजलाई अलिक ध्यान दिएर सुनिदेउ भन्ने मात्रै हाम्रो सरोकार हो, यो हाम्रो असन्तुष्टिको कुरा होइन । .... नेपालका नेताहरु कांग्रेसका देउवादेखि माओवादीका लेखराज भट्ट र एमालेका केपी शर्मा ओलीदेखि मधेसी मोर्चाका विजय गच्छेदारसम्म कैलाली–कञ्चनपुरदेखि झापा–मोरङसम्मको विवादित सीमाबारे कुराकानी भैरहन्छ । मैले सबै नेतालाई समझदारी बनाउने क्रममा ‘गिभ एण्ड टेक’को मन्त्रलाई पनि भुल्नुहुँदैन भनिरहन्छु । विगतमा एक मधेस एक प्रदेश अनिवार्य रुपमा चाहिने भन्दै आन्दोलनरत मधेसी दलहरुसँग मैले कुरा गरेको थिएँ ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको सर्पजस्तो प्रदेश बनाएर के गर्छौ (?) भनेर सम्झाएपछि मधेसी दलहरु मधेसमा २/३ प्रदेश ठीक हुन्छ भन्दै सहमतिमा अएका थिए ।

यसकारण हाम्रो रिजर्भेसन केहीमा छैन, सुझाव/सल्लाह मात्रै छ ।
दुई दिनयता मोर्चासँग वार्ता छैन
मोर्चाको बैठक आईतबार काठमाडौंमा बस्ने तयारी छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादव आईतबार पहिलो उडानबाट सिमराबाट काठमाडौं आएपछि बैठक बस्ने जनाइएको छ । सदभावना अध्यक्ष राजेन्द्र महतो भने बैठकका लागि काठमाडौं नआउने र उनको दलबाट सह अध्यक्ष लक्ष्मणलाल कर्णको बैठकमा सहभागित रहने जनाइएको छ ।

No comments: