म सशस्त्र क्रांति को विरोधी होइन



म सशस्त्र क्रांति को विरोधी होइन।

मधेसले बन्दुक उठाउनु पर्यो भने धुलोपीठो हुन्छ फेरि। ब्यारेक ज्युँ का त्यूँ छ तर सशस्त्र र सेना कहाँ गयो भन्ने सवाल पैदा हुन्छ। मधेसले बन्दुक उठाउनु पर्यो भने हामी मधेस मा कब्बडी कब्बडी गरेर बस्दैनौं। मधेस सेना ताप्लेजुंग इलाम मुस्तांग पुग्छ। सब कब्ज़ा हुन्छ। पृथ्वी नारायण शाहले इंद्र जात्रा कुरेको। हामी बेमौसम काठमाण्डु छिर्छौं। सिंह दरबार मा पताका फहरिन्छ।

म सशस्त्र क्रांति को विरोधी होइन। तर सशस्त्र क्रांति भनेको साईकल चढेर जनकपुर बाट ढल्केवर गए जस्तो। राजनीतिक लक्ष्य प्राप्ति का हिसाबले। अहिंसात्मक क्रांति भनेको जनकपुर बाट ढल्केवर बसमा गए जस्तो। चाँडै पनि पुगिने, बढ़ी मान्छे पनि लान मिल्ने।

म सशस्त्र क्रांति को विरोधी होइन। तर हामी उचित मुल्यांकन गरौं। हाम्रो राजनीतिक लक्ष्य के हो? र त्यो पाउने सबैभन्दा राम्रो बाटो के हो? हाम्रो लक्ष्य मर्ने र मार्ने होइन। हाम्रो क्रांति एउटा नितान्त राजनीतिक क्रांति हो।

शक्ति बन्दुक मा छैन। शक्ति संगठन विस्तारमा छ। वडा वडा मा संगठन विस्तार गरौं

Comments

Popular posts from this blog

फोरम र राजपा बीच एकीकरण: किन र कसरी?

नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब

फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार