Sunday, October 11, 2015

In The News (42)

ओली नेपालको ३८ औं प्रधानमन्त्री
ओलीको पक्षमा ३३८ , कोइरालाले २४९ मत पाए
मधेसी, थारुलगायत समुदायको विपक्षीमा म छैन : एमाले अध्यक्ष ओली



मधेसी दलहरुको ‘सुखद प्रत्यागमन’
मोर्चाले कांग्रेस सभापति सुशील कोइरालाको पक्षमा मत जाहेर गर्‍यो भने गच्छदार मोर्चाले एमाले अध्यक्ष केपी ओलीलाई । विजयकुमार गच्छदारनेतृत्वको संघीय लोकतान्त्रिक मोर्चालाई आइतबार बिहानको आठबुदे सहमतिले ‘छिन्नभिन्न’ बनाइदिएको हो । उनका सहयात्री रामसपा र फोरम गणतान्त्रिकले भने कोइरालालाई नै सघाए । ..... ओलीलाई प्रधानमन्त्रीमा मत खसालेर बाहिरिदै गरेका फोरम लोकतान्त्रिक महासचिव रामजनम चौधरीले कान्तिपुरसग ठटयौलो टिप्पणी गरे, ‘हाम्रो आन्दोलन अब हाम्रै सरकारविरुद्ध जारी छ । अब आफैं आन्दोलन गर्छौं, अनि आफैंसँग संवाद र सम्झौता गर्छौं । .... संघीय प्रदेशको सीमांकन पुनरावलोकन नहुदासम्म जारी प्रक्रिया नस्वीकार्ने निरन्तर अडानमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अकस्मात् संसद फर्कनुलाई कतिपयले सुखद आश्चर्यका रुपमा अथ्र्याए । ..... मधेसी मोर्चा ओली चुनिएपछिसमेत सीमा नाकामा धर्नालगायत सबै आन्दोलन यथावत् रहेको बताइरहेको छ । मोर्चाले ओलीलाई प्रधानमन्त्री बनाउने नया गठबन्धनलाई ‘उग्रवामपन्थी, हिन्दूवादी र राजावादी’ संज्ञासमेत दिएको छ । .... ओली, दाहाल र गच्छदारले हस्ताक्षर गरेको उक्त सहमतिपत्रले गच्छदारलाई ओलीको पक्षमा उभ्याएको हो । .... असोज १ गते ओलीलगायत केही नेताकै अडानका कारण सहमति हुन नसकी भावविह्वल मुद्रामा बाहिरिएका फोरम लोकतान्त्रिकका नेताहरु अन्तत: उनैलाई चुन्ने अवस्थामा किन आइपुगे, स्वयं उक्त दलसग यसको प्रष्ट जवाफ भने छैन । फोरम लोकतान्त्रिक महासचिव चौधरी भन्छन्, ‘हामी मध्यमार्गी भूमिकामा छौं । संविधान त हाम्रो अनुपस्थितिमै भए पनि बनिहाल्यो । तर कार्यान्वयन कति जटिल छ, हामीले बुझेका छौं । त्यसैले नया आठबुदे सहमति गर्‍यौं ।’
बहुमतीय सरकार, सहमतीय गन्तव्य
कांग्रेसले वर्तमान प्रधानमन्त्री सुशील कोइरालालाई पुन: प्रतिस्पर्धामा उतार्ने निर्णय गरेपछि यी दुई पार्टीबीच रहँदै आएको समझदारी भंग भएको छ। .... मुलुकको मैदानी भूभाग झन्डै दुई महिनादेखि आन्दोलित रहेको र मुलुकले पन्ध्र दिनदेखि भारतीय नाकाबन्दी सहनु परिरहेको विषम परिवेश .... दुई तिहाई मतबाट मात्र संविधान संशोधन हुन सक्ने प्रावधानले पनि यो राष्ट्रिय चुनौतीको सामना गर्न ठूला तीन दलहरू एक ठाउँमा उभिनैपर्ने अवस्था छ।
ओलीलाई समर्थन गर्ने निर्णयले एमाओवादीमा विवाद
एकीकृत माओवादीमा बाबुराम भट्टराईपक्षका नेताहरुले ओलीलाई प्रधानमन्त्री बनाउने पार्टी निर्णयमाथि गलत भएको बताएका छन् । एककिृत माओवादीका ३० जना केन्द्रीय सदस्यले विज्ञप्ती निकालेर यस्तो जनाएका हुन् ।
सहकार्य तोडेर सुशील मैदानमा उत्रनुका यी हुन् आठ कारण

No comments: