अनिल झा र सीके राउत को नौटंकी



पंचायत कालमा महेंद्र ले कम्निष्ट लाई काँग्रेस का विरुद्ध मजासंग प्रयोग गरे। तर कम्निष्ट र काँग्रेस एक ठाउँ आए पछि राजा ढल्यो। २०४६ मा आएर।

सन २००५ मा माओवादी र संसदीय सात पार्टी एक ठाउँ आए पछि ज्ञानेन्द्र ढल्यो।

मैदान मा तीन शक्ति छन भने दुई विचार मिल्ने शक्ति एक ठाउँ आउनु पर्ने हुन्छ। माओवादी सशस्त्र पनि थियो र एक पार्टी को अधिनायकवाद (one party rule) मा उसको दृढ विश्वास थियो। त्यस्ता शक्तिलाई लोकतान्त्रिक गणतंत्र मा ल्याउनु सानो कुरा थिएन। सीके राउत बन्दूकधारी होइन। सीके राउत बहुदलीय लोकतंत्र विरोधी होइन। अनिल झा त अझ संघीयतावादी नै हो। सदभावना पार्टी को विद्यार्थी मंच को पहिलो अध्यक्ष। मधेस आंदोलन मा महंथ भन्दा पुरानो मान्छे।

मधेस मा मधेसी हरु बीच तीन किसिमका मधेसी हरु छन। तीन बाहुन दल वादी, संघीयतावादी, स्वराजी। संघीयतावादी हरु एक ठाउँ आउ भनेको २००५ मा सात पार्टी एक ठाउँ आउ भनेको हो। अनिल झा ले यहाँ नौटंकी गरे जस्तो देखियो। ४० लाख हस्ताक्षर भयो त संकलन? यो उसको parallel नेतृत्व मा भएको क्रांति हुँदै होइन। मधेसी पार्टी हरु मोर्चाबंदी मा जानुपर्छ। होइन भने संघीयता लागु गर्ने समय भनेको सीमांकन नामांकन भन्दा धेरै गार्हो फेज हो।

मधेसी पार्टी हरु २००५ का सात पार्टी जस्ता। बरु चार बाट सात मा गए हुन्छ। मोर्चा लाई फराकिलो बनाएर त्यसमा अनिल, जेपी र मातृका थपे हुन्छ। गोवार जात एउटा पार्टी चाहिं कति वटा! एउटै मधेसी मोर्चा मा तीन तीन वटा गोवार पार्टी!

सीके राउत २००५ को माओवादी जस्तो। बन्दुक नबोकेरै माओवादी। बहुदल मा दृढ विश्वास हुँदा हुँदै नै माओवादी। भारत  चीन लाई एकै ठाउँ उभ्याई दिन सकने मान्छे। बरु बाबुराम ले राजतन्त्र मानला, मधेसी मोर्चा ले मधेस अलग देश मान्दैन। मधेस अलग देश मा जानु अघि उपेन्द्र ले नेपाल बाट खस हरु लाई धपाएर उत्तराखंड पुर्याउँछ। २००५ मा माओवादी ले बन्दुक र एक दल नछोडे सात पार्टी सँग गठबंधन को संभावना के थियो? माओवादी ले आफ्नो परिचय को दुई आधारभूत कुरा छोडेको हो। त्यो सही कदम थियो। त्यस्तो tactical flexibility बिना राजनीति को मैदान मा चलफिर गर्न र दौड़धूप गर्न धेरै गार्हो हुन्छ।

सीके राउत लाई जब कि अलग देश छोड़ भनेर कसैले भनेकै छैन। बरु त्यसलाई आफ्नो साश्वत सिद्धांत मान र घोषणा नै गर्देउ। मानव अधिकार को चार्टर रहिरहेसम्म मधेस अलग देश को संभावना रहिरहनेछ भनेर घोषणा नै गर्देउ। माओवादी ले दुई आधारभूत कुरा छोड्नु पर्यो। तिमीले केही पनि नछोड। तर त्यति घोषणा गरे पछि तर मधेसी सशक्तिकरण का लागि संघीयता, सुशासन र मोर्चाबंदी को भरपुर प्रयोग गर्ने उद्देस्य का साथ उच्च कोटिको संगठन निर्माणमा जाने भन्ने घोषणा गर्ने अनि फील्ड मा आउने। सात पार्टी र माओवादी एक ठाउँ आएर राजा परास्त भए जस्तै संघीयता वादी र स्वराजी एक ठाउँ आएर मधेस मा तीन बहुन दल लाई पुर्ण रुपले सखाप पार्नु आजको आवश्यकता हो। सीमांकन नामांकन त घरको नक्शा कोरेको हो। संघीयता घर निर्माण को क्रममा बेइमानी गर्ने ठाउँ १० गुणा बढ़ी छ। मोर्चाबंदी र एक पद एक उम्मेदवार मा जाने कि दुई तीन बर्ष पछि फेरि अर्को क्रांति गर्ने?

यसलाई अंतिम राजनीतिक क्रांति बनाउनु पर्छ। देशलाई आर्थिक क्रांति को बाटोमा लानुपर्छ।

संघीयता ले  मधेसी लाई समानता दिन सक्दैन भन्ने सीके राउत को तर्क गलत हो। ईमानदारीपूर्वक लागु गर्ने हो भने संघीयता त के लोकतंत्र मात्र प्रयाप्त छ मधेसी लाई समानता दिलाउन। लोकतंत्र मा, मानव अधिकार मा बेईमानी भएकोले पो त संघीयता सम्म जानु परेको।

शैली मा पनि त्रुटि देखियो। मधेस अलग देश को एजेंडा मा आउ भनेर सीके राउत ले मधेसी दल हरु लाई गर्ने गरेको आह्वान सबै सोशल मीडिया मा मात्र छ। यो त भेटेर छलफल गर्नु पर्ने कुरा हो। २००५ मा माओवादी लाई वक्तव्यवाजी को बाटो ल्याइएको हो? बाबुराम ले, मैले तपाइँ को प्रेस रिलीज़ पढ़ें अनि म गठबंधन बनाउन तैयार भएँ भनेको हो? मधेस अलग देश जस्तो गरहूंगो न गरहूंगो एजेंडा, एटम बम जस्तो, त्यसलाई फेसबुक मा फटाका छोडेर हुन्छ?

कम्निष्ट त सबै एक दल वाला हरु नै थिए सबै। तर पंचायत भन्दा बहुदल राम्रो मा पुग्नुपर्यो। संघीयता भनेको स्वराजी का लागि बहुदल जस्तो हो। It is a positive step in the right direction. And it might also be the final step. एक दल भनेको एउटा पनि कम्निष्ट पार्टी छैन नेपालमा। Seriously लिनुपर्ने।

सीके राउत संगठन मा जानुपर्छ। सीके राउत मोर्चाबंदी मा जानुपर्छ। तीन बाहुन दल लाई तीन सीट मा नझारे सम्म एक पद एक उम्मेदवार चाहिन्छ।


Comments

Popular posts from this blog

फोरम र राजपा बीच एकीकरण: किन र कसरी?

नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब

फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार