Saturday, October 03, 2015

In The News (9)

कांग्रेसमा भारतनिटक बन्नेको होडबाजी
भारतीय च्यानल बन्द गर्ने नेपालका केबुल टिभी अपरेटरलाई मन्त्रालयमार्फत २४ घन्टे स्पष्टीकरण सोध्न लगाए मन्त्री रिजालले । उनको त्यो कार्यपछि प्रधानमन्त्री सुशील कोइराला रुष्ट बन्दै मलाई सोध्दै नसोधी के गरेको भनेर रिजाललाई हप्काएको बालुवाटार स्रोत बताउँछ । ..... उनी मन्त्री बन्दा नै भारतको आशीर्वादले बनेको आरोप लाग्ने गरेको छ । पदमनारायण चौधरी र अर्जुननरसिंह केसीमध्ये एकजनालाई मन्त्री बनाउने तयारी थियो, प्रधानमन्त्री कोइरालाको । तर, भारतीयको तारन्तार दबाब र महामन्त्री कृष्ण सिटौलालाई रिझाउन कोइरालाले रिजाललाई मन्त्री बनाउन बाध्य भएको कोइराला निकट रहेका कांग्रेस नेता बताउँछन् ..... उपसभापति रामचन्द्र पौडेलले सम्बन्ध सुधारका लागि पटकपटक गरेको प्रयास अहिलेसम्म सफल हुन सकेको छैन । भारतले नचाहेकै कारण

१७ पटकसम्म

चुनाव लड्दा पनि प्रधानमन्त्री जित्न नसकेपछि उनी भारतसँग सम्बन्ध सुधारका लागि प्रयास गरिरहेको निकट स्रोत बताउँछ । ...... महामन्त्री कृष्ण सिटौला भारतसँग अनावश्यक निकटता बनाउने नेताका रुपमा कांग्रेसभित्र आलोचित छन् । १२औँ महाधिवेशनमा २५ खुला केन्द्रीय सदस्यमध्ये १५औं नम्बरमा चुनाव जितेका थिए उनले । तर, सिनियर नेतालाई पन्छाउँदै मनोनित महामन्त्री बन्न सफल भए । यसमा भारतीय चासोले नै काम गरेको कांग्रेसका केही नेताको दाबी छ । ..... सभापति कोइरालाले बिहानसम्म मनोनित महामन्त्रीका लागि प्रस्ताव गर्न भनेर डा. रामशरण महतको नाम ठिक्क पारेका थिए । एकजना ‘भारतीय प्रतिनिधि’ आएपछि एकाएक उनको नाम काटिएर सिटौलाको नाम प्रस्ताव भएको स्रोतको दाबी छ । त्यति मात्र होइन,

सिटौलाले भारतसँग आफ्नो सम्बन्ध राम्रो भएको भन्दै कांग्रेसका नेतालाई पनि थर्काउँदै आफ्नो पक्षमा काम गराउँदै आएको

...... यीबाहेक कांग्रेसका सभासद् अमरेशकुमार सिंह भारतकै लालनपालनमा हुर्केको आरोप लाग्ने गरेको छ । युवा नेता गगन थापाको सम्बन्ध पनि भारतसँग राम्रो रहेको छ । ..... ‘नेपालको संविधान– ०७२’ पारित हुने दिन ३० भदौ र जारी भएको दिन असोज ३ गते उनी कम खुसी देखिन्थे । उनले मिडियामा पनि प्रतिक्रिया दिएका थिएनन् । ..... गिरिजापुत्री सुजाता कोइराला, बिपी पुत्र डा. शशांक कोइराला र डा. शेखर कोइराला पनि भारतसँग नजिककै मानिन्छन् । त्यसमध्ये धेरै इन्टोमेसी डा. शेखरको रहेको बताइन्छ । माओवादी जनयुद्धमा रहेका बेला उसलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका शेखरलाई त्यतिबेलादेखि नै भारतले मन पराउँदै आएको छ । ...... यीबाहेक मधेसबाट राजनीति गर्ने कांग्रेसका प्रायः नेता बेटी र रोटीको सम्बन्ध भएकाले पनि प्रायः सबै निकट नै रहेको देखिन्छ ।


चीनले एक साताभित्रै केरुङ नाका खोल्ने
सिन्धुपाल्चोकको तातोपानी नाकामा नेपालतर्फ मात्रै २६ किलोमिटर सडक पहिरोले क्षतिग्रस्त हुनुका साथै शुक्रवारदेखि बाटो खुलेपनि यो ज्यादै जोखिमयुक्त छ । .... नेपालमा आगामी तीन महिनासम्मका लागि खाद्यन्न मौज्दात छ । केरुङ–रसुवागढी सडक खण्ड सहज छ तर, पनि चिनियाँ क्षेत्रको केरुङतर्फ सडकमा करिब २५ किलोमिटर खण्ड पहिरोले अवरुद्ध पारेको छ .... १ सय ७० किमी रसुवागढी–काठमाडौं सडकमा कुनै अवरोध छैन । रसुवागढी–केरुङ दुरी २६ किमी मात्र छ । केरुङ–रसुवागढी–काठमाडौं दुरी १ सय ९६ किमी रहेकोले यो दुरी खासा–तातोपानी–काठमाडौंको तुलनामा ७० किमी लामो हो । खासा–तातोपानी–काठमाडौं दुरी १ सय २६ किमी मात्र छ । ..... नेपालमै तीन देश भारत, नेपाल र चीन जोड्ने एकमात्र छोटो र सजिलो नाकाका रुपमा रसुवागढी नाकालाई विकास गरिएको हो । हिमाली श्रृङ्खालाले घेरिएको केरुङ एउटा उपत्यका हो । ...... भूकम्पले खासामा नेपाली व्यवसायीको झण्डै ५ सय कन्टेनर सामग्री रोकिएका छन् । .....

यसले नजिकिँदो नेपाली चाड दशैँ तिहारजस्ता महत्वपूर्ण समयमा उपभोग्य सामग्रीको संकट निम्तिने खतरा केहीहदसम्म टरेको छ ।

..... सिगात्से देखि केरुङ सम्मको चीनले रेलसेवा सञ्चालनको लागि धमाधम काम गरिरहेकाले यस नाका उच्च प्राथमिकतामा छ ।


सुशील, ओली र प्रचण्डलाई बाबुरामको चुनौति : एक हप्ता पर्खनुहोस् अनि तपाईंहरुले देख्नुहुन्छ – कहाँ गएर बिसर्जन हुँदो रहेछ ‘त्यो’ राष्ट्रवाद
‘एकै पटकमा ५/१० जनालाई प्रधानमन्त्रीको र अहिले त झन् राष्ट्रपति लगायत थुप्रै पद विज्ञापनमा छन्, त्यसको निम्ति कसरी लोभ्याइन्छ, शक्तिकेन्द्रसम्म कसरी मान्छेहरु धाउँछन् र के हुन्छ त्यो नाटक मैले त अलिअलि देख्न पाएको छु तपाईंहरुले पनि देख्दै जानुहोला ।’ ‘तराई–मधेश र थारुवान बाहुल्य क्षेत्र नेपालको अत्यन्त संवेदनशील क्षेत्र छ । उतापट्टि विशाल भारत छ र भारतसँग खुला सीमानामा जोडिएको क्षेत्रमा अशान्ति भयो भने त्यो अशान्तिको बहानामा छिमेकीले हस्तक्षेप गर्‍यो भने के हुन्छ ? नेपालको राष्ट्रिय अखण्डतामाथि असर गर्छ कि गर्दैन ? ..... ‘देशको जटीलता के हो ? भू–राजनीतिक अवस्था के हो ? सुगौली सन्धीपछि २०० वर्षदेखि दक्षिणी छिमेकीले कसरी हामीमाथि हेपाहा खालको नीति लिँदै आएको छ ? कसरी पटक पटक हस्तक्षेप गर्दै आएको छ भन्ने हामीलाई थाहा छैन ?’, उनले भने –

‘तराई–मधेश, थारुवान क्षेत्रको आन्दोलन भड्कियो भने त्यसलाई बहाना बनाएर दक्षिणी छिमेकीले हस्तक्षेप गर्ने हो भने के हुन्छ ? श्रीलंका र काश्मिर बन्ने खतरा रहन्छ कि रहँदैन ? त्योभन्दा पहिले हामी आफैंले आफ्नो देशको समस्या समाधान गरौं भन्ने मेरो भनाइ थियो ।

तपाईंहरु सबैले घोत्लिएर विचार गर्नुहोस् आखिर कसले परसम्म देखेको रहेछ ? को दूरद्रष्टा रहेछ ? को चाहिँ अत्यन्त अज्ञानी र अदूरदर्शी रहेछ ?’ ...... ‘बाघ आयो घिच्याउन, … लाग्यो चिच्याउन’ जस्तो भएको छ’, डा. भट्टराईले भने – ‘बेलामा चाहिँ हाम्रो बुद्धि नआउने, आफ्नो त आएन आएन अर्कोले भनिदिँदा पनि बुद्धि आएन अनि जब बाघ आइसक्यो रोइकराइ गरेर हुन्छ ? त्यही भइराखेको छ अहिले ।’ ...... ‘पुराना शासक वर्गले पटक पटक आफूलाई अप्ठेरो पर्दा, आफ्नो स्वार्थ सिद्धिका निम्ति राष्ट्रियता जस्तो पवित्र कुराको दूरुपयोग गरेर जनतालाई ठग्ने र नेपाली राष्ट्रियतालाई नै उपहास गर्ने, अपहेलना गर्ने गरेका थिए अहिलेका यी नयाँ शासक भन्नेहरु, लोकतान्त्रिक र वामपन्थी भन्नेहरुले समेत त्यो हर्कत गरिराखेका छन् यो अत्यन्त दु:खद् छ । ...... गत एक/डेढ वर्षदेखि नै संविधानसभाबाट संविधान बनेपछि मूलत: पूँजीवादी राजनीतिक क्रान्तिको चरण पूरा भएर आर्थिक क्रान्ति र समृद्धिको चरण सुरुवात हुने र त्यो स्थितिमा नयाँ राजनीतिक शक्तिको आवश्यकता पर्ने कुरा भन्दै आएको र अहिले असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि पूँजीवादी राजनीतिक क्रान्तिको चरण पूरा भएको सन्दर्भमा नयाँ शक्ति निर्माणको छलफलका निम्ति सहज होस् भनेर नै आफूले पार्टी परित्याग गरेको उनको स्पष्टोक्ति थियो । नयाँ विचार, नयाँ राजनीतिक कार्यदिशा, नयाँ संगठन, नयाँ कार्यशैली, संस्कार सहितको नयाँ नेतृत्व भएको नयाँ शक्ति निर्माणका लागि बृहत् छलफलका लागि नै एक्लै पार्टी परित्याग गरेको उनले बताए । .... हाम्रो कृषिप्रधान निर्वाहमुखी अर्थतन्त्रमा बाँचेको

मान्छेहरुको जीन्दगीमा जन्मेदेखि मृत्युको बेलासम्म पनि दिनचर्यामा खासै परिवर्तन आउँदैन । उही दिनचर्या, उही खेतीपाती, उही खानपिन, उही गाऊँ–बेशी, उही बस्तुभाउ

गरेर नै हाम्रो जीन्दगी वितिराखेको छ’, उनले भने – ‘त्यसैले हाम्रो मानसिकता पनि के बनेको हुन्छ भने निरन्तरतामा सहज मान्ने तर निरन्तरतामा क्रमभंग, नयाँपन भयो भने लौ न के भयो भनेर असहज मान्ने, नयाँ परिघटना हुँदा अत्यन्त आश्चर्यचकित हुने, त्यसको गहिराइ बोध गर्न नसक्ने, चिन्तित हुने अवस्था बन्छ ....... पहिलो संविधानसभामा निर्वाचित भएपछि ४८ महिनामा ५२ पटक र दोस्रो संविधानसभाको कार्यकालभर पनि प्रत्येक महिना, त्यसमा पनि भूकम्पपछिका महिनामा महिनामै दुई/तीन पटक पनि गोरखा आएको ..... संविधानसभाको मुख्य समिति संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको रुपमा, पछि बनेको शीर्ष नेताहरु रहेको आफ्नै नेतृत्वको विशेष समिति, त्यसपछि मस्यौदा समितिका सभापतिसमेतको समिति र अन्त्यमा आनुषांगिक सुधार समितिमार्फत संविधानसभाको अन्तिम काम समेत आफ्नै नेतृत्वमा सम्पन्न भएको उल्लेख गर्दै उनले अहिलेको संविधान निर्माणबाट सबैभन्दा सन्तोष र गर्वको महसुस आफूलाई भएको स्पष्ट पार्नुभयो । ....... आफ्नै जोडबलमा नै पार्टीमा संविधानसभाको नारा स्थापित गरेर राष्ट्रिय एजेण्डा बनाउँदै अहिलेको संविधान निर्माणसम्म आइपुगेकोमा आफू सबैभन्दा खुशी भएको बताए । मधेशी, थारु, मगर लगायतका असन्तुष्ट क्षेत्र/समुदायको मागलाई समेत सम्बोधन गरेर जाँदा मात्रै संविधानको स्वामित्व सबैले ग्रहण गर्ने र संविधानको कार्यान्वयन सहज हुने र दीगो शान्ति स्थापना हुन्छ भन्ने कुरा गर्दा केही व्यक्तिहरुले ती समुदायका माग केही पनि होइनन् भनेर बेवास्ता गरेको उनले बताए ।
यसरी भत्किन सक्छ राष्ट्रिय सरकारको कोर्स
विगतमा भएका भनिएका ‘भद्र सहमति’ कार्यन्वयमा काँगेस तयार नभए वा मधेशी दलसँग एक–दुई दिनमा सहमति बन्यो भने नयाँ सरकार गठनको हिसाव विर्गन सक्छ । दक्षिण छिमेकी भारतको चासो सकेसम्म सहमतिको सरकार गठन रोक्ने र बहुमतिय सरकार गठनमा रहेको स्रोतहरु बताउँछन् । ..... विकल्प ३ –

काग्रेस र एमाओवादीवीच मिलेर सरकार गठनको सम्भावना रहन्छ । तर, दुईवीच २८८ मात्र सभासद् छन्, उनीहरुलाई सरकार बनाउन थप १२ जना सांसदको खाँचो हुनेछ ।

यसका लागि केही साना दल वा एक दुई वटा मधेशवादी दलको समर्थन चाहिने हुन्छ । ..... विकल्प– ४ एमाले र माओवादीवीचको समीकरणको सरकार हुन सक्छ । तर, यसका लागि उनीहरुलाई अन्य पार्टीका थप ३२ सांसद चाहिन्छन् । हाल एमाले र माओवादीका सांसदको सख्याँ २६८ मात्र छ । ..... तराई–मधेश केन्द्रित दलहरुसँग सहमति बन्यो भने नयाँ सरकार गठनको खेल थप रोचक हुन सक्ने देखिएको छ । अहिले प्रमुख तीन दलवीच सहमतिको सरकार गठन गर्ने सजिलो विकल्प छ । तर, तराई–मधेश केन्द्रित दहरुसँग सहमति बन्यो र उनीहरु पनि सरकारमा सहभागी बन्ने चाहाना राखेभने नयाँ सरकार गठनको खेल थप रोचक बन्न सक्छ । स्रोतका अनुसार प्रमुख दलका शीर्ष नेताहरु सरकार गठन नहुन्जेल तराई–मधेशमा आन्दोलनरत दलहरुसँग पूर्ण सहमति नगर्ने मुडमा छन् । ‘उनीहरुसँग सहमति आबश्यक छ । तर, सरकार गठनपूर्व पूर्ण सहमति भयो भने हिसाव–किताव विर्गन सक्छ भन्ने ठूला नेतालाई लागेको देखिन्छ ।’
मोर्चासँग आज पनि वार्ता, के–के भयो प्रगति ?
अन्तरिम संविधान, २०६३ अनुसार नागरिकता, समानुपातिक समावेशी, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणलगायत मोर्चाको माग छ । जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणलगायत मागमा सरकार सकरात्मक देखिएको छ । त्यसबाहेक तराईमा आन्दोलनका क्रममा भएका घाइतेको उपचार, गिरफ्तार भएकाको रिहाइ, मृतकका परिवारलाई राहत दिने कार्य अघि बढाइने, दङ्गा क्षेत्र हटाई सुरक्षाकर्मी सामान्य जिम्मेवारीमा फर्कनुपर्ने लगायत विषयमा पनि सरकार सकारात्मक बनेको छ । विहिवार बसेको मन्त्रिपरिषद् वैठकले बैठकले आन्दोलनरत पक्षको मागअनुसार सुरक्षाकर्मीलाई सामान्य जिम्मेवारीमा फर्काउन सकिने तथा गम्भीर अपराधमा संलग्न भएकाबाहेकको मुद्दा फिर्ता लिन र पक्राउ परेकाहरूलाई रिहा गर्न जनाएको छ ।
पहाडेलाई साथी बनाऔं, नेता होइन : प्रभु शाह
नेपाली कांग्रेस, नेकपा एमाले र एमाओबादीको तीन दलिय गठबन्धन पूर्व राजाभन्दा पनि निरंकुश रहेको रौतहटस्थित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । मधेश आन्दोलन संघर्ष समिती रौतहटद्वारा शनिवार गरुडामा आयोजित बिरोधसभाका अधिकांश वक्ताहरुले मधेश रक्तामय भइ मातम मनाइरहेको अवस्थामा गत असोज ३ गते संंबिधान जारी गरी दीपावली मनाएर निरंकुशता प्रमाणित गरेको बताएका हुन् । .....

एउटै मागलाइ पुरा गराउन दुई दुई पटक मधेशीहरु सहीद हुनुपरीरहेको पीडा सुनाउदै उनले पहाडियाहरुलाई मधेशीले कुनैपनी हालतमा आफनो नेता स्विकार गर्नु नहुने बताएका छन् ।

...... पहाडेहरुलाई राम्रो साथी बनाउन सकिन्छ तर कुनैपनी हालतमा नेता मान्नु नहुने सभासद साहले तर्क राखेका थिए । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, झापादेखि कञ्चनपुरसम्म मधेश स्वायतमा एक अथवा दुई प्रदेश बनाउन सकिने, राज्यको सबै निकायमा समावेशी समानुपातिक, अंगिकृत नागरिक्ताले मान्यता नपाए सम्म मधेशको आन्दोलन जारिरहने बताएका छन् । ...... राजशवको भागबण्डामा एकरुपता, न्यायपालिका र संवैधानिक आयोगहरुमा पनि समावेशी समानुपातिक हुनुपर्ने उनले बताएका छन् । साथै सुरक्षानिकाय लगायत सबै क्षेत्रमा कार्यरत कर्मचारीको आन्तरीक बढुआमा पनी समावेशी समानुपातिक हुनुपर्ने बताउदै मधेशीको माग लाइ सरकारले वास्ता नगरेका

मधेशमा ५० दिनदेखी जारी आन्दोलन थप कडा बनाउने

चेतावनी दिएका छन् । ..... कार्यक्रम एमाओबादीका उपेन्द्र साहको सभापतीत्वमा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई संयुक्त लोकतान्त्रिक मधेशीमोर्चाले बहिस्कार गरेका थिए । मधेश आन्दोलन निर्णयक मोडमा पुगीरहेको अवस्थामा तीन दलिय मोर्चा भित्रैकै एउटा दल एमाओबादीका सभासदको आयोजनमा कार्यक्रम गरेर आन्दोलनलाइ मत्थर पार्ने षड्यन्त्र भइरहेको मोर्चाले शुक्रवार बिज्ञप्ती प्रकाशित गरेको थियो ।

मधेसमा जारी आन्दोलन रोक्न तयार छौंः उपेन्द्र यादव
‘ सरकार र मधेशी मोर्चाबीच भएका २२ र ८ बुँदे सहमति कार्यन्वयन गर्ने तीन दलका तर्फबाट प्रतिबद्धता आए आन्दोलन रोक्न तयार छौं ।’
मधेसी मोर्चाका चारमध्ये २ माग पूरा
मोर्चाले चाहि सबभन्दा मूख्य माग सीमाकंन हेरफेरबारे आफ्नो सरोकार पूरा नभएको भन्दै असन्तुष्टि जनाएको छ ।मधेसी मोर्चाले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनरावलोकन हुनुपर्ने माग गरेको थियो । शुक्रबार मन्तिपरिषद्ले त्यसलाई पूरा गर्ने निर्णय गरेको छ । यससँगै मोर्चाले अपेक्षा गरेको अन्तरिम संविधानको अधिकार पुनस्थापित भएको छ ।समानुपातिक समावेशिताका आधारमा राज्यका अंग, तह र निकायमा प्रतिनिधित्वको माग पनि सम्बोधन हुने भएको छ ।
सहमतिको सरकार गठनमा कसले गर्यो चलखेल ?
शनिवार विहान कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिको सरकार कठिन भएको बताए । उनले यस अघि दलहरुवीच सरकार गठनवारे कुनै सहमति नबनेको भन्दै एमाले र एमाओवादी नेताहरुले भन्दै आएको ‘भद्र सहमति’ को मार्गचित्रमा राजनीति अगाडि बढन नसक्ने संकेत गरेका छन् । देउवा आफै पनि प्रधानमन्त्रीको दौडमा देखिएका छन् । .... देउवाको भनाई सार्वजनिक भएको केही घण्टामै एमाले अध्यक्ष केपी ओलीले सहमतिको सरकार बन्न नदिने चलखेल भएको बताए । भावी प्रधानमन्त्रीका रुपमा चित्रण गरिएका ओलीले नै युवा संघको कार्यक्रममा यसरी विचार व्यक्त गरेपछि शक्तिकेन्द्रहरु सरकारका विभिन्न विकल्पको जोडघटाउमा लागेको अनुमान गरिएको छ । ..... राष्ट्रपतिले दिएको समयसीमाभित्र सहमति जुटाउने कोषिश हुन्छ । त्यसो भएन भने बहुमतिय प्रक्रियाबाट प्रधानमन्त्री चयन हुने ।
भूकम्प र आन्दोलनले गर्दा नेपालको अर्थतन्त्र २.१ प्रतिशतले ह्रास : आइएमएफ
नेपालले पुुरानो आर्थिक अवस्था नजिक पुग्न अझै दुई वर्ष कुनुपर्नेछ । .... नयाँ संविधान निमार्णसँगै राज्यको पुनसंरचना तथा प्रान्तको राजधानी निमार्ण गर्ने क्रममा अर्थतन्त्रमा थप गिरावट आउनसक्ने
इन्धन सङ्कट गहिरियो , ट्याक्सीलाई सातामा एकपटक मात्र पेट्रोल
सामान्य अवस्थामा दैनिक ३५० भन्दा बढी पेट्रोलियम पदार्थ बोकेका ट्याङकर स्वदेश भित्रने गरेकामा अहिले एक दर्जनभन्दा कम ट्याङ्कर मात्र भित्रिँदा बजारमा इन्धनको चरम सङ्कट उत्पन्न भएको छ । ..... आइतबारदेखि भने ट्याक्सीलाई पनि पेट्रोलियम पदार्थ नदिने भएको छ । सार्वजनिक सवारी साधनलाई मात्रै मौज्दात रहेको पेट्रोलियम पदार्थ दिने र यातायात सहज बनाउने निगमको ध्येय छ । निगमसँग एकाध दिनलाई मात्रै पुग्ने पेट्रोलियम पदार्थ मौज्दात रहेको छ । सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प, साझा र अन्य निजी क्षेत्रका पम्पलाई निश्चित कोटाका आधारमा पेट्रोलियम पदार्थ दिइआएको छ ।
रक्तदान गर्नुस्, स्वस्थ रहनुस्
एउटा स्वस्थ मानिसले हरेक तीन महिनाको अन्तरालमा रक्तदान गर्नसक्छ । ..... एक व्यक्तीले गरेको रक्तदानबाट लगभग तीन व्यक्तीको ज्यान बच्न सक्छ । कति मानिसलाई लागेको हुन्छ कि रक्तदान गर्नाले कमजोर भइन्छ । तर वास्तविकता फरक छ । रक्तदानले शरिरमा नयाँ ब्लड सेल्स बनाउँछ जसले रक्तदान गर्नेलाई पनि स्वस्थ राख्छ । ..... रक्तदानले क्यान्सरको संभावनालाई शतप्रतिशत सम्म कम गर्छ । .... रक्तदानपछि शरिरमा नयाँ रगत बन्छ । यसले स्वास्थसँग जोडिएका थुप्रै समस्याहरुबाट टाढा राख्छ । रक्तदानले काँर्डियोवैस्कुलर स्वास्थको पनि नियन्त्रण गर्छ । रक्तदानका दौरान ब्लड प्रेसर, शरिरको तापक्रम , हेमोग्लोबिनजस्ता चेकअप गरिन्छ जसले शरिरको उतारचढावका बारेमा पनि जानकारी दिन्छन् र लामो समयसम्म स्वस्थ रहन सकिन्छ ।

India doesn't want Oli to b PM? Grt! Then I support Oli to b PM. Not bcoz I like Oli but bcoz I dislike Indian babus dictating everything.

Posted by Dinesh Prasain on Friday, October 2, 2015

नाकाबन्दी जारी है.....सदभावना नेतृत्व नाकाबन्दी बिरगंज

Posted by सदभावना पार्टी on Saturday, October 3, 2015

नाकाबन्दी गर्ने दिल्लीलाई मज्जाले गाली गरौं, सँगसँगै हाम्रा आफ्नै व्यक्तिगत कारणले कायर बनेका नेताहरूलाई पनि गाली गरौं ।

Posted by Deepak K Khadka on Saturday, October 3, 2015

नाकाबंदी अंत भएको म स्वागत गर्छु । अब पहाडका जनजाति तथा मधेशका मधेशी र आदिवासीले एकजुट भयी सृजनात्मक र लोकतांत्रिक प्रक्रिया बाट आफनो आंदोलन अगाडी बढाउनु पर्छ ।

Posted by Sarita Giri on Saturday, October 3, 2015

दिल्लीको दबाबले नेपालको संविधानको पहिलो संसोधन भयो भन्ने नै इतिहास राखिदिने त?संविधानको दिगोपनको लागि यो ऐतिहासिक दाग पत्युद्पादक हुनेछ । सोच्ने कि?

Posted by Deepak K Khadka on Friday, October 2, 2015

Retweeted Tara Nath Dahal (@tndahal7):नयाँ पुस्ताले भारतलाई चिन्न पाए।याे पनि राम्रै भाे।

Posted by Dinesh Prasain on Saturday, October 3, 2015

Now that India has Backed Off, I wish the Powers that Be in Nepal address ALL the Genuine demands of Madhesis - defenders of our Democracy!

Posted by Dinesh Prasain on Saturday, October 3, 2015

एक्यबद्धता ..... बिरगंज भंसार नाकाबन्दीको नेतृत्व गरिरहनु भएका सदभावना पार्टी का अध्यक्ष श्री राजेन्द्र महतोलाई बिभिन्न पेशाकर्मि र संघ संगठनहरूले एक्यबद्धता जनाएका पश्चात धन्यवाद ज्ञापन तथा सम्बोधन

Posted by सदभावना पार्टी on Saturday, October 3, 2015

India Backed Off!

Posted by Dinesh Prasain on Saturday, October 3, 2015

Retweeted Kanak Mani Dixit (@KanakManiDixit):With #1 check officially corrected, India is asked to #2 let Nepal amend its constitution as per its needs, #3 dont mess with govt change.

Posted by Dinesh Prasain on Saturday, October 3, 2015

Bharkhar ko tweet sankalan! -This lifting of #IndiaBlockadesNepal will be done, it seems, without official statement &...

Posted by Kanak Mani Dixit on Saturday, October 3, 2015

Retweeted Guna Raj Luitel (@gunaraj):दुःखबाट नसिक्ने समाजकाे भविश्य हुन्न। #नाकाबन्दी सहज हाेला। नबिर्साैं स्वावलम्बनकाे बाटाेले अहिले कठिन छ, तर भविश्य सुखद हुनेछ।

Posted by Dinesh Prasain on Saturday, October 3, 2015

Retweeted Bijaya Shiwakoti (@bshiwakoti):Found out that a restaurant in Durbarmarg which is barely functioning due to lack of gas has stopped serving Indian dishes on its menu.

Posted by Dinesh Prasain on Saturday, October 3, 2015

हरे ! के बोलेका नेपालका भावी प्रधानमन्त्रीका उम्मेदवारले ? भारतसँग वार्ता भइरहेको छ, आत्तिनु पर्दैन रे...

Posted by Deepak K Khadka on Saturday, October 3, 2015

Retweeted RatnaSansar Shrestha (@rsansar):@rsansar @kundadixit मधेशी दलअरुले अाफैले नाकाबन्दी गरेको भनेका थिए । अब भारतले नाकाबन्दी खोले पछि यीनारुले अाफ्नो लाज चैं केले छोप्ने होला!

Posted by Dinesh Prasain on Saturday, October 3, 2015

Retweeted Sanam Chitrakar (@ChitrakarSanam):भनेपछि नकाबन्दी अघोषित मात्र त रैछ नि । छोडने बेलामा त घोषणा गर्नै परो ।

Posted by Dinesh Prasain on Saturday, October 3, 2015

क) ब्राह्मणले गैरकानुनी सम्भोग गरे केश मुँडेर छोडिदिने;ख) क्षेत्रिले गैरकानुनी सम्भोग गरे रु १००० दण्ड तिराउने;ग) वैश्...

Posted by ESamata on Friday, October 2, 2015

Retweeted Shristi Mainali (@sristee44):तातोपानी-खासा को बाटो खुल्नु अनि यता अघोषित नाकाबन्दी पनि खोल्न भन्नु.. Co-incidence?

Posted by Dinesh Prasain on Saturday, October 3, 2015

दुई अभावमा दुई माग.....अहिले नेपाल (काठमाण्डौ) मा दुई चिज ग्यास र पेट्रोलियम पदार्थको अभाव भएपछि शोषक सरकारले आन्दोलनक...

Posted by Upendra Mahato on Saturday, October 3, 2015

Blockade or No Blockade, realizing its not just Commonsense but also makes business sense 2 go Green. I'm going solar as much as possible.

Posted by Dinesh Prasain on Saturday, October 3, 2015
On Location: Nepal's India border crossings closed

Nepal, a landlocked country that heavily depends on border trade with India for supplies, is facing severe shortages in essential supplies including petrol, diesel, kerosene, aviation fuel, and cooking gas.Border crossings between Nepal and India have essentially been closed due to what the Nepali government is calling a blockade by the Indian government. India, however, denies the blockade and argues that the disruption in border trade is due to “unrest, protests and demonstrations” in Nepal following the promulgation of a new constitution on September 20.

Posted by Al Jazeera English on Wednesday, September 30, 2015

मा बाबुराम भट्टराईको ठाउँमा भए पार्टी छोड्दा जनतासँग यसरि आफुले आफैलाई फेरी एक पटक चिनाऊँथे कि?(नरिसाउनुहोस् है बाबुरा...

Posted by Dr. Rudra Pandey - Economist on Friday, October 2, 2015

आप के जज़्बे को सलाम.....आन्दोलन में दो गोली लगने वाला अमीरीलालजी मौत को मात देते हुए बिर अस्पताल काठमाण्डौ से डिस्चार...

Posted by Upendra Mahato on Saturday, October 3, 2015

Retweeted Devendra Raj Panday (@DRP39):@akhileshU Defining "unofficial blockade": You didn't impose it, but you are able to lift it.

Posted by Dinesh Prasain on Saturday, October 3, 2015

मधेस आन्दोलन का ५० दिन : जरा सोचें मधेस आन्दोलन का ५० दिन : जरा सोचें 03-10-201520:10तराई - मधेस और नेपाल के मूलधा...

Posted by Vijay Kumar Singh on Saturday, October 3, 2015




No comments: