Monday, September 14, 2015

जनता ले एक पटक मात्र वोट खसाल्न पाउने राखदिउँ

एक पटक चाहिँ छान्न पाउने कुन पार्टी ले देशमा शासन गर्ने भनेर। त्यस पछि अर्को पटक वोट गर्न नपाउने। किनभने अर्को पटक पनि जनता लाई वोट खसाल्न दियो भने सत्ता मा रहेको पार्टी लाई फाल्ने संभावना रहन्छ। उसै पनि जनमत को आधार मा सत्ता मा पुगेको पार्टी लाई फाल्नु किन पर्यो?

जनता ले एक पटक मात्र वोट खसाल्न पाउने राखदिउँ संविधान मा।

आत्म निर्णय को अधिकार भनेको त्यस्तै हो। सर्भभौमसत्ता जनता मा छ। त्यो मानव अधिकार हो। Right to free speech जस्तै Right to self determination पनि छ चार्टर मा लेखेको।

स्वायत्त प्रदेश भनेको आत्म निर्णय को अधिकार नै भनेको हो। त्यसैले समानुपातिक समावेशी मा जोड़ दिएको। किनभने समानुपातिक समावेशी पायो भने स्वायत्त प्रदेश ले अलग देश बनने इच्छा नै गर्दैन।


No comments: