Monday, September 14, 2015

In The News (78)

वीरगंजवाट दुई दर्जन मोर्चाको कार्यकर्ता प्रहरी नियन्त्रणमा
अमरेशकुमारले पार्टीको निर्देशन नमान्ने, कारवाही गरे नयाँ पार्टी खोल्ने चेतावनी
मधेसबाट कांग्रेसका सभासद अमरेशकुमार सिंह, सुरेन्द्र चौधरी, राम अयोध्या यादव, दिनेश परसैला र तेजुलाल चौधरीले पार्टीको निर्देशन उल्लंघन गरेका छन् । पाँचैजना मधेसबाट प्रत्यक्ष निर्वाचित सभासद हुन् । .... मतदानमा अनिवार्य उपस्थित हुनुपर्ने भनी संसदीय दलले जारी गरेको निर्देशन नमान्ने सभासदलाई बिधानबमोजिम कारवाही हुने प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बताए ।


कांग्रेसका तीन सभासद संविधानसभामा फर्किए
'अमरेशकुमार र सुरेन्द्र चौधरी अझै बाहिरै'
यसअघि आज विहान सभासद राम अयोध्या यादवले कारवाही गरे नयाँ पार्टी खोल्ने चेतावनी दिएका थिए । तर, कांग्रेसका चर्चित मधेसी सभासद अमरेशकुमार सिंह र सुरेन्द्र चौधरी भने पार्टीको चेतावनीपछि पनि संविधान निर्माणको प्रक्रियामा फर्किएनन् ।
भारतीय सिमा पारीका जनताले नाकाबन्दी गर्दै मधेश आन्दोलन प्रति समर्थन जनाए
महोत्तरीका विभिन्न सिमा स्थित स्थानियहरुले आन्दोलनलाई समर्थन गर्दै आज सोमवार नाकाबन्दी गरेका छन् ।नोचा,मच्छपकौनी,बेला,गोरहारी,कन्हमा,भगौतीपुर,लगायतका नाकाहरु बन्द रहेको छ । मच्छपकौनीका मुखिया पवन मण्डल र नागरिक समाजका अगुवा अन्गद पुर्वेले नाकाबन्दीबारे जानकारी दिदै प्रहरी प्रसासनको लागि पुर्णरुपमा बन्द गरिएको हो र सर्वसाधारणको दैनिक उपभोग्य केहि परिमाणको लागि भने छुट रहेको जनाएका छन । ...... साथै कन्हमा गाविस स्थित बजार तथा पसलहरु पुर्णरुपमा बन्द रहेको जनाउदै कन्हमा उद्योग वाणिज्य संघका अध्यक्ष राम दरेश साह र ग्राम पञ्चायत प्रमुख शेष जुमन ले समेत आन्दोलन प्रति ऐक्यबद्धता जनाएका छन् । ...... उनीहरुले नेपाल र भारत बीच रोटी बेटीको सम्बन्ध भएको र नेपालमा आफ्ना आफन्त माथि प्रहरी प्रशासनले ज्यादति गरेका भन्दै महोत्तरीको सिमा नाकाहरु बन्द गर्ने जनाएका छन् ।
मारिएका मधेशीको दाहसंस्कारमा पनि रोक, लास कुहिंदै
आन्दोलन अझै लम्बिन्छः महतो
महतोले प्रान्तदेखि केन्द्रसम्म आफ्नै शासन सत्ता हुने गरी तीन दलले संविधान ल्याउन लागेको आरोप लगाए। उनले गणितीय आधारमा र बिगतका सबै सहमति र सम्झौतालाई उल्टाउदै जारी हुन लागेको संविधान मुलुकका अधिकांश जनतालाई मान्य नहुने जिकिर गरे। ..... उनले बेग्लाबेग्लै मोर्चालाई एउटै पारेर आन्दोलनलाई नयाँ कार्यक्रमसाथ अगाडी बढाउनु पर्ने बेला आएको बताए । ..... महतोले मधेसबाट प्रतिनिधित्व गर्ने सभासदको कमजोरीले यो अवस्था आएको टिप्पणी गरे । मधेसी दलभित्रै अवसरबादी भएर जनताको चाहना कुण्ठित हुन पुगेको उनले आरोप लगाए। ..... महतोले कांग्रेस, एमाले र एमाओवादीभित्रका मधेशी जनजाति सभासद पार्टीको गुलाम भएको आरोप लगाए । 'उनीहरु संविधानसभा छोडेर निस्केको भए स्थिति फरक हुने थियो,' महतोले भने, 'अहिले पनि उनीहरु सुध्रिएर आए अवस्था फेरिन सक्छ ।' ..... सरकार तथा कांग्रेस, एमाले र एमाओवादीका नेताहरुले वार्ता गर्नै नचाहेको आरोप लगाए । 'कोसंग गर्ने वार्ता ? आउनु प¥यो नी ! टेबुल कुर्सीसंग गर्ने वार्ता ?' महतोले भने, 'वार्तासार्ताको कुरा नाटक मात्र हो । मुद्दामा छलफल गर्न कोही तयार छैन् ।'


राजेन्द्र महतो भन्छन्-संविधान रद्धिको टोकरीमा फालिन्छ
संविधानसभा छोडेर आन्दोलनमा आउन मधेसी सभासदलाई आग्रह
यसैबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनका कारण स्थिति तनावग्रस्त भएपछि वीरगन्जमा लगाइएको कर्फ्यू स्थानीय प्रशासनले खुकुलो पारेको छ । यसअघि विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म लाग्दै आएको कर्फ्यू सोमबार विहान ९ बजेदेखि ११ बजेसम्म मात्रै लगाइएको थियो ।
पर्सा र रौतहटबाट ३० जना मधेशी नेता पक्राउ, रिहा गर्न थर्ड एलायन्सको अपिल

No comments: