Saturday, August 08, 2015

In The News (9)

एमाओवादीमा चर्काचर्की : बाबुरामको पार्टी छोड्ने र अनन्तको विद्रोहको चेतावनि
बहुपहिचान, प्रदेशको संख्या, शासकीय स्वरुप जस्ता विषयमा एकपछि अर्को गर्दै आफ्ना अडान छोडेको भन्दे एमाओवादीमा तीव्र विवाद र चर्काचर्की भएको छ । ...... जनताको लागि लडेको पार्टी एकथान संविधानकै लागि एकपछि अर्को गर्दै कांग्रेस र एमालेसामू घुँडा टेक्ने र सम्झौता गर्न तयार भएको भन्दै युवा नेताहरु वर्षमान पुनः अनन्त, जनार्दश शर्मा प्रभाकर, हरिबोल गजुरेलसहितले ‘अब माओवादीकै एजेण्डा बाँकी रहेन’ भन्दै विद्रोह गर्ने चेतावनी दिएका छन् । संविधानको मस्यौदादेखि दलबीच पछिल्लोपटक भएको भनिएको ६ प्रदेशको संघीयतामा माओवादीले उठाएको एजेण्डा कहीँनेर पनि नदेखिएको भन्दै सदस्यले नेतृत्वलाई घुँडा नटेक्न सुझाएको ........

शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले असहमतिलाई थाती राखेर भए पनि संविधानलाई टुंगोमा पुर्याउनु एमाओवादीका लागि बाध्यात्मक भएको बताउँदै गर्दा अनन्तले बीचमै उठेर प्रति प्रचण्डको भनाईको प्रतिवाद गरेका थिए ।

...... प्रचण्डले सम्झाउने प्रयास स्वरुप कुरा त सुन्नुस् भन्दै ‘हाम्रो सामू राजनीतिक कोर्षलाई अघि बढाउन सम्झौता गरेर जानुपर्यो’ भन्दै गर्दा पनि अनन्त झन् आगो भए । ...... प्रचण्डकै शैलीमा आफूलाई बाध्यात्मक अवस्था आएको बाबुरामले बोल्न नपाउँदै अनन्त पुनः कड्कन पुगे । ‘तपाईंहरुले एकपछि अर्को गर्दै एजेण्डा छोड्ने हो भने हामी पार्टीमा विद्रोह गर्छौ ....... संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली, धर्मका विषयमा नेतृत्व झुकेको भन्दै बैठकमा अधिकांश सदस्य नेतृत्वविरुद्ध खनिन थालेपछि

भट्टराईले यस्तै हो भने म पार्टी र संवाद समितिको सभापतिबाटै राजीनामा दिन्छु भनेका थिए ।

........... तर, सदस्यहरुले पार्टीबाट राजीनामा वा संवाद समितिबाट राजीनामाले फरक नपर्नेभन्दै आफू लड्दै आएको मुद्दा महत्वपूर्ण भएको बताएका थिए । अर्का नेता जनार्दश शर्माले पनि माओवादीका नेताहरुले पदसँग एजेण्डा साट्न नहुने बताए । ..... टोपबहादुर रायमाझीसहितका केही नेता लुम्बिनी टुक्राउन पाइदैंन भन्दै संघीयता विरोधी हुँदै कांग्रेस र एमालेको कित्तामा उभिंदै हस्ताक्षर अभियान चलाएकोमा समेत सदस्यहरुले तीव्र विरोध जनाएका थिए । ........ यस अघि झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरमा विवाद भए पनि यो मिल्दै गर्दा फेरि अखण्ड लुम्बिनी, अखण्ड अर्को के भन्दै माओवादीलाई गलाउने भएको
बागलुङ र नवलपरासीबाहेक कुनै जिल्ला टुक्रिएनन्
सीमांकन विवाद टुंगियो : मध्यरातमा दलहरुद्वारा हस्ताक्षर
सीमांकनको विषय टुंग्याउँदै दलहरुले शनिबार राती प्रतिवेदनमा हस्ताक्षर गरेका छन् । ...... एमाओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले फरक मत राखेर जाने भएका छन् । योसँगै

दलहरुले मध्यरातमा सम्झौता गर्ने परम्परालाई निरन्तरता दिएका छन् ।

...... कोइरालाले शान्ति र स्थायित्व अहिलेको आवश्यकता भएको उल्लेख गर्दै आजको सहमतिले मुलुक आधुनिक युगमा प्रवेश गरेको हुँदा

आठ÷दश वर्षमै मुलुक समृद्ध हुने बताए

। संविधानसभा, राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले शक्ति सन्तुलनको साझा दस्तावेजका रुपमा संविधान रहने भएकाले यसको सुधार र परिमार्जनको अझै केही चरणहरु बाँकी रहेको बताए । .......... विजय कुमार गच्छदार .. हस्ताक्षरपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सीमांकन मधेशी, आदिवासी, जनजाती लगायतका लागि चित्तबुझ्दो नभएको भन्दै त्यसलाई सच्याउन पर्ने कुरा बताए । अध्यक्ष गच्छदारले प्रधानमन्त्रीलगायत अन्य नेताहरुले आफूलाई यस विषयलाई परिमार्जन गर्दै जाने प्रतिबद्धता जनाएपछि हस्ताक्षर गर्न तयार भएको स्पष्ट पारे । ....... उनले भने, “मलुक सबैभन्दा ठूलो हो, यथास्थितिमा रहँदा कसैलाई फाइदा हुदैन, संविधान निर्माणको चरणमा सबैले सघाउनुपर्ने आजको आवश्यकता हो ।” ....... अब सहमति हुन बाँकी रहेका धर्म निरपेक्षता, संवैधानिक अदालत र थ्रेसहोल्डको विषयलाई छलफल गर्न बाँकी रहेको विषयका रुपमा प्रतिवेदन तयारी गरी संवैधानिक राजनीतिक संवाद तथा सहमति सहमतिका पेश गरिने भएको छ । आजको बैठकमा

नेताहरु सहमति भएका विषयलाई सहमतिका रुपमा र असहमतिका विषयलाई असहमतिका रुपमा राखेर प्रतिवदेन तयारी गर्न सहमत भएका हुन् ।

........ प्रेस स्वतन्त्रताको ठाउँमा पूर्ण प्रेस स्वतन्त्रता लेखिने भएको छ । त्यस्तै सुरक्षा परिषद्मा प्रधानसेनापति पनि रहने व्यवस्था गरेको छ भने नागरिकता सम्बन्धी व्यवस्थामा आमा र बुवाको ठाउँमा आमा वा बुवा बनाइएको छ ।
Parties still differ on secularism, threshold
parties are in final phase of discussions on splitting Rukum, Nawalparasi and Baglung districts to include them in separate provinces.
सीमांकनसहित ६ प्रदेशमा सहमति, गच्छदारलाई मनाउने प्रयास
दलहरुले गरेको ६ प्रदेशको सीमांकनमा बाग्लुङ र नवलपरासी जिल्ला टुक्रिएको छ । प्रदेशहरुको नाम राखिएको छैन । यो प्रदेश सभाले नै राख्नेछ । ..... एमाओवादीले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरबारे फरक मत राखेको छ । सप्तरीलाई पूर्वी प्रदेशमा राख्नु पर्ने माग गर्दै फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले हस्ताक्षर गर्न मानेका छैनन् । उनलाई मनाउने प्रयास जारी छ ।
मधेश छ प्रदेशमा बाँडियो
मिडिया मधेशमा दुई प्रदेशको भ्रम फैलाउँदै
शनिबार साँझ प्रमुख दलहरुले ६ प्रदेशमा मधेशलाई बाँड्ने सहमति गरेका छन् । कुल ६ प्रदेशमै मधेशका भूभागलाई बाँडिको छ । ....... नेपाली मिडियाहरुले मधेशमा दुई प्रदेश भएको भ्रम फईलाई रहेका छन् ।
अमरेशको खुल्यो बास्तविकता, ‘काँग्रेसकै प्रभाव कायम राख्न विरोध गरेको हुँ’
सिंहले आफु पार्टीकै प्रभाव कायम राख्न मधेशमा काम गरिरहेको उल्लेख छन् । उनले आफनो विरोधबाट मधेशी जनता नेपाली काँग्रेसप्रति सकारात्मक रहिरहने तर्क पनि प्रस्तुत गरेका छन् । ...... मधेशी जनताको भावना र चाहना अनुरुपको भूमिका काँग्रेसका हामी जस्ता जिम्मेवार कार्यकर्ताहरुले निर्वाह नगर्दा अरु कसैले मधेशमा अधिपत्य जमाउन सक्छ ।’ ....... मधेसका जनताको समर्थन विना कांग्रेसले चुनाव जितेको छैन । काग्रेसको राजनीतिक भविष्य निर्धारणमा मधेसको भूमिका सदैव अग्रणी स्थानमा रहेको छ । नेपाली कांग्रेसको उर्वर भूमि नै मधेस हो ।’ ..... संविधानको मस्यौदामाथि सुझाव संकलन भईरहँदा सभासद् अमरेश सिंह मधेशका जिल्लाहरुमा सिमांकन तथा नामाकंनसहितको संविधान जारी नभए मधेश अलग देश बन्न सक्ने चेतावनी दिदै थिए ।

मधेशमा नयाँ शक्ति निर्माणका लागि मधेशी एनजीओकर्मीहरुले सिंहलाई मधेश यात्रा गराउँदै थिए ।

जनकपुरधामबाट लखेटिनुभन्दा अघिल्लो दिन सिंहले आफू मस्यौदाको पुर्ण विरोधमा रहेको र सुझाव संकलन बहिस्कार गरेको बताएका थिए ।
मधेश–थरुहट हरण भयो, अब आगो बल्छ : राजेन्द्र महतो
यसअघि सुझाव संकलनका बेला जनताले ट्रेलर मात्र देखाएका थिए अव पुरा फिल्म देखाउने छन् ।’ ..... ‘यस किसिमबाट आएको संविधान गर्भ मै तुहिनेछ ।’.... ‘यो सहमतिले मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन तथा सम्पूर्ण परिर्वतनका आन्दोलनहरुलाई समाप्त पारेको छ । यसबाट देशमै विपद निम्तिनेछ । जसको नियन्त्रण यो प्रमुख भनिएका पार्टीहरुले गर्न सक्ने छैन । यिनीहरु नै समाप्त भएर जाने छन् ।’
महन्थ ठाकुरले भने,‘ज्यान गएपनि मधेशको छ टुक्रा स्वीकार गर्दैनौं’
ठाकुरले भने,‘हामी सुरुदेखि नै १६ बुँदेको विरोधमा छौं । चार दलले गरेको एकलौटी निर्णय हामीलाई मान्य हुने छैन ।’ ...... ‘हामी त मधेशमा धेरै प्रदेश स्वीकार गर्ने अवस्थामा छैनौ तर अहिले त मधेशलाई नै धेरै टुक्रामा गाभिएको छ । यो स्वीकार गर्नु असम्भव हो ।’ ....... आगामी आन्दोलन बारेको प्रश्नमा अध्यक्ष ठाकुले आइतबार मधेशी मोर्चाका सबै नेताहरु बसेर छलफल गर्ने बताए । ठाकुरले मोर्चाले आन्दोलन घोषणा पहिले नै गरिसकेको जानकारी गराउँदै थप निर्णय आइतबार हुने बताए ।

No comments: