Monday, August 03, 2015

In The News (3)

सीमांकन टुंग्याउने गृहकार्य
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले ८ प्रदेश बनाउने भनिए पनि संख्या थपघट गरेर सीमांकन टुंग्याउने विषयमा समेत छलफल भएको जानकारी दिए । पूर्वका झापा, मोरङ, सुनसरी र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर गरी ५ जिल्ला कता राख्ने भन्ने विषयमै छलफल केन्द्रित भएको उल्लेख गर्दै उनले भने, 'यी जिल्ला एक अर्को प्रदेशमा बाँडेर वा विभाजन गरेर समाधान खोज्ने दिशामा पनि छलफल भएको छ । तर टुंगिइसकेको छैन ।' उनले मूलभूत रूपमा सीमांकन, नागरिकता र धर्मका बारेमा छलफल बढी केन्द्रित रहेको जनाए । ..... सबै विषयको टुंगो ८/१० दिनभित्र लाग्छ ..... सभापति भट्टराईले ४ दिनको समय दिँदा आफूले कुनै पनि शीर्ष नेता जिल्लाबाहिर जान नहुने, यही रहँदा पनि अन्य कार्यक्रम छाडेर संविधानमै केन्द्रित हुनुपर्ने सर्त राखेको बताए । तर, शीर्ष नेताहरूले बैठकमा पूरा समय नदिएको उनको भनाइ छ । 'संवाद समितिमा सबै दलका शीर्ष नेता हुनुहुन्छ । संवादले बनाएको विशेष समितिमा चार दलका प्रमुख हुनुहुन्छ । मूलभूत विषय यहाँ नटुंग्याई पठाउने हो भने डेढ, दुई महिनामा पनि सहमति बन्दैन । त्यसैले बरु केही समय लगाएर यहीबाट टुंग्याउनु राम्रो हुन्छ ।' संवादबाट टुंगिएपछि अरू प्रक्रियाको समय छोट्याएर साउनभित्रै वा नभए भदौको पहिलो साताभित्र संविधान जारी गर्न सकिने उनले बताए ।
बजेटमा सत्तापक्षकै तीव्र असन्तुष्टि
प्रतिपक्षद्वारा सदन बहिस्कार
सत्तारूढ एमालेका सांसदहरूले बजेट कांग्रेसको महाधिवेशनमूखी भएको, केही मन्त्रीका निर्वाचन क्षेत्रमा मात्र योजना पारिएको, महाभूकम्पपछिको आवश्यकतालाई सम्बोधन नगरिएको .... 'आवश्यकता अनुसार बजेट ल्याइने र राष्ट्रिय एकता मजबुत हुने अवस्था नआउन्जेल हामी सदनमा नरहने जानकारी गराउँछौं', बजेटमा असहमति राख्दै प्रमुख विपक्षी एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले सदनमा भने । उनको भनाइपछि एमाओवादीका सबै सांसदहरू हल बाहिर निस्किएका थिए । ...... 'कांग्रेसको महाधिवेशन नजिकिदैछ । बजेट पनि त्यतै ढल्केको छ', उनले भने-'कांग्रेसमा पनि मन्त्रीमुखी बजेट आएको छ ।' ..... राष्ट्रिय ढुकुटीमा मनलागी गरिएको छ ..... 'देश कसरी बनाउने भन्ने सोचाई मन्त्रीहरूको देखिएन । कांग्रेसका मन्त्रीहरूमा कसरी हुन्छ महाधिवेशनमा बलियो हुने भन्ने मात्र देखियो । त्यही भएर बजेट दुरुपयोग गरियो' ..... 'अर्थ मन्त्रीज्यू बेलायतमा पढेका विद्वान हुनुहुन्छ । खुलाबजार अर्थतन्त्रका पक्षपाती त हुनुहुन्छ । तर उहाँले कहिल्यै नेपाल सुहाउदो बजेट ल्याउन सक्नुभएन', सुवेदीले भने ।
सीमांकनसहितको संविधान साउनभित्रै: ओली
‘दिल्ली आउनुमा निजी इच्छा पनि नभएको होइन’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘असन्तुष्ट पक्षलाई पनि सकेसम्म मिलाएर जाँदा उपयुक्त हुने’ भन्नुभएको छ । विवाद र असहमतिको कुनै कुरा बाँकी रहेमा पछि तिक्तता बढ्न सक्छ समेत भन्नुभएको छ । सायद उहाँले ‘असन्तुष्ट पक्ष’ भनेर मधेसी दलहरूतर्फ संकेत गर्नुभएको हुन सक्छ । ..... धर्मका बारे .. मोदी यो विषयमा प्रवेश गर्नुभएन । ...... हेर्नुस्,

पञ्चेश्वर उच्च बाँध परियोजना भनेको मेरो ‘ड्रिम–प्रोजेक्ट’ हो

। म आफू प्रधानमन्त्री छँदा झन्डै दुई दशकअघि भारतसँग भएको महाकाली सम्झौतासँग जन्मिएको पञ्चेश्वर परियोजना कार्यान्वयनमा आएमा नेपालको सुदूरपश्चिम भेगमा अर्कै प्रगतिको सूचकांक देख्न सकिनेछ । त्यहाँ बन्ने उच्च बाँध र उत्पादन हुने ६ हजार ५ सय मेगावाट विद्युत्को बजारले हामीलाई अर्कै युगमा लैजानेछ । यही क्रममा विद्युत् व्यापारको गत २०१४ अक्टोबर २१ को द्वैदेशीय सम्झौताले मेरो ‘ड्रिम–प्रोजेक्ट’ लाई बल दिने काम गरेको छ । यो परियोजनापछि नेपालको ९३ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुग्ने लक्ष्य पनि एकैसाथ जोडिएको छ । यसबाट हुने रोजगारी, विकासको फड्को र आधुनिकीकरणले नेपालको सुदूरपश्चिमलाई एकैचोटि छुने निश्चित छ । ...... हेर्नुस्, मलाई भारतीय राजदूत रणजित रायले भारत जाने कि भनेर सोध्नुभयो । मैले जान्छु भनेर इच्छा देखाएँ । त्यसपछि दिल्लीबाट निम्तो आयो, म आएँ । यसमा हाम्रो पनि इच्छा नभएको होइन । यसलाई यसरी नै बुझ्नुस् । ....... हाम्रोतर्फको यथार्थ र हामीले गर्ने दाबी के हो भने लिपुलेकसहित कालापानी र सुस्ता नेपालको भूभाग हो । यसमा ‘भारतले गर्ने दाबी आफ्नै प्रकारको हुन सक्ने’ धारणा राख्नु कूटनीतिक–सन्तुलन मात्रै होइन, स्पष्ट कुरै यही हो ।

No comments: