Friday, August 21, 2015

In The News (27)



‘मधेशी चोर देश छोर’ भन्दै घरमा ढुँगामुढा गरे : अध्यक्ष गुप्ता
मधेशी मोर्चाको प्रर्दशन पश्चात नेपाली झण्डा तथा खुकुरीसहित निस्केको जुलुसले आफनो घरमाथि ढुँगामुढा गर्दै गाली गलौज गरेको बताए । ...... ‘करिब ५ सयको संख्यमा निस्केको गैरमधेशीहरुको जुलुसले मेरो घरमाथि ढुँगामुढा गरयो । मेरो च्यानल गेट फोडेर भित्र पस्ने प्रयास गरे तर सकेन । हामी सबै परिवार तथा कार्यकर्ताहरु लुक्यौं । उनीहरुले भन्दै थिए, मधेशी चोर देश छोर र अन्य अपशब्द प्रयोग गर्दै थिए ।’ .... गुप्ताले हातहतियारसहित आएको गैरमधेशीहरुको टोलीले घरमाथि आक्रमण गर्दा आफूले प्रहरीलाई जानकारी गराएको तर प्रहरीले तत्काल चाँसो नदिएको बताए । उनले भने, ‘मैले एसपीलाई फोन गरेको थिए, उसले

अहिले साम्प्रदायिक दंगा भड्केको अवस्थामा केही गर्न नमिल्ने बताए ।

त्यसपछि ठिकै छ तपाईको सुरक्षाको व्यवस्था गर्दैछौं भनेर फोन राखे ।’
फोरम नेपालका उपाध्यक्षको चेतावनी,‘विद्रोहमा दमन भए विखण्डन हुन्छ’
संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले बिभेद भएको ठाँउमा विद्रोह हुने र त्यस विद्रोहलाई दमन गर्न खोजे मुलुक विखण्डन तिर जाने चेतावनी दिए । ..... संघीय समाजवादी फोरम नेपालका नेता एवम पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीले उनले आफूहरुको आन्दोलन जनतालाई अधिकारविहीन राख्ने मस्यौदा विरुद्धको आन्दोलन भएको भन्दै धर्म निरपेक्षता, पहिचान, समानुपातिक समावेशीता र मधेस प्रदेशको मागमा एक भएर संयूक्त आन्दोलन गर्न तयार भएको स्पष्ट पारे । .....

जनताको करबाट किनेको बन्दुक र गोली जनतालाई हान्न नभई राष्ट्रको सुरक्षाको लागि भएको भन्दै यस्तै दमन राखे गृहमन्त्री बामदेब गौतमको हालत राजाको भन्दा पनि बत्तर हुने चेतावनी दिए ।

भारतीय प्रधानमन्त्रीलाई जयकृष्ण गोइतको पत्र
भारत–नेपाल “शान्ति एवं मैत्री” सन्धि – १९५० को धारा – ८ को नेपालमा दोहरो मापदण्ड रहेको ..... भारत र बृटेनका प्रधानमन्त्री, रूस, चीन र अमेरिकाको राष्ट्रपति, यूरोपीय सघको अध्यक्ष र संयुक्त राष्ट्र संघको महासचिवलाई पठाएको पत्र

No comments: