Saturday, August 15, 2015

Hridayesh Tripathy

दलित दृष्टिमा पुनःनिर्माण “प्रोजेक्ट” : न अधिकार, नत पहुँच नै !
हालसम्म ८,७९० जनाको मृत्यु भइसकेको छ, २२,३०० घाइते भएका छन् र करिब ८० लाख जनसंख्या प्रभावित भएका छन् । क्षतिको जम्मा मूल्य ७०६ अर्ब रुपैयाँ अनुमान गरिएको छ । यी अंकले भुइँचालोको शक्तितर्फ इंगित गर्छन् कि नेपाली राज्य र समाजको शक्तिहीनतातर्फ ? ........ काठमाडौंमा रहेका एक थरी इन्जिनियरले टिनको टनेल घरको डिजाइन बनाए । गृष्म ऋतु चलिरहेको थियो र वर्षा ऋतु नजिकिइरहेको थियो । कुनै इन्जिनियर वा सरकारी वा दातृ निकायले भूकम्पपीडितको खास आवश्यकता र घरसम्बन्धी स्थानीय मानिसहरुको ज्ञानलाई अलिकति पनि अध्ययन गरेका थिएनन् । विभिन्न स्रोत र साधन परिचालन गरेर जब यस्ता अस्थायी टहरा तयार गरिए, त्यसपछि कैयौं टहरालाई स्थानीय जनताले दाउरा वा अरु सामान राख्ने स्टोरका रुपमा प्रयोग गरे । कुनै बेला आइएनजिओ वा एनजिओले बनाइदिएका पक्की ट्वाइलेटलाई स्थानीय जनताले बाख्रा बाँध्ने खोर बनाएको तथ्य चलेको थियो । यहाँ त्यही परिदृश्य दोहोरियो । ...... सरकारको पुनःनिर्माणसम्बन्धी अवधारणा पनि बिल्कुल एक एनजिओ प्रोजेक्टजस्तो देखिन्छ । ..... केन्द्रिकृत राज्यसत्ताको अवधारणाअनुरुप नै पिडिएनए बनेको छ । सरकारले एक पुनःनिर्माण प्राधिकरणसम्बन्धी एक अध्यादेश जारी गरेको छ र प्रधानमन्त्रीकै नेतृत्वमा सल्लाह र समन्वय गर्ने समिति बनाएको छ । यी हास्यास्पद निर्णयको माध्यमबाट सरकारले के भनिरहेको छ भने हामीसँग भूकम्पको अर्थराजनीतिक आयामलाई हेर्ने कुनै दृष्टिकोण छैन, त्यसैले हामी पञ्चायतकालकै विरासत अघि बढाइरहेका छौं । सन् १९५० को दशकदेखि नेपालमा चलाइएको विकास प्रोजेक्ट, वैदेशिक सहायताको चक्रव्यूह र ‘डाटा गेम’को असफल विरासतलाई सरकारले पुनः एकपटक अनुसरण गरेको छ । यी अवधारणाको आलोचनात्मक अध्ययन गरेका नन्द आर. श्रेष्ठ र इयुगुने ब्रेमर मिहालीले विभिन्न सन्दर्भमा उल्लेख गरेझैं सरकारको पुनःनिर्माण तथा पुनःस्थापनाको सैद्धान्तिक आधार उही डाटाको उत्पादन र पुनःउत्पादन, विकासका नाममा स्थानीय ज्ञान र सीपको हत्या तथा शक्तिराष्ट्रहरुको चलखेल सुनिश्चित गर्ने प्रकारको छ । ......... यो केवल पञ्चायतको अर्थराजनीतिक विरासत बोक्ने अवधारणा बन्न पुगेको छ जहाँ विज्ञ, शक्तिशाली र जान्नेसुन्नेहरुले काठमाडौंमा बसेर तथ्यांक विवेचना गर्छन, योजनाका पुस्तक लेख्छन् तर जनतासम्म कुनै फल पुग्दैन । यो सरकारी अवधारणाले नयाँ संविधानमार्फत सामाजिक न्याय स्थापना गर्ने, समानुपातिक र समावेशी हक स्थापित गर्ने एजेन्डालाई खारेज गर्दछ । ....... दलित मराठी शब्द हो । ..... डा. अम्बेडकरले यो शब्द प्रचलनमा ल्याए । ...... अरुन्धति रोयको विचारमा भारतमा चाहे ठूला व्यापार होस् वा साना, कृषि होस् वा उद्योग सबैतिर वर्णव्यवस्था र पुँजीवादको अनौठो भारतीय प्रकारको मिश्रण तयार भएको छ । अनि जातव्यवस्थाकै जगमा यो पुँजीवाद क्रुर प्रकारको बन्दै गएको छ । ...... पुनःनिर्माणको सरकारी भाष्यले दलितलगायत सीमान्तकृत र उत्पीडित समुदायलाई सामाजिक न्याय, राजनीतिक र आर्थिक अधिकारसहित पुनःस्थापित गर्ने कुनै मनसाय देखाएको छैन । अर्थात् पुनःनिर्माणको सरकारी पहल पुरानै राज्यव्यवस्थाको सैद्धान्तिक आधारमा उभिएको छ । ...... वैदेशिक सहायताको घोडा चढेर कुनै विकास कुनै गरिब मुलुकमा कहिल्यै आइपुगेन । यसले विदेशी शक्तिकेन्द्रको चलखेल अतुलनीय ढंगले बनायो र सहायता प्राप्त गर्ने मुलुकलाई अत्यन्त परनिर्भर बनाइदियो । ...... राष्ट्रिय पुँजी विकासै हुन नदिने ..... पिडिएनए तयार पार्न प्रत्यक्ष भूमिका खेल्ने आइएनजिओ र तिनै आइएनजिओको प्रोजेक्टमा काम गर्ने राष्ट्रिय योजना आयोगको तौलमध्ये कुन बलियो हुन्छ त्यो सहजै अनुमान गर्न सकिन्छ । ........

दलित दृष्टिमा पुनःनिर्माण प्रोजेक्टको सही अर्थमा कुनै पुनःनिर्माणको इरादा छैन ।

पूर्वमन्त्री झाले भारत गुहारे
सितामढी मिडिया फर बोर्डर हरमोनीद्वारा नेपालको नयाँ संविधान और मित्रताकी अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै पूर्वमन्त्री झाले मधेशी मजबुत भएको बेला नेपालमा भारतले चासो नदिएको बताए । ...... ‘भारतको अहिले पनि नेपालमा खुब चल्छ छ । भारत जे चाहन्छ त्यही नेपालमा हुन्छ । भारतको चाहनामा प्रधानन्याधिशलाई खिलराज रेग्मी सरकारको कार्यकारी प्रमुख बनाइयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख भारतको इसारामा नियुक्त हुन्छ । तर, आज सदनमा मधेशीको उपस्थिति कमजोर भएको बेला भारत मधेशीसँग रिस्ता तोडने काम गरेको छ,’ पूर्वमन्त्री झाले भने । ....... भारत नेपालमा जे पनि गर्नसक्ने अबस्थामा रहेको भएपनि मधेशीलाई अधिकार दिन किन चासो नदिएको भन्दै पूर्वमन्त्री झाले प्रश्न गरे । ‘मधेशी जनता भारतलाई आफ्नो सब भन्दा नजिकको मान्छन् । आफूले गर्न नसक्ने र आफ्नो औकात भन्दा बढीको काम भारतले गरिदिन्छ भन्ने ठान्छन’ उनले भने, ‘तर, भारतले हाम्रो चाहनामा ध्यान दिएन ।’ ...... नेपालको संविधानको मस्यौदाको सबैभन्दा विवादीत नागरिकताको विषयमा भारत बबोलेकोमा आफूलाई दुःख लागेको मन्त्री झाले बताए । पूर्वमन्त्री झाले भारतलाई मधेशी नेतातर्फ हेरेर नभई मधेशी जनता हेरेर सहयोग गर्न अनुरोध गरे । कार्यक्रममा विधायक मोतीलाल प्रसादले नेपालमा लोकतन्त्र मजबुत र संविधान समावेशी बनोस भन्ने आफुहरुको चाहना रहेको बताए । उनले नेपालको नागरिकताको विषयले भारतका चार प्रदेश प्रभावित हुने बताए । संघिय समाजवादी फोरम पर्सा जिल्ला अध्यक्ष प्रदीप यादवले नेपाल भारतको सम्बन्ध अब ठुलो खतराको घडीमा आईसकेको बताए । पत्रकार चन्द्रकिशोर झाले दुई देशको सम्बन्ध थप सुधार हुन आबश्यक रहेको बताए ।
सरकारद्वारा आदिवासीहरुको पहिचान संकटमा पार्ने गरी भूमि खोसिएको छ : डा. भट्टचन
‘भूमि, भूक्षेत्र तथा प्राकृतिक स्रोतसाधनसँग आदिवासीहरुको जीविकोपार्जन मात्र जोडिएको हुँदैन उनीहरुको सांस्कृतिक, आध्यात्मिक, सामाजिक, पहिचानको आधारहरु पनि जोडिएको हुन्छ ।’ कार्यपत्र प्रस्तुत गर्दै डा. कृष्णबहादुर भट्टचनले भने, ‘तर राज्य तथा सरकारले राष्ट्रिय महत्वको नाम दिएर राष्ट्रिय निकुञ्ज तथा आरक्षणहरु घोषणा गरेर, उनीहरुको शिकार गर्ने, खोरिया खेती गर्ने, चरीचरनको रुपमा प्रयोग गरिएको वनजंगल, भूमि, भूक्षेत्र, प्राकृतिक स्रोतसाधनहरु खोसिरहेको छ ।’ ...... त्यसैगरी डा. भट्टचनले अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी नं १६९ तथा आदिवासीको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रमा भएका प्रावधानहरु कानुनी हतियारको रुपमा प्रयोग गर्दै आफूले गुमाएको भूमि, भूक्षेत्र तथा प्राकृतिक स्रोतसाधनहरु पुनः प्राप्त गर्न जाग्नुपर्ने बताएका थिए ।
पाँच विकास क्षेत्रलाई प्रदेश बनाए हुन्छ : विद्या भण्डारी
‘विगतमा संघीयताबारे कुरै नबुझी १२/१५ प्रदेशका कुरा गरेका कारण अहिले समस्या अयो । सबैको मागलाई हेर्दा हिजोका पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउँदा उचित हुने देखियो ।’ ..... ‘६ प्रदेशबाट घटाएर ५ प्रदेश हुन सक्छ । तर अब प्रदेश बढाउने कुरा हुनै सक्दैन’ उनले भनिन्-‘पहिला मधेसको मात्र कुरा गर्नेहरु अहिले पहाड पनि चाहियो भन्दैछन् । संघियताको बारेमा नेताहरुले भर्खरै बुझ्दैछन् ।’
जानकी मन्दिरको भेटीले प्रदेश नम्बर २ चल्दैन : उपेन्द्र यादव
आन्दोलनलाई साम्प्रदायिक बनाएर दमन गर्ने षडयन्त्र गरेको दाबी
उपेन्द्र यादवले पर्सादेखि सप्तरीसम्मको प्रदेश नम्बर ३ सामर्थ्य विनाको भएको बताएका छन् । ..... ‘पर्सादेखिको सप्तरीसम्मको प्रदेशको कुनै पनि सामर्थ्य छैन । धान खेती छ, यो वर्ष पानी नपरेर त्यो पनि फल्दैन । जानकी मन्दिरमा चढाएको भेटीले प्रदेश चल्दैन ।’ .......

टिकापुरको आमसभा सञ्चारमाध्यमले ब्लाक आउट गरेको भन्दै उनले फेसबुकमा केही उरन्ठेउलाहरुले उपेन्द्र यादवलाई जनताले लखेटे भनेर गलत प्रचर गरेको दाबी गरे ।

उनले भने-‘यसरी साम्प्रदायिक विद्धैष फैलाउने काम दुःखद छ ।’ ...... केपी ओलीले साम्प्रदायिक र विखण्डनकारी भनेको प्रति लक्षित गर्दै संघीय समाजवादी फोरमका अध्यक्ष यादवले ओलीले अहिले प्रतिगमनको नेतृत्व गरिरहेको दावी गरे । ..... संविधानसभाले स्वामित्व ग्रहण गरेको, सहमति गरेको र अन्तरिम संविधानले स्विकारेको विषयलाई आधार मानेर संविधान बनाए आफुहरुलाई स्वीकार्य हुने उनले बताए । ........ तर, विगतमा भएका सहमति र अन्तरिम संविधान अनुसार संविधान नबनाए मुलुकमा ठूलो विपत्ति आउने उनले चेतावनी दिए ।


राष्ट्रपतिले गुनासो सुनाउँदै शीर्षनेतालाई रात्रीभोज खुवाए
भेटका अवसरका राष्ट्रपति यादवले शीर्षनेताहरुसँग संविधान निर्माण प्रक्रियामा आफ्ना असन्तुष्टि एवं गुनासाहरु राखेको ...... यसअघि तीन दिन पहिले राष्ट्रपति डा. यादवले सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराई र मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलालाई शीतलनिवासमा बोलाएर अन्तरिम संविधान अनुसार नयाँ राष्ट्रपतिको निर्वाचन गर्न नमिल्ने भन्दै संविधानको मस्यौदामा रहेका त्रुटीहरु औंल्याएका थिए । शनिबारको रात्री भोजमा पनि राष्ट्रपतिले तिनै गुनासाहरु दोहोर्‍याएको बुझिएको छ ।


‘सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो’
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ
तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । ...... प्रदेशहरु जुन आधारमा बन्छन् भनिएको थियो, त्यो आधारमा भएको छ त ? अब त्यहाँ केलाउनुपर्छ । पहिचानका पाँच र सामथ्र्यका चारका आधारमा प्रदेशहरु निर्माण गर्ने भन्ने सहमति भएको थियो । ....... सीमांकन गर्दा एउटा बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो हिसावले सीमांकन गरिएको छ । कुनै मापदण्ड छैन । म उदाहरण दिएर भन्छु, १८६० मा नयाँ मुलुकका रुपमा आएको कञ्चनपुर, कैलाली, बाँके र बर्दियाको सहकार्य बढी हो कि पछिल्ला दिनको सहकार्य बढी हो ? जुन भीम रावल र शेरबहादुरले भन्नुहुन्छ, त्यो सही हो कि कमैयाका लागि थारु चाहिएको हो ? .......

पश्चिम पहाडका जमिनदार ठकुरी बाबुसाहेबहरुका लागि हली र कमैया चाहिएकाले छोड्न नखोज्नु भएको हो ।

तर, कहिल्यै पनि माथिका जिल्लाहरुसँग कञ्चनपुर, कैलाली, बाँके र बर्दियाको सहकार्य भएन । .........

रियलाइज गर्नुभएको छ भने कुनै उपकार पनि गरिरहनु भएको छैन ।

....... तराई मधेसको भूगोल कुनै बिजित प्रदेश होइन । यसलाई म अण्डरलाइन गरेर भन्दैछु, कुनै शाह राजाहरु, राणाजीहरु वा नेपाली सेनाले विजय प्राप्त गरेको भूमि होइन ।

सम्झौताको भूमि हो र सम्झौता हुँदा त्यहाँ मानिसहरु थिए ।

बरु औलो उन्मूलन भएपछि बसाइँ सराइँ बढेको हो । त्यो भूगोल एउटा प्रदेशका रुपमा रहनुपर्छ, किनभने त्यो भौगोलिक रुपमा नै भेदभाव भएको क्षेत्र हो । .........

झापाको जनसंख्या र मतदाता ०१५ सालको निर्वाचनमा कस्ता थिए ? ८९ प्रतिशत गनगाई, राजवंशी, ताजपुरिया थिए ।

...... अहिलेको सीमांकन कुनै पनि बैज्ञानिक, आर्थिक वा पहिचान र सामर्थका आधारमा गरिएको छैन । केही नेताहरुले आफ्नो निर्वाचन क्षेत्र र प्रभाव क्षेत्रलाई सुरिक्षत गर्न गरिएको ऐतिहासिक गद्दारी हो । .... हरेक प्रदेशलाई भारतको सीमासँग जोड्ने नाटक गरिएको छ । प्रदेश नम्बर ४ लाई नवलरासीको सुस्ता, बरघाटसम्म ल्याएर के खोजिएको हो भने बाबुराम भट्टराई र रामचन्द्र पौडेलले आफ्नो हालिमुहाली हुने प्रदेशलाई भारतसँग जोड्न खोज्नु भएको मात्र हो । कुनै मापदण्ड छैन । आफ्नै देशका जनतामाथि विश्वास नगर्ने अनि भारतमाथि अगाध विश्वास छ । अनि राष्ट्रियताको कुरा हामीसँग गर्ने ? ...... कम्मल ओढेर घिउ पिउने अनि हामीलाई राष्ट्रियताको कुरा सिकाउने ? यस्ता छद्म राष्ट्रवादीहरु महेन्द्रका अवतारहरु हुन् । र, नेपालले त्यही दुःख पाउनेछ, जुन महेन्द्रको कथित राष्ट्रवादले दुःख पाएको थियो ।

मगरातलाई तीन टुक्रामा बाँडिएको छ । किनभने खस आर्यको बाहुल्यता रहोस् भनेर ।

...... ६ वटा प्रदेशमध्ये पाँचवटा प्रदेशमा खस आर्यहरुकै बाहुल्यताको प्रदेश बनाइएको छ । ...... नियत के हो भने खस आर्यको प्रभुत्वलाई केन्द्र र प्रदेशमा कायम गर्ने । ....... मस्यौदामा खस आर्यको मात्र परिभाषा गरिएको छ । दलितको परिभाषा हुँदैन ? आदिवासी जनजाति, मधेसीको परिभाषा हुँदैन ? तर, खस आर्यको मात्र परिभाषा गर्नुको नियत के हो भने समानुपातिक सीट सुरक्षित गर्नु हो । ........ जो स्थायी सत्ता सेना, प्रहरी, अदालत, प्रशासनमा जसको बहुल्यता छ, उनीहरुकै सत्तालाई निरन्तरता दिन र सुरक्षित गर्न प्रयोगहरुको विभाजन भएको हो ।

हाम्रो लागि यो अस्तित्वको लडाइ हो ।

....... कांग्रेस, एमाले, एमाओवादी राप्रपाले एकजना मधेसीलाई पहाडबाट जिताएर देखाएका छन् ? मधेसले कृष्णप्रसाद भट्टराई बारम्बार काठमाडौंमा पराजित भएपछि वीरगञ्जले जिताएर देखाएको थियो । स्वयं प्रचण्ड काठमाडौंमा पराजित हुँदा सिराहाले जिताएर देखाएको छ ।

माधवकुमार नेपाल यहाँँ सुकुम्बासी भए, रौतहटले जिताएको छ ।

...... मधेसीहरु साम्प्रदायिकता होइन, समिश्रण हुन चाहिरहेका छन् । हामीलाई सेनामा लेऊ, प्रशासनमा लेऊ, हरेक राज्यको निकायमा लेऊ भनिरहेका छन् । ........ अञ्चल, जिल्ला र प्रदेशमा होइन, राज्यमा समिश्रण खोजेको हो ....... अहिले पनि अर्को नाटक के हुँदैछ भने १ सय ६५ सदस्यीय प्रतिनिधिसभामा प्रत्येक जिल्लालाई एउटा सिट दिइनेछ । ७५ मध्ये ५५ अन्यत्र गयो, मधेसले २० वटा पायो । बाँकी ९० आधा आधा हुनेछ । जबकि अहिले मधेसको जनसंख्या देशको कुल जनसंख्याको ५१ प्रतिशत बढी छ । अन्तरिम संविधानको व्यवस्थाअनुसार बरु २ सय ४० मध्ये १ सय १६ वटा सीट मधेसले पाइसकेको छ । ....... उहाँहरुले दोष त हामीलाई लगाउनुहुन्छ । मधेसी भनेको त डम्पिङ साइज हो । .......

हिजै पनि संसदमा प्रचण्ड, सुशील कोइराला र केपी ओलीले मध्य पश्चिमको आन्दोलन स्वस्फुर्त र थारु मधेसीको आन्दोलन प्रयोजित भने ।

........ एउटा समुदाय विशेषमाथि लक्षित गरेर प्रहार गरिँदैछ । यसले यो देशको राष्ट्रिय एकता भौगोलिक एकता भएको छ तर, मनोवैज्ञानिक र भावनात्मक एकतालाई टाढा गरेको छ । आपसमा फाटो लगाउन खोजिँदैछ । उहाँहरु भूलचुकले नेता हुनु भो । .......

चिन्न सकिएन । धोका भयो ।

जस्तो कांग्रेसले टाउकोको मूल्य तोकेकै हो, ओलीले अतंककारीहरुको झुण्डै भनेकै हो । अहिलेसँगै कस्तो मीठो सहकार्य भइरहेको छ । स्वार्थ हो । हिजोसम्म प्रचण्डजी कुर्लिएर भुक्नुहुन्थ्यो तर, आज आफ्नो लडाइँ आफैं लड्नपर्छ भन्ने प्रष्ट भएको छ । ......... सेना, प्रशासनमा कसको कति छुट्याउँ न । त्यहाँबाटै प्रष्ट भइहाल्छ भेदभाव कति छ भनेर । ........ आलीले नै बाली खाएपछि कसले बताउने ? अब अहिलेको अवस्था दुर्भाग्यबस सुशील कोइराला एउटा पार्टीको सभापति र प्रधानमन्त्री दुबै हुनुहुन्छ । प्रचण्ड जी पराजित हुँदाहुँदा आत्मसमर्पणको अन्तिम विन्दुमा पुग्नु भएको छ । .......

एनजीओ/आइएनजीओको सरदार केपी ओली एउटा पार्टीको अध्यक्ष बन्न पुग्नुभएको छ । जसमा विशेष गरेर तराई मधेसको जनताप्रति घृणा छ । मलाई लाग्छ, कुनै राजवंशीले उहाँको परिवारलाई दुःख दिएको हुनुपर्छ ।

....... पश्चिम तराई पुरै बलिरहेको छ र यो झन बढ्छ । किनभने यो अस्तित्वको लडाइ हो । अन्तिम लडाइ जस्तो ठानेका छन् त्यसका जनताले । तपाईलाई थाहा छ,

कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका कार्यकर्ताले आफ्नै नेताको पुत्ला जलाइरहनुभएको छ ।

....... मैले सुने अनुसार सुनसरी र मोरङमा आन्दोलन उठिरहेको छ । ...... थारु र मधेसी किन मिले भनेर तीनै नेतालाई मनैदेखि पीडा भएको छ । थारु मधेसी मिलेपछि के हतिगत हुन्छ भनेर थाहा छ साथीहरुलाई । ........ खस आर्यको एकता हो, शक्ति सन्तुलनको कुनै बाध्यता होइन । म पुरै होस हवासमा भन्दैछु, यो खस आर्यहरुको एकता हो । पहाडी बाहुनहरुको एकता हो । .......

सीमांकनमा ठूलो षड्यन्त्र के भएको छ भने मधेसको कुनै पनि प्रदेशमा नारायणी, कोशी, कर्णाली र महाकाली चार ठूला नदीहरु छैनन् ।

No comments: