Sunday, August 23, 2015

Darshan Rauniyar: Big Move: Move To Nepal: A Breath Of Fresh Air

विदेशमा बस्ने नेपालीलाई नागरिकता र मताधिकार दिनुपर्छः दर्शन रौनियार
नेपाली मूलका अमेरिकी राजनीतिकर्मी दर्शन रौनियारले ‘नयाँ नेतृत्व र नयाँ विचार’को नाराका साथ अब आफू नेपाली राजनीतिमा आउने बताएका छन् । ..... रौनियारले नेपाली साथीहरुसँग मिलेर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने आफ्नो ध्येय रहेको बताए । ...... सन् १९८८मा इलेन्ट्रोनिक इन्जिनियरिङ अध्ययन गर्न नेपालबाट अमेरिका पुगेका रौनियार दश वर्षपछि त्यहाँ सूचना प्रविधि उद्यमी बन्न सकेका थिए। हार्डवेयर र सफ्टवेयर कम्पनीहरुमा उनले इन्जिनियरिङ, बजार, बिक्री र व्यवस्थापन क्षेत्रमा विभिन्न तहको अनुभव हासिल गरिसकेका छन् । .....

गत वैशाख १२को ‘गोरखा भूकम्प’पछि नेपाल आई २५ जिल्लाका गाउँ र नगरमा उनले आफ्नै खर्चमा राहत पनि वितरण गरे । “मैले जनतामा निकै निराशा, पीडा र आक्रोश पाएँ, उनीहरुले नयाँ नेतृत्व चाहेका छन्” उनले भने “हामी सुनको पसलमा बसेर भीख मागिरहेका छौँ, यो रोकिनुपर्छ, अब राजनीतिक स्थायित्व ल्याएर विकास फैलाउनु जरुरी छ ।”

...... नेपालमा पनि राष्ट्रपति वा प्रधानमन्त्री, संसद् र स्थानीय तहमा सबैमा दलगत नभई स्वतन्त्र प्रत्यक्ष निर्वाचन भएमा निर्वाचित प्रतिनिधि जनताप्रति बढी उत्तरदायित्व हुने विश्वास व्यक्त गरे। ....... “नेपाल सरकारले एक पटकको नेपाली सधैँको नेपाली भन्ने मागलाई मान्यता दिनुपर्छ, गैरआवासीय नेपालीलाई पनि बिनासङ्कुचन राजनीतिक अवसर दिनुपर्छ, एक्काइसौँ शताब्दीमा सरकारले खुला मन राख्नुपर्छ” ..... विदेशमा बस्ने नेपालीलाई पनि राजनीतिक अधिकारसहित नागरिकता र मताधिकार दिनुपर्छ, ।” ...... सरकारबाट नागरिकता, नवजात बालिबालिकादेखि ५ वर्ष उमेरका बालबालिका र तिनका आमालाई निःशुल्क स्वास्थ्य, ५–२० वर्षका बालबालिका र किशोरलाई निःशुल्क शिक्षा, २०–४० वर्षका युवालाई रोजगारीको वातावरण सिर्जना र बुढेसकालमा सामाजिक सुरक्षाभत्ता दिलाइदिनका लागि दबाब दिने बताउँदै त्यति उपलब्ध भएमा जनताले आफैँ मिहिनेत गरी उन्नति गर्ने विश्वास व्यक्त गरे। ...... “अब म अमेरिकाको विलासी जीवन छाडेर मातृभूमिको सकारात्मक परिवर्तनका लागि भूमिका खेल्छु, , नेपाललाई संसारकै प्राङ्गारिक खेतीको मुलुक बनाउन चाहन्छु, नेपालको जलस्रोत, पर्यापर्यटन र कृषि पर्यटनमा सम्भावना खोज्नुपर्छ,

म स्पष्ट दृष्टिकोणसहित बलियो नेतृत्व खोजिरहेको सार्वभौम नेपालको मागलाई परिपूर्ति गर्न चाहन्छु ।”

This is big news. This will instantly change the political culture in Nepal. But he can not join any existing party. He will need to launch his own. That will create a movement. Nepal has found its Arvind Kejriwal.



दर्शन रौनियारको नेतृत्वमा एमफोसी
एमफोसी संयोजकमा रौनियार र सहसंयोजकमा आरके शाक्य रहेका छन्। केन्द्रीय सदस्यमा कमानसिंह लामा, पद्मिनी प्रधान, रामलाल श्रेष्ठ, अर्जुन राना, पुष्कर पौडेल, मेनुका राई, जमुना पुरी, हुमनाथ चालिसे, भुपेन्द्र पौडेल, केपी न्यौपाने, शुक्रबहादुर श्रेष्ठ, छायाचन्द्र भण्डारी, फिनु सिंह र गणेश बुढा छन्। ..... अर्जुन रानाको संयोजकत्वमा गठित युवा परिचालन उपसमितिमा गणेश बुढा, विक्रम चन्द, विवेक अर्याल, वीरेन्द्र शाही सदस्य छन्। पुष्कर पौडेलको संयोजकत्वमा गठित आर्थिक उपसमितिमा आरके शाक्य, भवानी खड्का, भुपेन्द्र कँडेल र कमानसिंह लामा सदस्य छन्। छायाचन्द्र भण्डारीको संयोजकत्वमा रहेको सञ्चार उपसमिति सदस्यमा भुवन केसी र जेबी बिष्ट छन्। एमफोसी प्रवक्ताको जिम्मेवारी कमानसिंह लामालाई दिइएको छ।

No comments: