Wednesday, August 05, 2015

देश मधेसी क्रांति ३ तर्फ लम्केको हो?

सुन्नमा आएको छ कि मस्यौदा संविधानमा रहेको प्रत्यक्षतर्फको १६५ सिटलाई ७५ जिल्लाको ७५ वटा सिट र बाँकी ९० वटालाई जनसंख्याको आधारमा बाँडिने छ । यसरी बाँडिदा मधेशमा २० जिल्लाको २० सिट र बाँकी ९० सिटको जनसंखयाको आधारमा ५० प्रतिशत गर्दा ४५ सिट हुन्छ यसरी मधेसमा ६५ सिट अधिकत्तम पर्नेछ । जुन सरासर जनसंख्याका आधारमा जनप्रतिनिधित्वको सिद्धान्तको विपरित हुन्छ । मस्यौदा सँविधानलले देशको संरचनालाई तीन तहमा विभाजन गरेको छ स्थानीय निकाय, प्रदेश र संघ (केन्द्र) । भनेपछि संविधानले नचिनेको संरचनाको आधारमा सिट वाँडफाँड गर्न पाइन्छ ? जिल्लाको अवधारणा नै नभएको संविधानमा जिल्लालाई आधार मान्दा काठमाडौ र ललितपुर जिस्ता जिल्लालाई समेत १ सिट मात्र दिँदा यँहाको जनसंख्या माथि पनि ठुलो अन्याय हुन्छ । भोली प्रदेशले जिल्लाको संरचना प्रदेशमा नराख्न पनि सक्छ । भारतमा पनि लोकसभाले प्रत्यक्षतर्फको सिट प्रदेशको जनसंख्याको आधारमा बाँडेको छ । जस्तै उत्तर प्रदेशमा ८० विहारमा ४० झारखण्डमा १४ उत्तराखण्डमा ५, सिक्किममा १, नागालैण्ड र मिजरिममा १ सिट रहेको छ । १ सिट न्युनतम मानी बाँकी प्रदेशको जनसंख्याको आधारमा बाँडिन्छ । त्यस्तै नेपालमा न्युनतम एक प्रदेशमा एक सिट रहने गरी बाँड्नु पर्दछ । जिल्लालाई मानी बाँडिएको प्रत्यक्ष तर्फको १६५ सिट अलोकतान्त्रिक, मधेश र काठमाडौमाथि अन्याय र द्घन्द्घको बिउ रोप्ने हुन्छ ।



१५ दिन लाठी जुलुस निकालो और अपना देश बनाओ
The Splitting Of Czechoslovakia
मधेसी क्रांति को कार्यतालिका
मधेस सरकारको अंतरिम संविधान
अहिंसात्मक क्रांति नै हुन लागेको हो
नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब

कदम हरु
  • मधेसी सभासद हरु बाट संविधान सभा बाट सामुहिक राजीनामा 
  • बीरगंज अथवा जनकपुर मा भेला र मधेस अलग देश को घोषणा 
  • १५ दिन लाठी जुलुस को कार्यक्रम -- गाउँ गाउँ शहर शहर क़स्बा क़स्बा 
  • दिल्ली तथा विश्व का अन्य राजधानी हरु सँग मान्यता प्राप्ति का लागि पत्राचार 
  • उत्तरी छिमेकी सँग राजदुत आदान प्रदान र द्वैध नागरिकता सन्धि नभएसम्म उत्तरी छिमेकी का सम्पुर्ण नाका बंद 
  • मधेस का सम्पुर्ण सरकारी कार्यालय, प्रहरी चौकी, ब्यारेक कब्ज़ा 
  • अंतरिम सरकार को स्थापना, अंतरिम संविधान को घोषणा, संविधान सभा निर्वाचन को तिथि घोषणा 
  • मधेस को मुद्रा भारत को मुद्रा बराबर 
तर योभन्दा पहिला 
  • संविधान सभा भित्र अंक गणित को लडाइ 
  • त्यस पछि सर्वोच्च र शीतल निवास को लडाइ 
  • अनि मात्र मधेसी क्रान्ति ३ को घोषणा 
मधेस, कोशी, कर्णाली: नारायणघाट, काठमाण्डु, पोखरा: तीन प्रदेश

No comments: