Wednesday, August 12, 2015

मंसीर

नेपाली राजनीति का astronaut time traveler हरुले अब मंसीर को कुरा गर्न थाले। केपी ओली अहिले सम्म ५-६ पटक झण्डै झण्डै प्रधान मंत्री भइसकेको मान्छे।



केपी ओलीले भने, ‘महेश बस्नेत रत्नाकार डाँकुबाट बाल्मीकी बनेको होइन’
अर्की ओली भन्छिन्, ‘ महेश बस्नेतलाई म्युजिक भिडियोमा मोडल बनाउने रहर थियो’
२३ वर्षकै उमेरमा भक्तपुर गुन्डुको गाविस अध्यक्ष बनेको, युथ फोर्सको नेतृत्व गरेको तथा दुई कार्यकाल युवा संघको अध्यक्ष चलाएपछि वर्तमान सरकारमा उद्योगमन्त्री हुदाँसम्मका विभिन्न घटनाक्रमलाई शृंखलावद्ध रुपमा पुस्तकमा समेटेका छन् ...... पुस्तक विमोचनपछि कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संविधान निमार्णमा व्यस्त भएका कारण पुस्तक पढ्न नपाएको बताए –

‘महेशको पुस्तक छापियो तर म अर्कै पुस्तक छाप्नमा व्यस्त छु ।

महेशले झैँ सजिलै त्यो पुस्तक छाप्न कहाँ पाइन्छ र ? त्यसलाई पहिलो पास गराउनुपर्छ ।’– संविधान निमार्णतर्फ केन्द्रि हुदैँ अध्यक्ष ओलीले भने । ....... ‘रत्नाकार डाकूबाट एकैपटक विश्वामित्र ऋषि बनेको मान्छे होइन महेश, उसले प्रत्येक पाइलामा संघर्ष गरेको छ ।’ ........ वर्तमान समयमा

औठाछापहरु पार्टीको माथिल्लो तहमा रहेको भन्ने युवापुस्ताको आरोपतर्फ इंकित गर्दै भने, ‘तपाईहरु भन्नुहोस् गौतम बुद्धले कति पढेका थिए ।

आज गौतम बुद्धका नाममा पिएचडी गर्ने थुप्रै विद्धान संसारमा छन् । ....... पहिलो भागका रुपमा उनको बाल्यकला । दोस्रो भागका रुपमा गुन्डुको गाविस अध्यक्ष, युवा संघको जिल्ला सदस्य, केन्द्रिय सदस्य र कोषाध्यक्ष हुदैँ केन्द्रिय अध्यक्ष तथा तेस्रो भागका रुपमा नेपाल सरकारको मन्त्रीको कार्यकाल छ ।’ ........ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सुरुआतमा महेश बस्नेत मन्त्री बन्दा आफूलाई निकै आश्चर्य लागेको बताए । ‘महेश बस्नेत पनि मन्त्री भन्ने मलाई पनि लागेको थियो । तर बिस्तारै उहाँसग काम गर्दै गएपछि फरक पाएँ । यतिका उद्योगमन्त्रीहरुसँग संगत भयो । तर उहाँले जसरी आफ्ना नीति तथा कार्यक्रम व्यवसायिलाई राखेर बिफ्रिङ गर्ने मन्त्री भेटिएन ।’– बस्नेतको प्रशंशा गर्दै मुरारकाले बताए । ........ गायिका कोमल ओलीले मन्त्री बस्नेत निकै ह्यान्डसम रहेको बताइन् । .......

अर्को इच्छा छ, केपी ओली प्रधानमन्त्री भएको हेर्ने कम्तिमा पनि मंसीरभित्र त्यो कसो संभव नहोला ।

No comments: