Thursday, August 20, 2015

भिजिलान्ते को प्रयोग गर्ने सरकार -- मुर्दाबाद

यसरि नेपाल सरकार , प्रसासन र केहि गैर जिम्मेवार पहाडी समुहले सोस्न ,दमन र नांगै भएर दानव प्रबिर्ती देखाउदै छ भने / --- अब के गर्नु पर्ने ?
*************************
भैरहवामा 'भिजिलान्ते' प्रयोग गरी आन्दोलन भाँड्न खोजिदै, मधेसी निर्घात कुटिए, सवारी साधनहरु फुटाईए, जलाईए र खाल्डोमा फालिएभैरहवामा मधेसी आन्दोलनकारीहरु माथि 'प्रतिकार' को नाउँमा केहि भिजिलान्तेहरुकोप्रयोग गरी गरिएको दमन | यो आन्दोलनकारीकोमनोवल घटाउने र साम्प्रदायिक रंग दिने कुत्सित षडयन्त्र भएको बुझ्न जरूरी छ /
मधेशी चोर देश छोर’ भन्दै घरमा ढुँगामुढा गरे : अध्यक्ष गुप्ता
AUGUST 20, 2015
Shyam-sundar-gupta
हुलाकी न्यूज, भैरहवा ३ भदौं । भैरहवास्थित मलिन चौकमा रहेको नेपाल सद्भावना पार्टी (युनाईटेड)का अध्यक्ष श्यामशुन्दर गुप्ताको घरमा विहीबार साँझ ढुँगामुढा भएको छ ।
हुलाकी न्यूजसँग गुप्ताले भने, ‘करिब ५ सयको संख्यमा निस्केको गैरमधेशीहरुको जुलुसले मेरो घरमाथि ढुँगामुढा गरयो । मेरो च्यानल गेट फोडेर भित्र पस्ने प्रयास गरे तर सकेन । हामी सबै परिवार तथा कार्यकर्ताहरु लुक्यौं । उनीहरुले भन्दै थिए, मधेशी चोर देश छोर र अन्य अपशब्द प्रयोग गर्दै थिए ।’
पूर्वमन्त्रीसमेत रहेका गुप्ताले हातहतियारसहित आएको गैरमधेशीहरुको टोलीले घरमाथि आक्रमण गर्दा आफूले प्रहरीलाई जानकारी गराएको तर प्रहरीले तत्काल चाँसो नदिएको बताए । उनले भने, ‘मैले एसपीलाई फोन गरेको थिए, उसले अहिले साम्प्रदायिक दंगा भड्केको अवस्थामा केही गर्न नमिल्ने बताए । त्यसपछि ठिकै छ तपाईको सुरक्षाको व्यवस्था गर्दैछौं भनेर फोन राखे ।’
यता भैरहवामा मधेशी मोर्चाको प्रर्दशनको विरोधमा भएको प्रर्दशनमा अन्य स्थानमासमेत तोडफोड भएको छ । मोर्चाका प्रर्दशनकारीहरुको मोटरसाईकल तथा सवारी साधनहरु जलाइएको छ ।


पंचायती व्यवस्थाले जस्तै एकात्मक व्यवस्थाले पनि मंडले पालेर राखे जस्तो देखियो। बमण्डले। बामे का मंडले।

यो भिडियो हेर्दा त मुटु नै चिसो भयो । के भन्नु हुन्छ, यो दृस्य हेर्दा ? खै कहाँ छ मानब अधिकार ? सेयर गरी सबै माझ पुराउनु होला यो भिडियो

Posted by Xpoz nepal on Sunday, August 2, 2015


बंशवादको राजनीति संवेदनहीन हुन्छ, रक्तसम्बन्धका आधारमा शासन गर्ने परम्परा निरङ्कुश । शासकीय छलछाम र क्रुरताबाट भैरहवा रणसङ्ग्राममा परिणत भएको छ ।

स्थानीय प्रतिकार समितिको नाउँमा योजनबद्ध तरिकाले गैरमधेशीहरुलाई सहरमा प्रवेश गराई असँख्य निर्दोष र निसशस्त्र मधेशीहरुमाथि खुकुरी, ढुङ्गा र भाठाले प्रहार गर्ने काम भइरहेको छ । मधेशीहरुका सम्पत्ति जलाइएका छन् । राज्यपोषित प्रहरी एउटा कित्तामा उभिएर जनतालाई लखेट्ने र मार्ने भिजिलान्तेहरुलाई मद्दत गरिरहेका छन् । लाग्छ, नेपालगञ्जको घटना नयाँ आवरणमा बडो व्यवस्थित ढङ्गले दोहोरिदैँछ । बुटवलमा काँग्रेस र एमालेका गैरमधेशी नेताहरु क्याम्प गरेर भिजिलान्तेहरुका लागि सवारीसाधन र रसदपानी पठाउँदै छन् ।


मधेशी चोर, देश छोडको नारा प्रशिक्षित बीर गोर्खालीहरुले लगाइरहेका छन् र नाराबाजीबीच स्थानीय मधेशीहरुको घरघरमा पसेर दूव्र्यवहार पनि गरिरहेका छन् । लाग्छ, बुटवल आज फेरि पनि पाल्पाली दरबारको एउटा यस्तो मुकाम बनेको छ , जहाँ सयभन्दा बढी मधेशी नागरिक(भन्सारकर्मी) लाई गड्डाचौकीमा एकैचिहान बनाएका गोर्खाली राजा पृथ्वीनारायणले संरक्षण पाएको होस ।
पहिलो र दोस्रो मधेश आन्दोलनपछि नै मधेशको मागलाई कसरी तुहाउने भन्ने शैलीमा प्रस्तुत भइरहेका शासक र तिनका मतियारहरुको प्रपञ्च पहिलेभन्दा निकै बढी उन्नत भएको छ । अब यसका बाछिटाहरु मधेशका अन्य सहरहरुमा पनि देखिनेछन् । जनकपुरमा भिजिलान्तेहरुको प्रयोगबाट केही पसलमा गराइएको तोडफोड यसको एउटा नमूना हो ।
हामी पनि सतर्क बनौं, कुनै पनि आवरणमा गराइने साम्प्रादायिक दङ्गाको हिस्सा नबनौं ।
राज्यप्रायोजित आतङ्कले अन्ततः राज्यलाई बेफाइदा भएको स्मरण गर्न शासकहरुको ध्यानाकृष्टसमेत होस ।

No comments: