Sunday, August 16, 2015

थारु, मगर, कर्णाली का खस ले "अखंड मध्य पश्चिम" मागेका छैनन्

जुम्लामा अनिश्चितकालीन कर्फ्यु (अपडेट)
प्रदर्शनमा गोली प्रहार
संघीय संरचनामा कर्णालीलाई सुदुरपश्चिमसँग गाभिएको र विशेष स्वायत्त कर्णाली प्रदेशको माग सहित आन्दोलनमा उत्रिएको आठौँ दिन आइतबार जुम्लामा प्रहरीले गोली चलाउँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । ..... घाइतेहरुको खुट्टामा, कान, टाउको, हात, घुडामा गोली लागेका छन् । .... आन्दोलनको आठौं दिन प्रदर्शनकारीले सरकारी कार्यालयका साइनबोर्ड झिक्न थालेपछि जुम्लामा प्रहरीले गोली चलाएको छ । केहीबेरअघि सदरमुकाम खलंगाको जिल्ला प्रहरी कार्यालयको बोर्ड प्रदर्शनकारीले झिकेपछि प्रहरीले हवाई फायर गरेको हो । भीडलाई तितरबितर बनाउन प्रहरी अश्रुग्यास समेत फ्याकेको छ । ..... अहिले प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरिरहेका छन् भने प्रहरीले उनीहरुलाई हटाउने प्रयास गरिरहेको छ । ....... कर्णालीलाई छुट्टै प्रदेश माग गर्दै जुम्लामा प्रदर्शन भइरहेको छ ।


बन्दले जनजीवन प्रभावित
तस्बिरमा राजधानीको बन्द
६ प्रदेशको सिमांकन सार्वजनिक भएलगत्तै सुरुभएको विरोधको स्वर सुर्खेत र कैलाली हुँदै अहिले अन्य ठाउँमा बढी रहेको छ । कर्णाली अञ्चलका प्राय: सबै जिल्ला आन्दोलित छन् भने तराईमा पनि विरोधमा कार्यक्रमहरु भइरहेका छन् । ...... आइतबार भने नेकपा–माओवादी, मधेश केन्द्रित दलहरु र जनजाति संगठनले मिलेर गरेको नेपाल बन्दले राजधानी उपत्यका सहित अन्य स्थलमा पनि प्रभाव परेको छ । ............ राजधानीमा बिहानैदेखि सवारी साधनको चाप कम छ । भाडाका सवारी चलेका छैनन् । प्रहरीले संघीय समाजवादीका नेता राजेन्द्र श्रेष्ठ सहित ५० भन्दा बढीलाई पक्राउ गरेको छ । ..... पाल्पा संवाददाता माधव अर्यालका अनुसार पाल्पा बजार पूर्णत बन्द भएको छ । यातायातका साधन चलेका छैनन् । शिक्षण संस्था पनि बन्द छन् । ....... सडकमा बन्दकर्ताका उपस्थिति छ । ....... मुगु पनि बन्द छ । त्यहाँका बजारहरु सबै बन्द छन् ।


१ सय १७ बन्दकर्ता पक्राउ
प्रहरीले काठमाडौंबाट ९८, ललितपुरबाट ८, कास्कीबाट ३, मोरङबाट ३, झापाबाट १ र मकवानपुरबाट ४ जनालाई नियन्त्रणमा लिएको छ । .... प्रहरीले बन्दका क्रममा कुनै अप्रिय घटना हुन नदिन देशभर व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।
तनहुँमा पनि बन्दको प्रभाव पूर्ण
नेपाल बन्दको प्रभाव तनहुँमा पनि परेको छ । बन्दले पृथ्विराजमार्गमा सवारीसाधन चल्न सकेको छैन । ..... बिहानैदेखि राजमार्गमा पर्ने बजारहरु दमौली, डुम्रे, आँबुखैरेनी, दुलेगौंडा, खैरेनी लगायतका अधिकांश पसलहरु बन्द छन् । सुरक्षाका कारण निजी तथा सामुदायिक विद्यालयहरु समेत स्वतस्फुर्त बन्द गरिएका छन् ।

No comments: