Sunday, August 16, 2015

कर्णाली को जायज माग र त्यस माथि दमन

कर्णाली ले स्वायत्त कर्णाली प्रदेश मागेको हो। उसले मागेको भूभाग मा कुनै किसिम को counter claim छैन। मगर अथवा थारु अथवा गुरुंग ले यति भाग त हाम्रो प्रदेश मा भनेको छैन। कर्णाली को स्पष्ट नक्शा छ, स्पष्ट माग छ। नया माग पनि होइन। संविधान मा भएको कुरा हो। स्वायत्त मधेस प्रदेश हुन्छ भने स्वायत्त कर्णाली प्रदेश नहुने सवाल नै पैदा हुँदैन।

दुर्गम ठाउँ लाई झन बढ़ी जरुरी छ स्वायत्तता र संघीयता। कर्णाली ले त्यो देखाएको छ। स्थानीय स्वायत्त शासन को स्थापना हुनुपर्यो। उपनिवेश को अन्त्य हुनु पर्यो। बाहिर का ले आएर शासन गर्ने प्रथा समाप्त हुनु पर्यो। स्वायत्त शासन ले नै स्थानीय संस्कृति को संरक्षण गर्न सक्छ। स्वायत्त शासन ले नै स्थानीय विकास गर्न सक्छ।

कर्णाली मा त्यत्रो आंदोलन भइ राखेको छ। सुशील र बामे काठमाण्डु मा निदाइ रहेका छन। एकात्मक व्यवस्था का धरोहर हरु। अहिले सम्म काठमाण्डु ले कर्णाली लाई उपनिवेश बनाएर राखेको अवस्था छ। त्यस लाई शेर बहादुर देउबा र भीम रावल र बामदेव गौतम र सुशील कोइराला कायम राख्न चाहन्छन्। त्यो संभव छैन।

कर्णाली को जायज माग पुरा गर। त्यस माथि को दमन बंद गर।

कर्णाली ले अहिले सारा देश लाई पथ प्रदर्शन गर्ने काम गरेको छ। २००६ को अप्रिल क्रांति मा सड़क मा आएका जनता लाई कुन NGO ले मानव अधिकार को ट्रेनिंग दिएको थियो? अहिले प्रधान मंत्री ले नबुझेको संघीयता कर्णाली का जनता ले कसरी बुझे? जनता जनार्दन त्यसै भनिँदैन।



हतियार बन्दैनौँ : थारु सभासद्हरू
दुई दर्जनभन्दा बढी थारु सभासद्हरू नेपालगञ्जमा भेला भएका छन् र आइतबार बिहान उनीहरूले समग्र परिस्थितिमा आफ्नो सामूहिक धारणा बनाउने जानकारी प्राप्त भएको छ । ..... साथै थारु समुदायका विजय गच्छदारले आफूले कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेतृत्वसँगै सीमाकंनको समर्थनसहित तत्काल संविधान जारी गर्न हस्ताक्षर गरे पनि आफ्ना पार्टी कार्यकर्ताहरूलाई आन्दोलनमा भाग लिन उक्साएको खुलासा भएपछि उनीविरुद्ध पनि थारु सांसदहरू गोलबद्ध भएका छन् । ...... शनिबार कांग्रेस सभासद् अमरेशकुमार सिंह पश्चिम नेपालका मधेसी, थारू र मुस्लिमलाई एकजुट भएर लड्न ....... नेपालगन्जमा शनिबार डाकेको गोप्य बैठकमा अमरेशले बाँके कांग्रेसका कार्यवाहक सभापति लाहुराम थारूलगायत एमाले, एमाओवादी, फोरम लोकतान्त्रिकका थारू नेतालाई एकै ठाउँमा राखी आन्दोलनमा एक भएर जान सुझाएका थिए । ....... अमरेशले संघीय समाजवादी फोरमका असन्तुष्ट पूर्वमन्त्री मोहमद इस्तियाक राईलाई थारू, मुसलमान र मधेसी आन्दोलनको नेतृत्वका लागि अगाडि सारेका छन् । राईको संयोजकत्वमा थरुहट मधेस संघर्ष समिति गठन गरिएको छ । अमरेशले मधेसलाई कुनै पनि हालतमा पहाडमा मिसाउन नहुने उल्लेख गर्दै यसका लागि जस्तोसुकै कडा आन्दोलन गर्न पनि तयार रहन निर्देशन दिएको ....... ‘चितवनदेखि कञ्चनपुरसम्म भूभागलाई पहाडमा मिसाउन नदिन जस्तोसुकै आन्दोलन गर्न मधेसी, थारू र मुस्लिम एकीकृत भएर तयार हुनैपर्छ ।’ उनले थारू, मुस्लिम र मधेसीलाई एकजुट भएर सशक्त आन्दोलन गर्न सल्लाह दिए । ...... गोप्य भेलामा सहभागी थरुहट संघर्ष समितिका प्रवक्ता फुलाराम थारूले भने, ‘उहाँले थारू नेतालाई छुट्टै गोप्य रुपमा भेट्नुभयो ।

थारू, मधेसी र मुस्लिम

एक भएर जान सल्लाह दिनुभयो ।’
गृहमन्त्री–आइजिपी द्वन्द्व चुलिँदै
गृहमन्त्री वामेदव गौतम र नेपाल प्रहरीका आइजिपी उपेन्द्रकान्त अर्यालबीच ‘भुसको आगो’झैं सल्किएको द्वन्द्व सतहमा आएको छ । अनुशासनको कमी रहेको भन्दै शुक्रबार फेरि एकपटक प्रहरीकै कार्यक्रममा गौतमले प्रहरी नेतृत्वको चर्को आलोचना गरे । सशस्त्र प्रहरीलाई पक्राउ पुर्जी दिने सरकारको निर्णयमा प्रहरीले मिडियाबाजी गरेर आफूलाई बदनाम गरेको भन्दै गृहमन्त्री गौतमले प्रहरी नेतृत्वको आलोचना गरे ।
राप्तीलाई कसैले टुक्राउन सक्दैन : एमाले अध्यक्ष ओली
‘मैले भनैको हो, साथीहरुले मान्नुभएन’
राप्तीको सल्यान र पश्चिम रुकुमलाई प्रदेश नम्वर ६ मा गाभ्नु अबैज्ञानिक भएको भन्दै ओलीले सिमाङ्कनको विषयमा छिट्टै पुनर्विचार गरिने बताए । .... दाङलाई राजधानी बनाउन सहयोग गर्नुप¥योे भन्ने डेलीगेसन टोलीको अनुरोधमा अध्यक्ष ओलीले सिमाङ्कनको विवाद नटुंग्याई राजधानीको विषयमा बोलियो भने त्यसले अर्को द्वन्द्व निम्त्याउने खतरा औंल्याए ।
जुम्लामा आन्दोलनकारीलाई प्रहरीले गोली ठोक्यो, पाँचको अवस्था गम्भीर
५ः३० बजेबाट अनिश्चितकालीन निषेधाज्ञा
आजको प्रर्दशनमा जिल्ला वन कार्यालय, शिक्षा कार्यालय, स्याउ प्रशोधन केन्द्रलगायत विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छ । ..... विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेशको माग गर्दै सङ्घर्षमा उत्रेका आन्दोलनकारीले जुम्लाका झन्डै तीन दर्जन सरकारी कार्यालय तोडफोड गरिसकेका छन् । ......

आन्दोलनको आठौँ दिनसम्म पनि सरकारले कर्णालीवासीको मागप्रति कुनै चासो नराखेको भन्दै आक्रोशमा आएका आन्दोलनकारीले कर्णाली प्रदेश अङ्कित बोर्ड टाँस्न आह्वान गर्दै विभिन्न सरकारी कार्यालयका साइनबोर्ड तोडफोड गरेका छन् ।

........ उत्तेजित भीडले जिल्ला प्रहरी कार्यालयको साइनबोर्ड तोडफोड गर्न खोज्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो ।

No comments: