Sunday, October 04, 2015

संघीय मोर्चा भित्र लोकतान्त्रिक प्रतिस्प्रधा

संघीय मोर्चा त बनाउने। एक पद एक उम्मेदवार मा त जाने। तर साना सदस्य पार्टी हरु लाई ठुलो पार्टी बन्न मन लागे उपाय के? उपाय संघीय मोर्चा भित्र लोकतान्त्रिक प्रतिस्प्रधा।

पहिलो त हो, आफ्नो पोल्टा मा पर्ने सीट हरु सकेसम्म जित्ने। एउटा पार्टी को पोल्टा मा ५० सीट पारेर उसले १५ सीट जित्यो, र अर्को पार्टी को पोल्टा मा ३० सीट परेर त्यसले २५ सीट जित्यो भने त्यो २५ सीट जित्ने पार्टी मोर्चा भित्र ठुलो भयो।

अर्को उपाय हो आफ्नो पार्टी को सदस्य संख्या बढाउने। साधारण सदस्य, क्रियाशील सदस्य। अर्थात आफ्नो पार्टी लाई मोर्चा भित्र ठुलो बनाउने तरिका आफ्नै महाधिवेशन हो।

एउटा सदस्य पार्टी को मेयर मा लड्यो र जित्यो भने अधिकांश समय अर्को पटक त्यही व्यक्ति फेरि उम्मेदवार हुन पाऊँछ। तर दोस्रो पटक लड्दा हार्यो, र त्यसै शहर मा त्यस अंतराल मा मोर्चा को अर्को सदस्य पार्टी को सदस्य संख्या ठुलो हुन पुगेमा अब त्यो दोस्रो पार्टी को मान्छे मेयर को उम्मेदवार हुन्छ।

McDonald's And Chinese Restaurants Across The U.S.


No comments: