McDonald's And Chinese Restaurants Across The U.S.

English: Joe's Shanghai dumplings.
English: Joe's Shanghai dumplings. (Photo credit: Wikipedia)
McDonald's Cheeseburger 02
McDonald's Cheeseburger 02 (Photo credit: Wikipedia)
अमेरिका मा सबैभन्दा ठुलो फ़ास्ट फुड रेस्टोरेंट चेन मैकडोनाल्ड्स हो। अमेरिका भरि १५,००० जति मैकडोनाल्ड्स रेस्टरां हरु छन। तर अमेरिका मा चिनिया रेस्टरां हरु को संख्या त्योभन्दा बढ़ी छ। ४०,००० जति। चिनिया रेस्टरां हरु भने एउटै चेन होइन। एउटा परिवारले एउटा, दुईटा, पाँच, दश, बीस वटा खोलेको हुन्छ।

नेपालमा मधेसी, जनजाति र अन्य बाबुराम भट्टराई जस्ता प्रगतिशील व्यक्ति हरु एक ठाउँ आउने राम्रो तरिका शायद एउटै एकीकृत पार्टी होइन। मैकडोनाल्ड्स को मॉडल मा होइन कि चिनिया रेस्टरां हरु को मॉडल मा जानु उपयुक्त देखिन्छ। काँग्रेस एमाले माओवादी पनि एउटै पार्टी हो र? काँग्रेस भित्र देउबा छुट्टै पार्टी छ। एमाले मा माधव नेपाल को त्यस्तै छ। त्यसरी अस्वस्थ गुटबंदी हुनु भन्दा छुट्टा छुट्टै पार्टी हरु भएकै राम्रो।

चार मधेसी दल को मोर्चा बन्यो, त्योभन्दा पहिला उपेन्द्र र अशोक एकीकृत भए, जसलाई मैले ठुलो घटना मानें। मधेसी मोर्चा विस्तार भएर संघीय गठबंधन बन्यो जसले पहाडका जनजाति पार्टी हरु समेट्यो। गच्छेदार को अर्को मोर्चा छ। अनिल झा को छ एउटा, सानै भए पनि। बाबुराम उच्छिटिये माओवादी बाट। एप्पल कंपनी बाट स्टीव जॉब्स उच्छिटिये जस्तो। यी सबै एक ठाउँ आउनु पर्ने शक्ति हरु हुन। अझ त्यसमा सीके राउत लाई पनि थप्नु पर्छ। सीके ले पनि मधेस स्वराज पार्टी खोल्नुपर्छ। संघीयता मा स्वराज संभव छ भनेर बाबुराम र सीके ले एउटा televised debate गरौं।

लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता लाई बलियो बनाउँदै, संस्थागत गर्दै लैजाने र आर्थिक क्रांति नंबर एक एजेंडा भएको एउटा बृहत मोर्चा को खाँचो छ जसले देश माथि १०-१५ वर्ष लगातार शासन गरोस्। आर्थिक क्रांति भनेको आर्थिक वृद्धि दर लाई लगातार ३० वर्ष सम्म १०% माथि राख्न सक्नु हो। नेपाल जस्तो देशमा त त्यसलाई कुनै वर्ष ५०% अथवा १००% पनि बनाउन सकिन्छ। १०,००० मेगावाट बाला कुनै परियोजना को पहिलो वर्ष पैसा आउँदा के हुन्छ? आर्थिक वृद्धि दर थोड़े १०% मा खुम्चिएर बस्छ?

मोर्चा को पहिलो पक्ष नै विज़न हो। एजेंडा। लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता भनेका पाँच पांडव। आर्थिक क्रांति द्रौपदी। राजनीतिक क्रांति भनेको कृष्ण। क्रांति भनेको चुनावी अभियान पनि हो। त्यो अझ ठोस हो। मोर्चा ले प्रत्येक चुनाव लाई राजनीतिक क्रांति को रुपमा हेर्नु पर्छ।

विज़न पछि नाम र संगठनात्मक संरचना। नाम संघीय मोर्चा राम्रो होला। Federal Front. संगठनात्मक संरचना ---- मोर्चा अध्यक्ष को हुने? संघीय मोर्चा का केंद्र का सांसद हरु को एउटा निर्वाचक मंडल बन्ने। त्यहाँ ५०% बढ़ी मत बटुल्ने व्यक्ति त्यस प्रतिनिधि सभा को कार्यकाल भरि संघीय मोर्चा को राष्ट्रिय अध्यक्ष हुने।

संघीय मोर्चा ले केंद्र, प्रदेश र स्थानीय, अर्थात देश भरिको जुन सुकै चुनावमा एक पद एक उम्मेदवार मा जाने। त्यो नमान्ने पार्टी ले मोर्चा को सदस्यता नै नपाउने। संविधान मा आखिर थ्रेसहोल्ड पनि छैन। प्रत्येक तहमा पार्टी हरु को आफ्नो समिति त हुन्छ नै, तर मोर्चा को पनि समिति हुने। त्यस समिति ले आफ्नो उम्मेदवार को हुने भन्ने सिफारिस आफु भन्दा एक माथि तहलाई गर्ने। सकेसम्म एउटा मात्र नाम। होइन भने क्रमवद्ध १,२,३ गरेर। पहिलो choice, दोस्रो, तेस्रो गरेर।

संघीय मोर्चा को आफ्नै छुट्टै महाधिवेसन हुँदैन। यो पार्टी होइन।

यति गर्नै पर्छ। जनता ले क्रांति गर्ने, आहुति दिने, नेताले चाहिँ राजनीतिक गृह कार्य नगर्ने गर्नु हुँदैन।

जस्तै बाबुराम को कुरा गरौं। प्रभु साह आउला। जितेको मान्छे, उसलाई एउटा क्षेत्र छुट्याउँदा के बिग्रिन्छ? धनुषा मा रामचन्द्र झा। रामचन्द्र झा अशोक राई जस्तो हो। अशोक ले ५ सीट ल्यायो तर ५० सीट ल्याउन सकने हो। एउटा यसो चुनावी वेव आयो भने। रामचन्द्र झा को नेटवर्क त्यस्तै व्यापक छ। थरुहट मा छ बाबुराम का मान्छे। पहाड़ मा छ। काठमाण्डु उपत्यका मा छ। चार मधेसी पार्टी त प्रत्येक पहिला भन्दा चार गुणा ठुलो भैसके। १९९१ मा काँग्रेस को लहर आयेथ्यो धनुषा महोत्तरीमा। अहिले मधेसी मोर्चा को त्यस्तै लहर आउँछ। तर हामीले क्रांति गर्यौं हामीलाई वोट देउ भन्ने गलती गर्नु हुँदैन। किनभने All Elections Are About The Future. फिजिक्स मा हुन्छ Laws Of Motion -- त्यस्तै राजनीति को त्यो सिद्धांत हो। एक पद एक उम्मेदवार मा नजाने हो भने यति भएर पनि लोप्पा खान्छन्। जनता ले भन्छ तिम्रो एजेंडा एउटै छ, पर्सनालिटी क्लैश भनौं भने सबको पर्सनालिटी पनि एउटा छ, लुगाफाटा एउटै, hairstyle उस्तै सबको अनि एउटै चुनाव क्षेत्र बाट ५ जना किन उठेको? दुई चार ठाउँ अनिल झा ले पाउला। जनकपुर बाट वृखेश हो अब सांसद। कमांडर। बड़ो राम्रो रोल रह्यो वृखेश को यस क्रांति मा।

संघीय मोर्चा ले दुई तिहाई  को लक्ष्य नै राख्नु पर्छ। संविधान संसोधन का छिटफुट कुरा होलान। तर नंबर एक, नंबर दुई, नंबर तीन आर्थिक क्रांति हो।

बाबुराम भट्टराई ले आफ्नो अध्यक्षता मा एउटा पार्टी खोल्नु पर्ने भो। उज्वल थापा को विवेकशील नेपाली पार्टी लाई पनि संघीय मोर्चा मा समेट्नु पर्छ। काठमाण्डु मा एक सीट उज्वल लाई।


Comments