Monday, August 24, 2015

Tikapur

यसरी भयो टीकापुर घटना
आन्दोलनका कारण सामाजिक सद्भाव खल्बलिने स्थिति देखापरेपछि ६ भदौमा कैलालीका प्रमुख दलहरु, आन्दोलनकारी र स्थानीय प्रशासनबीच आन्दोलन शान्तिपूर्ण गराउने सहमति भयो । शुरुमा ‘अखण्ड सुदुरपश्चिम’ र पछिल्लो समय ‘थरुहट प्रदेश’को माग गर्दै भइरहेका प्रदर्शन क्रमशः सामाजिक सद्भाव खल्बल्याउने दिशामा अग्रसर भएपछि भएको यो सहमतिले परिस्थिति केही सहज हुने आकलन गरिएको थियो । ...... तर, सहमतिपछि पनि परिस्थिति सहज हुने संकेत देखिन सकेन । आन्दोलनका क्रममा उत्पन्न हुनसक्ने चुनौतीलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले टीकापुर नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

७ भदौमा निषेधाज्ञा तोड्ने र नगरपालिका क्षेत्रमा ‘थारु स्वायत्त प्रदेश’ लेख्ने भन्दै आन्दोलनकारीले गाउँ गाउँबाट मान्छे जम्मा गरेर टीकापुरतर्फ ल्याए ।

....... टीकापुर नगरका चारैतिरबाट आन्दोलनकारी निषेधाज्ञा तोडेर नगरक्षेत्रमा पस्ने तयारी गरेको थाहा पाएपछि चारैतिर प्रहरी तैनाथ गरियो । ...... त्यसमध्ये सबैभन्दा ठूलो समूह आइरहेको पश्चिमतर्फको नाकामा ३५–४० जना प्रहरी तैनाथ थिए, जसको नेतृत्व प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेले गरेका थिए । ...... आन्दोलनका क्रममा अप्रिय घटना नहोस् भनेरै सेती अञ्चल प्रहरी प्रमुख एसएसपी न्यौपाने तीन दिनअघि धनगढीबाट टिकापुर पुगेका थिए । ...... कैलाली क्षेत्र नम्बर ३ अन्तर्गतका गाउँहरुबाट जम्मा भएर पश्चिमतर्फको मनुवातिरबाट आइरहेका हजारौंको भीडलाई रोक्न खटिएका एसएसपी न्यौपाने भीडलाई संयमित रहन र निषेधाज्ञा नतोड्न माइकिङ गर्दै थिए । मुनुवा र टीकापुर नगरपालिकाको सीमामा पर्ने पशु हाटबजार नजिक आन्दोलनकारी र प्रहरीको जम्काभेट भयो । .......... आन्दोलनकारीलाई संयमित हुन आग्रह गर्दै भीडको नजिक पुगेका उनलाई नियन्त्रणमा लिई एक्कासी भालाले आक्रमण गरिएको कैलालीमा रहेका एक प्रहरी अधिकृतले बताए । .... त्यसपछि अनियन्त्रित बनेको भीडले प्रहरीमाथि हँसिया, भाला, बञ्चरो लगायतका घरेलु हतियारबाट आक्रमण गरेका थिए । आक्रमणसँगै स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले गोली चलाउन खोज्यो । “फायर गर्न खोज्ने प्रहरी पनि भीडबाट मारिए” एक सुरक्षा अधिकारीले भने, “भीडबाट भएको आक्रमणको प्रतिकार गर्नसक्ने अवस्था नै भएन ।” ....... मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिब एवम् कैलाली–३ बाट निर्वाचित सभासद रामजनम चौधरीले प्रहरीले गोली चलाएपछि भीड उत्तेजित भएको दाबी गरे पनि प्रहरी अधिकारीहरु सम्झउन गएका एसएसपी न्यौपानेमाथी नै आक्रमण भएपछि गोली चलाइएको बताउछन् । ....... “प्रहरीलाई हदैसम्म संयमित हुन आदेश थियो, त्यही भएर एसएसपी न्यौपाने आफै भीडलाई सम्झाउन पुग्नुभयो” प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने, “प्रहरीले आत्मरक्षाका लागि समेत बल प्रयोग गर्न पाएन ।” मुनुवातर्फबाट टीकापुर प्रवेश गर्ने नाकामा यति भयानक घटना हुनुमा विभिन्न कारण छन् । चर्चा गरिएजस्तो सबैतिरबाट आन्दोलनकारी टिकापुर पस्ने प्रयास गरेनन् । अन्य क्षेत्रमा आन्दोलनकारीको थोरै संख्या थियो, तर यो नाकाबाट हजारौं आन्दोलनकारी आए । कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठका अनुसार करिब २० हजार आन्दोलनकारी घरेलु हतियारसहित टीकापुर पस्न खोजेका थिए । ............ अघिल्लो दिन ‘थरुहट प्रदेश’का लागि आन्दोलनरत दल, समूह र प्रशासनबीच भएको सहमतिका आधारमा आन्दोलन शान्तिपूर्ण हुने आकलन गरियो, जसले गर्दा टीकापुर प्रवेश गर्ने नाकामा खासै ठूलो संख्यामा प्रहरी तैनाथ भएनन् । तर, दुवै खाले आकलन फेल भए र यति विभत्स घटना भयो । ....... घटनामा एसएसपी न्यौपानेसहित ५ प्रहरी, दुइ सशस्त्र प्रहरी र एक नाबालकको मृत्यु भएको कैलालीका प्रजिअ श्रेष्ठले पुष्टि गरेका छन् । ...... घटनास्थल नजिकै सशस्त्र प्रहरी बलको उग्रतारा गण छ । प्रहरीमाथि आक्रमण भएलगत्तै मद्दतका लागि पुगेका सशस्त्र प्रहरीमाथि समेत आक्रमण भयो । त्यसक्रममा दुइजना सशस्त्र प्रहरी हवल्दारको ज्यान गयो, अरु कैयौंले भागेर ज्यान जोगाए । ...... सुरक्षा अधिकारीहरुले टिकापुरमा भएको घटनामा आन्दोलनकारी थारु समुदायसँगै विभिन्न समूहको घुसपैठ भएको बताएका छन् । प्रहरीमाथि निर्ममतापूर्वक आक्रमण भएको भन्दै उनीहरुले त्यो काम विभिन्न समूहको घुसपैठबाट भएको बताएका छन् । “यो क्षेत्रमा कहिल्यै नदेखिएका अनुहार छन्, उनीहरुको योजना नै आक्रमण गर्ने देखियो” नाम उल्लेख गर्न नचाहने एक सुरक्षा अधिकारीले भने, “मट्टीतेल र पेट्रोल बोकेर आएका छन्, आक्रमणपछि भुईंमा लडेका सुरक्षाकर्मीलाई आगो लगाएर मारिएको छ, यो आन्दोलनको तात्कालिक आक्रोश हुँदै होइन ।” ...... दिउँसोको घटनापछि रातिसम्म पनि टीकापुर तनावग्रस्त छ । कफ्र्यु लगाइएपनि आसपासका क्षेत्रमा आन्दोलनकारी एकत्रित रहेको सूचना आएको सुरक्षा अधिकारीहरु बताउँछन् । ...... टीकापुर नगरछेउमा भएको यो घटनापछि गाउँ गाउँमा त्रासको माहोल बनेको एक सुरक्षा अधिकारीले बताए । “कैलाालीका धेरै ठाउँमा थारु र अन्य समुदायको मिश्रित बसोबास छ, दुवै समुदायले आफूलाई खतरा महशुस गरिरहेका छन्” उनले भने, “हामी टिकापुरमा केन्द्रित छौं, गाउँमा गएर अबस्था सामान्य बनाउने प्रयास हुनसकेको छैन ।” ..... ७ भदौ साँझ टीकापुरमा सेना परिचालन गरिएको छ । तेघरी र गोरङ्गेस्थित सैनिक व्यारेकबाट खटिएका सैनिकहरु टीकापुर पुगिसकेका छन् ।
गृहमन्त्रीज्यू, टीकापुर घटनाको यथार्थ थाहा छ ?
टीकापुर घटना निक्कै दुःखद् र त्रासदीपूर्ण छ । यो घटना कि त ठूलो षडयन्त्र हुनुपर्छ, कि त सयौँको संख्यामा हताहती भएका आन्दोलनकारीको संख्या लुकाइएको हुनुपर्छ । .... घटनाबारे अहिलेसम्म एकपक्षीय सूचनाहरु आइरहेका छन् । धेरै मिडियाले सरकारी अधिकारीहरुको सूचनामा केन्द्रित भएर समाचार बनाइरहेको देखिन्छ । बाहिर आएका तथ्यहरु सबै सत्य हुन् भने पक्कै पनि यो आन्दोलनकारी आफ्नै बलबुतामा मात्र भएको भन्न सकिने स्थिति छैन । ...... मात्र तीन आन्दोलनकारीको हत्या हुँदा १७ जना प्रहरीको हत्या र ५६ जना प्रहरी घाइते हुनै सक्दैन । कि त यो योजनाबद्ध तथा सुनियोजित षडयन्त्र रचेर गराइएको घटना हो । कि त घटनाले थप उग्र रुप लिने भएर सरकारले आन्दोलनकारीतर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको छैन । ...... लौ मानौँ प्रहरीले फायर खोल्नुभन्दा अघि नै आन्दोलनकारीले उनीहरुलाई कब्जामा लिएर मारे रे ! तर के ८० जना हतियारबद्ध प्रहरी एकै ठाउँ हुनु भनेको कम शक्ति हो ? त्यत्रो प्रहरीले आफ्नो प्रमुख कमाण्डर एसएसपीलाई मार्दासम्म तीन जना मात्र मर्नेगरी गोली चलाए होलान् त ? ....... लौ प्रहरीले गोली नै चलाउन पाएनन् रे, त्यत्रा तालिमप्राप्त प्रहरीले कम्तीमा ३/४ जनालाई त त्यसै पनि ढाल्छन् । अर्को कुरा, हतियार साथमा भएको प्रहरीले गोली चलाउन थालेपछि आन्दोलनकारी त्यसै पनि भाग्छन् । ...... गृहमन्त्रीले २ सयको संख्यामा भाला, बञ्चरो र खुकुरी लिएर आएका आन्दोलनकारी भनेका छन् । के त्यति सानो संख्याको प्रदर्शनकारीले त्यति ठूलो संख्यामा प्रहरीको हत्या गर्न सम्भव छ ? यो पत्याउन सकिने कुरा होइन । ...... त्यत्रो घम्साघम्सी हुँदा आन्दोलनकारी पनि पक्कै घाइते भएका होलान् ती कहाँ गए ? अझ सर्वसाधारण आन्दोलनकारी त धेरै पर्नुपर्ने । किनकि उनीहरुलाई यस्तो बेला सुरक्षित हुने तरिका नै थाहा हुँदैन । ..... जिल्ला अस्पतालमा त घाइते प्रहरी मात्र छन् भनिएको छ । के कुनै आन्दोलनकारी घाइते नभई त्यति ठूलो संख्याको प्रहरी हत्या सम्भव छ ? छैन । .... त्यसैले कि यो ठूलो षड्यन्त्र हो कि त्यहाँ सयौँको संख्यामा आन्दोलनकारी हताहत भएको हुनैपर्छ । सरकार र आन्दोलनकारी दुबैबाट तत्कालै यथार्थ बाहिर आउनुपर्छ, भोलि फेरि यस्तै गरी अर्को ठाउँमा आगो लागिसकेपछि हैन । ..... अर्कोतर्फ सरकारी अधिकारीहरुले मृत्यु भएका प्रहरीहरुको संख्याबारे दिएको जानकारी पनि अतिरञ्जित हो कि जस्तो देखिन्छ । प्रजिअले अहिलेसम्म ६ जनाको मात्र हत्या भएको पुष्टि गरेका छन् । तर मिडियाले १७ जनाको हत्या भन्दै प्रचार गरेका छन् । यसले तनाव झन् बढाउने छ । ..... यदि कसैले आन्दोलनकारीको भेषमा षडयन्त्रपूर्ण तरिकाले नेपालको तरल राजनीतिक अवस्थालाई अर्को दिशातर्फ मोड्न यो प्रयत्न गरेको हो भने आम नेपालीले सचेततापूर्वक यसको सामना गर्नुपर्छ । आन्दोलकारीले पनि आफ्नो आन्दोलनलाई आफ्नै कमाण्डमा राख्न सक्नुपर्छ । ..... षडयन्त्र वा यथार्थ जे भए पनि आफ्नो पहिचान खोज्दै सडकमा आएका थारुहरुको मागलाई बुद्धिहीन नेताहरुले कुनै न कुनै ढंगले चाँडै सम्बोधन गर्नु जरुरी छ । थारुहरुको मात्र होइन उत्पीडित समुदायको पहिचान र अधिकार स्थापित गर्नेतिर पनि दलका टाउकेहरुको ध्यान जान उत्तिकै जरुरी छ । होइन भने यस्तो घटना कैलालीमा मात्र होइन देशका विभिन्न स्थानमा कुनै न कुनै दिन हुने अवश्यम्भावी छ । थरुहट माग्ने थाहहरुविरुद्ध सेना परिचालन गर्नुअघि टीकापुर घटनाको यथार्थ स‌ंसद र जनतालाई दिनपर्दैन गृहमन्त्रीज्यू र रक्षामन्त्रीको पद सम्हालिरहेका प्रधानमन्त्रीज्यू ?
टीकापुर घटनामा एक प्रत्यक्षदर्शीको बयान
थरुहट-थारुवान संयुक्त संघर्ष समितिको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज टीकापुर नगरपालकिाको बोर्डमा ‘थरुहट-थारुवान स्वायत्त प्रदेश’ लेख्ने कार्यक्रम थियो । टीकापुरका विभिन्न क्षेत्रबाट टीकापुरमा भेला भइ सो कार्यक्रम गर्ने तय भएको थियो । प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपनि प्रदर्शनकारीहरुले नगरपालिकामा थरुहट स्वायत्त प्रदेश लेखिछाड्ने जनाएका थिए । ...... सो क्रममा उनीहरु कैलालीको मोतिनगर, दुर्गौली, बनगाउँ र जगतपुरतिरबाट टीकापर जम्मा हुने योजना बनाएका थिए । २० हजार बढी संख्यामा आएका उनीहरु ‘थारु पहाडी भाइभाइ, सद्भाव नखल्बल्याउ’ नारासहितको पम्पलेट बोकेका थिए, नारा लगाएका थिए । उनीहरुले हातहातमा लाठीसमेत बोकाका थिए । ...... टीकापुरको पशुहाट बजारमा आउँदा एक्कासी प्रहरी र प्रदर्शनकारीबीच ठेलमठेल भयो । प्रहरीले टियर ग्यास र हवाइ फायरिङ ग¥यो । चारैतिरबाट प्रदर्शनकारी आएपछि प्रहरीहरु बीचमा घेरियो । भाग्ने ठाउँ भएन । प्रदर्शनकारी प्रहरीमाथि जाइलागे । न्युन संख्यामा रहेको प्रहरीहरु तेत्रो ठूलो संख्याको भीडमा हराए । ....... एक्कासी स्थिति भयाबह बन्यो । कल्पनै गर्न नसकिने स्थिति पैदा भयो । तेत्रो ठूलो संख्याको भीडले गर्दा कहाँ के भइरहेको छ अनुमान गर्न गाह्रो भइरहेको थियो । संयमता अपनाएको प्रहरीले पछि गोली पनि अन्धाधुन्ध चलाउन थालेको थियो । पछि स्थिति नियन्त्रित हुँदै जाँदा मैले ६ जना प्रहरी ढलेको देखेँ । प्रदर्शनकारीतर्फ भने धेरै जना घाइते भएका थिए । उनीहरुलाई रेडक्रसको गाडीमा राखेर अस्पताल पु¥याउन सहयोग गरेँ । गोली लागेका धेरै प्रदर्शनकारीलाई गाउँले आफैँले बोकेर लगेका थिए । ........ अहिले प्रशासनले कफ्र्यू लगाएको छ । ठूलो संख्यामा प्रहरी परिचालित छन् । स्थिति सामान्य छ ।


Nepal’s constitutional politics: It's time to drop the arrogance
Even as the Indian foreign policy establishment has been busy with the Sri Lankan elections and the NSA level talks with Pakistan, trouble has broken out right across the open border in Nepal. Protests for a particular form of federal demarcation have turned violent in the western district of Kailali, and several people have been killed – among them 6 policemen and 3 civilians. Unofficial reports put the figure at over 20. If the higher figures turn out to be correct, the state has not faced this scale of violence ever since the civil war ended in 2006........ The killings come in the wake of prolonged agitation in the plains, and deepening polarisation in the Nepali society and polity. The government has, on Monday evening, decided to deploy the army to aid civilian authorities in affected districts. .....

For close to ten days, the plains of Nepal next to the Indian border have witnessed a strike.

No comments: