Friday, August 21, 2015

विजय गच्छेदार एउटा Heat Seeking Missile हो



१६ बुँदे मा उसले सत्ता देख्यो। ६ अंचल को नक्शा मा उसले सत्ता देख्यो। तर अब त आंदोलन चर्कियो। यो त सरकार ढालने आंदोलन हो। अब त डुब्न लागेको नैया जस्तो लाग्न थाल्यो उसलाई। यो सुशील बामे सरकार। जब गिदर की मौत आती है तो वो शहर की ओर दौड़ता है। जब काँग्रेस पार्टी की मौत आती है तो वो कहती है घैंटे को शहीद घोषणा करो।

यो सरकार मात्र होइन संविधान सभा पनि ढल्छ। संविधान सभा बाट पनि निस्के हुन्छ बिजय दिनानाथ चौहान।

एमाओवादी ले पनि चार दल (अब तीन दल) गठबंधन र संविधान सभा दुबै छोडेर सड़क मा आएर अंतरिम सरकार र नया संविधान सभा को चुनाव को माग गर्नु पर्ने भो। अनि नारा बदलिन्छ, एका को साफ करो भन्ने नारा गुंजिन्छ।
  • १६ प्रदेश 
  • केंद्र को प्रतिनिधि सभा र राज्य सभा मा प्रत्येक प्रदेश को जनसंख्या समानुपातिक प्रतिनिधित्व 
  • केंद्र, प्रदेश, स्थानीय -- तीन तहको सरकार 
  • स्थानीय स्तर मा १,००० नया सीमांकन का इकाई 
  • अहिले को केंद्र को बजेट केंद्र मा ३३%, प्रदेश  हरु लाई ३३% जनसंख्या समानुपातिक, स्थानीय स्तर मा ३४% जनसंख्या समानुपातिक 
  • ५१% खुला प्रतिस्प्रधा र ४९% आरक्षण को फोर्मुला अनुसार ५ वर्ष भित्र राज्य को प्रत्येक इकाइ मा समानुपातिक समावेशी सहभागिता 
संविधान, कानुन, समझौता नमान्ने अवैध सरकार राजीनामा दे
  • संघीयता वादी हरुको नेतृत्व मा नया अंतरिम सरकार को गठन 
  • नया संविधान सभा को चुनाव 




फोरम लोकतान्त्रिकले विशेष समिति छोड्दै, आन्दोलनमा जाने निर्णय
१६ बुँदे सम्झौताको हस्ताक्षरकर्ता मध्येको एक मधेशी जनअधिकार फोरम लोकतान्त्रिक चार दलीय विशेष समितिबाट बाहिरिँदै छ । सम्झौता अनुसार संविधान नबनाएको भन्दै विजय कुमार गच्छदारको फोरम लोकतान्त्रिकले विशेष समिति छोड्न लागेको हो । ...... फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले पार्टीले विशेष समिति छाड्ने र आन्दोलनमा जाने निर्णय लिएको बताएका छन् । काठमाडौंमा शुक्रबार अपराह्न पार्टीले सडक संघर्षमा जाने निर्णय लिएको सार्वजनि घोषणा गरिने यादवले बताए । ......

संविधानसभा छाड्ने भन्ने बारे अहिलेसम्म कुनै निर्णय नभइसकेको र पार्टीभित्र छलफलकै क्रममा रहेको यादवले जनाएका छन् । यस सम्बन्धमा केही दिनपछि पार्टीले निर्णय लिने यादवको भनाई छ ।

.... हाल सडक संघर्षमा रहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग आन्दोलनमा कुनै सहकार्य नगरिने फोरम लोकतान्त्रिकले प्रष्ट पारेको छ । वरिष्ठ उपाध्यक्ष यादवले अन्य पार्टीहरुसँग मिलेर सडक संघर्ष गरिनेबारे विचार हुने जनाएका छन् ।

No comments: