Saturday, August 08, 2015

आत्म समर्पण को पनि सीमा हुन्छ

माओवादी अहिले आएर बिजय गच्छेदार भन्दा पनि नीच देखिएका छन। बिजय गच्छेदार को पनि आत्म समर्पण को सीमा हुँदो रहेछ। मलाई थाहा थिएन। तर माओवादी को आत्म समर्पण त bottomless नै रहेछ। संघीयता को धज्जी धज्जी उड़ाई सकिएको छ तर माओवादी ले संघीयता काँग्रेस एमाले को मात्र होइन हाम्रो पनि एजेंडा होइन भन्ने मात्र प्रमाणित गरिरहेको छ।

प्रत्यक्ष निर्वाचित प्रधान मंत्री को मुद्दा मा त कमसेकम चेत्नु पर्ने माओवादीले। प्रत्यक्ष निर्वाचित प्रधान मंत्री चाहिन्छ भन्ने हरु चुप बस्नु को अर्थ के? प्रत्यक्ष निर्वाचित प्रधान मंत्री किन चाहियो भनेर नबुझेको हो कि? अथवा आफुले बुझे पनि जनता को मा जान नचाहेर हो कि? ९०% जनता ले स्पष्ट मत राख्दा पनि जनता को कुरा नसुन्ने हरु कुन प्रवृति का मानिस हुन भन्ने स्पष्ट भएन?

आत्म समर्पण को पनि सीमा हुन्छ। तर माओवादी को आत्म समर्पण को सीमा देखिएन। प्रत्यक्ष निर्वाचित प्रधान मंत्री को मुद्दा मा अडान नलिनु ले त्यही देखाउँछ। माओवादी ले आफ्नो झंडा को रंग रातो बाट सेतो बनाउनु पर्ने भो।



प्रत्यक्ष निर्वाचित प्रधान मंत्री का पक्ष मा भर्खर गएका मुख्य सचिव
चिन्ता को एक मात्र विषय: प्रत्यक्ष निर्वाचित प्रधान मंत्री
बाबुराम भट्टराई र गगन थापा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

No comments: