Wednesday, August 19, 2015

स्वायत्त शेर्पा प्रदेश बिना संघीय नेपालको कल्पना गर्न सकिन्न्न

सेर्पा प्रदेश बिनाकाे संविधान स्विकार नगर्ने उद्घाेषका साथ सेर्पाहरुले अाज काठमाण्डाैमा बिराेध जुलुस निकालेका छन । भाद्र २ गते काठमाण्डाैकाे बाैद्दबाट ११ बजे निकालेकाे याे जुलुसकाे भिडीयाे मैले चाबहिलमा छायाङकन गरेकाे हुँ । याे जुलुस बानेश्वरमा पुगेकाे पछि जनसभा अायाेजना गरि सम्पन्न हुने छ । याे भिडियाे सबैले सेयर गरि सक्दाे प्रचार प्रसार गर्न सहयाेग गरि दिनु हाेला । सेर्पा प्रदेश जिन्दावाद ।।।

Posted by Pasang Sherpa on Tuesday, August 18, 2015


दुनिया भरि  नेपाल र नेपाली लाई चिनाउने काम गरेको छ शेरपा ले। त्यसै शेरपा ले नेपाल भित्र भने पहिचान नपाउनु? स्वायत्त शेरपा प्रदेश बिना संघीय नेपालको कल्पना गर्न सकिन्न्न।

धान्न सक्दैन भन्छ बाहुन ले। शेरपा को पर्यटन ले सारा काठमाण्डु धानेको छ, शेर्पा प्रदेश धान्न सक्दैन?



नेताका घरमा खोजीखोजी आगो लगाउने पासाङ शेर्पाको धम्की
सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पा प्रदेशबिनाको संविधान जारी गर्ने कार्यमा संलग्न नेताका घरमा आगो लगाउने धम्की दिएका छन् । बानेश्वरमा मंगलबार भएको विरोध सभामा बोल्दै शेर्पाले

आफूहरुलाई सिध्याउन खोज्नेलाई सिध्याएरै छाड्ने

चेतावनी दिए । ...... ‘हामीलाई सिध्याउन खोज्नेलाई कुनै पनि हालतमा आनन्दले सुत्न दिँदैनौं’, शेर्पाले भने, पहिचानविरोधी र शेर्पाहरुको अधिकारबिनाको संविधानमा हस्ताक्षर गर्ने नेताका घर खोजीखोजी आगो लगाउने दिन आउन सक्छ ।’ ...... उनले शेर्पा स्वायत्त प्रदेश नभए नाम्चे र लुक्लासहित शेर्पा समुदाय बस्ने स्थानमा रहेका विमानस्थल, यातायात र पर्यटकबाट आफूहरुले नै राजश्व उठाउने चेतावनीसमेत दिए । अधिकार प्राप्तिका लागि आन्दोलनमा होमिन उनले शेर्पा युवा र धर्म गुरुहरुलाई समेत अपिल गरे । .....

आन्दोलनमा आउँदा पक्राउ परे संसारभर छरिएर रहेका शेर्पाहरुले पक्राउ पर्नेका छोराछोरी पालिदिने

घोषणासमेत उनले गरे । शेर्पाले प्रमुख चार दलका शीर्ष नेताको नामै लिएर अपराधीको आरोप लगाए । उनले देश बर्बाद हुनुमा प्रमुख दल र ती दलका नेता जिम्मेवार रहेको बताए ।

No comments: