Wednesday, August 19, 2015

पहिचान बिनाको संघीयता: पांग्रा बिनाको साईकल





कांग्रेस नेता कंडेलमाथि दुव्र्यवहार, एमाले सभासद बैजनाथ चौधरीको शव बनाई दाहसंस्कार
पूर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेस नवलपरासीका सभापती देबेन्द्रराज कंडेलमाथि परासीमा दुव्र्यवहार भएको छ । मंगलबार अखण्ड नवलपरासी र लुम्बिनी प्रदेशको माग गर्दै कांग्रेस नवलपरासीद्वारा निकालिएको शान्तीपुर्ण साईकल ¥यालीका क्रममा परासीमा उनीमाथि दुव्र्यवहार भएको हो । ..... कांग्रेसले निकालेको र्याली अगाडि बढिरहँदा केही व्यक्तीले बिचमै रोकेर “तिमी मधेशी होईनौ, तिमीले आन्दोलन गर्नुपर्दैन” भन्दै उनीमाथि दुव्र्यवहार गरेका थिए । र्यालीमा सहभागी कांग्रेसका अन्य कार्यकर्तामाथि कुटपिट पनि गरिएको छ । ...... कुटपीटमा करीब एक दर्जन घाईते भएका छन् । ........ पुर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेस नवलपरासीका सभापति देबेन्द्रराज कंडेलको अगुवाईमा अखण्ड नवलपरासीको मागसहित लुम्बिनी अंचलका जिल्लाहरुलाई समाबेश गरी लुम्बिनी प्रदेश कामय हुनुपर्ने माग राखि बृहत शान्ती ¥याली आयोजना गरिएको थियो । ...... थरुहट संघर्ष समिति र मधेशी मोर्चाको बन्द पनि नवलपरासीमा जारी छ । ..... यता, परासीमा विगत ९ दिनदेखि आन्दोलित बनेका अखण्ड नवलपरासीका मागकर्ताहरुले निर्वाचन क्षेत्र नं. ४ का सभासद तथा नेकपा एमालेका केन्द्रिय सदस्य बैजनाथ चौधरीको शव बनाएर बुद्धचोकमा दाहसंस्कार गरेका छन् भने अर्काेतिर मधेशी तथा थरुहटको संयुक्त मोर्चाले प्रधानमन्त्री शुसिल कोईरालको पनि शव बनाई दाहसंसकार गरेका छन् ।
प्रहरीले दमन गरेको अधिकारकर्मीहरुको ठहर
केही दिन अगाडि सुर्खेतमा तथा मंगलबार सप्तरी र कपिलवस्तुमा प्रहरीले दमन गर्दै गोली प्रहार गरी आमजनताको शान्तिपूर्ण आन्दोलन गर्न पाउनुपर्ने अधिकार हनन् गरेको धनुषाका मानवअधिकारकर्मीहरुले ठहर गरेका छन् । धनुषाका आधा दर्जन भन्दा बढी अधिकारकर्मीहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी आन्दोलनको क्रममा राज्यले बल प्रयोग गरेको प्रति आपत्ति जनाएका हुन् । .... प्रहरीको कुटाईबाट घाईते भएका जनकपुर–५ का १४ वर्षीय बालक दिनेश साह उपचारपछि घर फर्के पनि पूर्णरुपमा निको नभएको तथा स्वास्थ अवस्थामा सुधार नभएकोले उनको पूर्ण उपचारको लागि राज्यसँग अपिल गरेको ईन्सेक धनुषाका बिनोद महराले जनाएका छन् ।


जलेश्वरमा आन्दोलन उग्र हुदै
अनिश्चितकालका लागि भनिएको बन्दले जलेश्वर उग्र हुन थालेको छ । आज जलेश्वरको दुर्गाचौक,शंकरचौक लगायतको ठाउमा आन्दोलनकारीले टायर वाली बिरोध जनाएका छन भने यातायात,व्यापार पुर्णरुपमा बाधित रहेको छ।


सिरहाको मिर्चैयामा प्रहरी र प्रदर्शनकारीबीच झडप, मोटरसाइकलमा आगजनी
‘थरुहट स्वायत्त प्रदेश’ मागसहित गुरही पर्व पनि सडकमै
राजनीतिक दलहरुले आफूहरुको ऐतिहास पहिचान र अधिकार मेटाउने खालको ६ प्रदेशको प्रस्तावित संघीय संरचना ल्याएको भन्दै साउन २१ गतेदेखि आन्दोलनरत थारू समुदाय आज नागपञ्चमीका दिन सडकमै गुरही पर्व मनाउने तयारी रहेका छन्। .... कैलाली-कञ्चनपुरसहित थारू बाहूल्य जिल्लालाई थरुहट प्रदेश बनाइनु पर्ने प्रमुख माग राख्दै आन्दोलनमा होमिएको यो समुदाय माग पूरा नहुन्जेल सबै पर्वहरुलाई आन्दोलनको रुपमा स्थापित गरी सडकमा मनाउने मनस्थितिमा पुगका हुन्। ..... गुरही पर्व मूल आयोजक समिति कैलालीकी सदस्य रविना चौधरी राजनीतिक अधिकार नपाएसम्म सांस्कृतिक अधिकार पाउने नसकिने बताउँदै उनी परम्परागत भेषभुषामा सजिएर आज साँझ मनाउने जानकारी दिइन्। ..... समिति सदस्य चौधरीका अनुसार आज महिलाहरु लेहंगा र बुलाउजमा र पुरुषहरु सेतो धोती र सटमा सजिएर धनगढी बजार परिक्रमा गर्ने र धनगढीस्थित क्याम्पस चौकमा गुरही सेलाउने कार्यक्रम तय गरेका छन्। विगतका वर्षमा झैँ यस वर्ष पनि

‘हमार भाषा कला संस्कृति हमार पहिचान, यकर संरक्षण सम्बर्द्धन कैना हमार अभियान’

भन्ने मूल नाराका साथ मनाउने भएका छन्। ..... गुरही पर्व थारू समुदायको ऐतिहासिक तथा मौलिक पर्व हो। गाउँघरमा व्याप्त रहेको रोग व्याधि हटाउने र गाउँवस्तीलाई रोग मुक्त, सम्मुनत बनाउने यो गुरही पर्वको मुख्य विशेषता हो। ..... थारू कल्याणकारिणी सभा कैलाली सभापति समेत रहेका संघर्ष समिति संयोजक चौधरीका अनुसार गुरही पर्वमा गाउँका चेलीबेटीहरु गाउँ वस्तीको रोगव्याधीको प्रतिमा तथा पुतला (गुरही) गाउँको दक्षिणी दिशामा सेलाउने प्रचलन रहेको छ। संगै यूवाहरु सेलाएको ती पुतलाहरुलाई चुरकी (एक प्रकारको घाँस) र केराको डाँठलाई सोटा तथा कोर्रा बनाई लैजाने र सेलाएको पुतलालाई पिट्ने गरिन्छ। जसले गर्दा रोगव्याधि वस्तीमा पुनःनपस्ने जनविश्वास पनि कायमै रहको पाइन्छ। .... तर वर्तमान समयमा चाडपर्वहरुलाई केहि परिष्कृत गरेर लैजानु पर्ने पनि आवाज आजभोली उठिरहेको छ। गुरही आयोजक समितिकी सदस्य तथा स्थानीय सञ्चारकर्मी उन्नती चौधरी गुरही पर्वमा रोगी व्याधिलाई सेलाउने गरेको भएतापनि वर्तमान अवस्थामा थारू समुदायको मुख्य रोगव्याधि राजनीतिकर्मीहरुको संकुचित विचार रहेको बताइन्। ती राजनीतिकर्मीहरुको अदुर्दशी सोचका कारण थारू पहिचान र अस्तित्व संकटमा परेको बताउँदै उनी गुरहीमा नेताहरुको कुविचार रुपी पुतला सेलाउनु पर्ने र सोटाले पिट्नु पर्ने पनि उनको विचार छ।

No comments: