Saturday, August 08, 2015

अम्बेडकर को निष्कर्ष

आफ्नो जीवन को उत्तरार्ध मा आएर अम्बेडकर ले भने, "मैले जीवन भर हिन्दु धर्म भित्र दलित को उत्थान को बाटो खोजें। गलत ठाउँ मा खोजें। दलित को उत्थान धर्म परिवर्तन मा छ। " तिनी आफैले हिन्दु धर्म छाड़े, बौद्ध धर्म अपनाए। त्यो दलित लाई स्पष्ट सन्देश हो। गांधी भन्दा अम्बेडकर महान भन्ने हरु टन्न छन।

सीके राउत को अडान अम्बेडकर संग मिल्छ। मधेसी को उत्थान नेपाल भित्र संभव नै छैन भन्ने न हो सीके को अडान?

सीके राउत लाई गैर कानुनी र गैर संवैधानिक किसिम ले हाउस अरेस्ट मा राखिएको छ। त्यस बारे सारा देश मौन छ। त्यसलाई rule of law, अथवा लोकतंत्र र मानव अधिकार को मुद्दा नमान्ने हरु ले लोकतंत्र र मानव अधिकार नमानेको नबुझेको भन्ने स्पष्ट छ। नेपाल अहिले फ़ासिस्ट प्रतिक्रांतिकारी हरुको पकड़ मा छ। तिनले खस समुदाय को प्रतिनिधित्व गर्छ भन्नु खस समुदाय एउटा फ़ासिस्ट प्रतिक्रांतिकारी समुदाय हो भन्नु हो।


First they came for the Socialists, and I did not speak out— Because I was not a Socialist. Then they came for the Trade Unionists, and I did not speak out— Because I was not a Trade Unionist. Then they came for the Jews, and I did not speak out— Because I was not a Jew. Then they came for me—and there was no one left to speak for me.

No comments: