Tuesday, October 14, 2014

हिन्दी भाषा र नेपाल

वीपी कोइरालाको जमानामा नेपालमा हिन्दीको जे स्थान थियो, हामीले अहिले जान खोजेको त्यहीं हो। वीपीका चेला भनाउँदा काँग्रेसीहरु भने महेन्द्रको भाषा बोल्छन् र हिन्दीको कड़ा विरोध गर्छन, मलाई अचम्म लाग्छ। माला लगाउने वीपीको तस्वीरलाई तर नीति मानने महेन्द्रको? अजब देश, गजब नगरी।

मधेसी पहिचानको सबैभन्दा महत्वपुर्ण कड़ी नै हिन्दी भाषा हो। पहाड़ी/पर्वते समुदायको लिंक language नेपाली भए जस्तै, मधेसी समुदायको लिंक language हिन्दी हो। भोलि खड़ा हुने मधेशका राज्यहरुमा सदनको प्रमुख भाषा नै हिन्दी हुनेछ।

मलाई लाग्छ नेपालभरी नेपालीभन्दा हिन्दी बुझ्ने मान्छे बढ़ी छन।

मधेसी पहिचानको केन्द्रमा हिंदी भाषा छ भने सम्पुर्ण नेपालीलाई दक्षिण एशियाली बनाउने हिन्दी भाषा हो। बिश्व मञ्चमा नेपालीले आफ्नो दक्षिण एशियाली पहिचान अंगीकार गर्नै पर्छ। मोदीले संसारमा सबैभन्दा बढ़ी माया गरेको देश नेपाल। त्यस प्रेमबाट नेपालले आर्थिक विकास खोज्नै पर्छ। अहिले नै विश्वमा चीन र अमेरिका पछि भारत नै हो। युरोपका दुइ चार देश बाहेक गुजरात सबैभन्दा अगाडि अहिले छ।

नेपालमा हिन्दी भाषा मधेसीलाई मात्र चाहिएको जस्तो महेन्द्रपथको कुरा गर्न छोडौं। दक्षिण एशियालाई आर्थिक प्रगतिको हिसाबले युरोप बनाउने मोदीको सपनामा सहभागी बन्ने तिर सोचौं र पहल गरौं।

हिन्दी भाषालाई संयुक्त राष्ट्र संघको छैठौं भाषाको रुपमा स्थापित गर्ने भारतको लक्ष्यमा सबैभन्दा बढ़ी साथ दिन सक्ने देश नेपाल हो। त्यसमा कुनै किसिमको कन्जुस्याइँ नगरौं।

हुलाकी राजमार्ग बनाउने हिन्दी भाषाले हो। हिन्दी भाषा अलंकारको कुरा होइन, आर्थिक विकासको कुरो हो।

No comments: